सम्भव होला ५ वर्षमा बाध्यताकारी वैदेशिक रोजगारीको अन्त्य? | Khabarhub Khabarhub

सम्भव होला ५ वर्षमा बाध्यताकारी वैदेशिक रोजगारीको अन्त्य?


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चालु आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रममा आगामी ५ बर्षभित्र बाध्यताकारी वैदेशिक रोजगारी रोक्ने लक्ष्य लिएको छ । बाध्यताकारी वैदेशिक रोजगारी रोक्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमसमेत सञ्चालनमा ल्याएको छ । गत फागुन १ गतेदेखि उक्त कार्याक्रम सञ्चालनमा आएको छ ।

सरकारले नीति तथा कार्यक्रममा प्रस्तुत गरे जस्तो आगामी ५ बर्षभित्र कामको खोजीमा हाम्रा युवा खाडी, मलेसियालगायत अन्य देशमा श्रम बेच्न र पसिना बगाउन जानुपर्ने बाध्यता अन्त्य होला त ? मन्त्रालयले सञ्चालनमा ल्याएको कार्याक्रममार्फत वैदेशिक रोजगारीको विकल्पमा देशभित्र रोजगारीका सम्भावाना कतिको पहिचान गरेको छ ।

रोजगारीको खोजीमा वार्षिक ५ लाख युवा श्रम बजार आउने गरेको केन्द्रीय तंथ्याक विभागको सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । रोजगारीकै खोजीमा श्रम बजारमा आएका अधिकांश युवा देशभित्र काम नपाएपछि वैदेशिक रोजगारीमा जाने गरेका छन् । ५ लाखमध्ये आन्तरिक श्रम बजारमा वार्षिक १ हजार युवाले जसोतसो काम पाउँछन् । त्योभन्दा बाहेकका युवा रोजगारीको खोजीमा वैदेशिक रोजगारीमै जानुपर्ने बाध्यता छ ।

रोजगार नै गर्नुपर्छ भन्ने पनि छैन । कुनै व्यवसायमा संग्लन भएर व्यवसाय गर्दा अरुलाई पनि रोजगार दिलाउन् सकिन्छ । वैदेशिक रोजगार पछिल्लो समय बाध्यता भन्दा पनि रहर हुदै गएको छ

सरकारले हाल सञ्चालनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्याक्रममार्फत युवा जनशक्तिलाई आगामी दिनमा कसरी व्यवस्थापन गदै जान्छ, त्यो भने हेर्न बाँकी छ । सरकारी घोषणअनुसार काम भए ५ बर्षभित्र नेपाली युवा काम खोजीमा बाध्यताले विदेश जानुपर्दैन । युवा पलायन रोक्न सरकारले रोजगारीमैत्री योजना ल्याएपनि प्रभावकारी कार्यान्वयन नभए त्यसले नतिजामूखि काम नगर्ने निश्चित छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले सरकारले वैदेशिक रोजगारीमा गइरहेका युवालाई आन्तरिक श्रम बजारमा रोजगारीका सम्भावना खोजेर रोक्न प्रयास गरिरहेको बताएका छन् । यो काम गर्न सरकारलाई नै चुनौतीको विषय भएको मन्त्री विष्टले बताउदै आएका छन् । मन्त्री विष्टले वैदेशिक रोजगारीमा गएका युवाले पठाएको रेमिट्यन्सको मात्र राज्यले लेखाजोख गर्‍यो अब भने उनीहरुसँगै भित्रिएको सीप प्रयोग गरेर देश बनाउने अभियानमा लाग्नुपर्ने बताए।

नीति कार्यक्रममा प्रस्तुत भएजस्तै वैदेशिक रोजगारीमा युवा जाने क्रमको अन्त्य गर्ने उपाय सरकारसँग धेरै भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा प्रधानमन्त्री रोजगार कार्याक्रमका संयोजक प्रकाश दाहालले बताए । नेपालमा पनि रोजगारका सम्भावाना धेरै देखिएको बताउदै सचिव दाहालले अबका दिनमा मन्त्रालयले आन्तरिक श्रम बजार र रोजगारका अवसरको अध्ययन गरी बेरोजगार समस्या समाधान गदै जाने बताए ।

पछिल्लो समय कृषि, पर्यटन र उद्योग कलकारखाना खोलिएसँग धेरै युवाले अहिले काम गर्ने अवसर पाइरहेको सहसचिब दाहालले बताए । उनले भने, ‘रोजगार नै गर्नुपर्छ भन्ने पनि छैन । कुनै व्यवसायमा संग्लन भएर व्यवसाय गर्दा अरुलाई पनि रोजगार दिलाउन् सकिन्छ । वैदेशिक रोजगार पछिल्लो समय बाध्यता भन्दा पनि रहर हुदै गएको छ । यसको विकल्प सरकारले खोज्नपर्ने समय आएको छ ।’ नेपाली युवाले विदेशमा सिकेको सीप अब नेपालमा सदुपयोग गर्नुपर्ने उनको भनाई छ ।

सरकारले निडर भएर काम गर्नुपर्छ

राज्यले निडर भएर काम गर्‍यो भने वैदेशिक रोजगारीको अन्त्य हुने रोजगार विज्ञ गणेश गुरुङ बताउँछन् । सरकारले लिएका उद्देश्यअनुसार आर्थिक उन्नति र विकासले गति लियो भने विदेशबाट कामदार आयात गर्न दिनपनि आउनसक्ने विज्ञ गुरुङले बताए । उनले भने, ‘नेपालभित्र रोजगारका सम्भावाना धेरै छन् ।

राज्यले पहिचान गरेर युवा परिचालन गर्न मात्र नसकेको हो । राजनीतिक अस्थिरताका कारण लामो समय विकास र आर्थिक उन्नती नहुदाँ नेपाली युवा वैदेशिक रोजगारीमा जान बाध्य छन् । सरकारले कृषि क्षेत्रमा लगानी गरे धेरै युवा स्वरोजगार हुन्छन् ।’ स्थानीय स्तरमा उत्पादन हुने सामाग्री निर्यात गर्नेतिर राज्यको ध्यान गए धेरै युवा स्वरोजगार हुने उनको भनाई छ ।

कृषिमा लागानी, पर्यटन प्रवर्द्धन, होटल व्यवसाय, साना तथा मझौला व्यवसायको विकास, घरेलु सामाग्री उत्पादनमा जोड, घरेलु चित्रकला हस्तकाल तथा वस्तुकला उत्पादनमा जोड, प्रविधि विकास, देशभित्र अन्य सम्भावानाको खोजी गरी वैदेशिक रोजगार अन्त्य गर्ने सरकारी योजना छ

सरकारले लोकप्रियताका लागि र रोजगारमा जाने युवालाई आश्वासन बाँडन् मात्र वैदेशिक रोजगार अन्त्य गर्ने घोषणा नीति तथा कार्यक्रममा प्रस्तुत गरेको वैदेशिक रोजगार व्यवसाय कुमल खनालको आरोप छ । राज्यले वार्षीक १ लाख युवालाई रोजगार दिन नसकिरहेको अवस्थामा वैदेशिक रोजगारी नै अन्त्य सम्भव नदेखिएको खनालको भनाई छ । वैदेशिक रोजगारको अन्त्य सरकारले घोषणा गरेजस्तो सजिलो नभएको भन्दै खनालले भने, ‘श्रम बजारमा वार्षीक नयाँ जनशक्ति कति भित्रन्छ भन्ने कुरा सरकारले अध्ययन गर्नुपर्छ । त्यसका आधारमा रोजगारको अवसर खोज्नुपर्छ । काम खोज्न कस्ता कामदार श्रम बजारमा आइरहेका छन् । ती युवालाई कसरी व्यवस्थापना गर्न सकिन्छ भनेर योजना बनाउनुपर्छ।’ सरकारले ५ बर्षभित्र वैदेशिक रोजगार अन्त्य गर्न नसक्ने उनको दाबी छ ।

हाल मासिक कामको खोजीमा दैनिक ९ सयभन्दा बढी युवा विदेशिने गरेका छन् । गएका ३ दर्शकमा खाडीका देश, मलेसिया र अन्य देशमा गरी करिब ५३ लाख युवा वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तंथ्याकमा उल्लेख छ । यो अवधिमा ७ लाखभन्दा बढी महिला कामदार कामको खोजीमा विभिन्न देश पुगेका छन् ।

सरकारले वैदेशिक रोजगारीको विकल्पमा कृषिमा लागानी, पर्यटन प्रवद्र्धन, होटल व्यवसाय, साना तथा मझौला व्यवसायको विकास, घरेलु सामाग्री उत्पादनमा जोड, घरेलु चित्रकला हस्तकाल तथा वस्तुकला उत्पादनमा जोड, प्रविधि विकास, देशभित्र अन्य सम्भावानाको खोजी गरी वैदेशिक रोजगार अन्त्य गर्ने योजना सरकारको छ ।

सरकारको योजना अनुसार काम भए बेरोजगार समस्या समाधान हुनसक्ने सरोकारवालाको भनाई छ । यो राज्यले काम गर्ने शैलीमै भर पर्ने श्रम क्षेत्रका जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ९ : ०२ बजे

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास