राष्ट्रपति २६ फागुनमा अमेरिका जाने | Khabarhub Khabarhub

राष्ट्रपति २६ फागुनमा अमेरिका जाने


२२ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारी फागुन २६ गते अमेरिका जाने भएकी छन् । उनी अमेरिका भ्रमणका क्रममा ५ दिन बस्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रसंघको महिला सशक्तीकरण विषयमा हुने विशेष सत्रमा सहभागि हुनका लागि राष्ट्रपति त्यसतर्फ जान लागेकी हुन् । उक्त विशेष सत्रमा राष्ट्रपति भण्डारीले फागनु २८ गते सम्बोधन गर्ने कार्यतालिका छ ।

अमेरिकाको न्यूर्योकमा हुने उक्त सभामा राष्ट्रपति भण्डारीले ‘महिला नेतृत्वले विश्वलाई कसरी परिवर्तन गर्नसक्छन्’ भन्ने विषयमा आफ्नो धारणा राख्ने छिन् ।

राष्ट्रपति भण्डारीसँगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, परराष्ट्र सचिव शंकरदार वैरागी, राष्ट्रपति कार्यालयका परराष्ट्रविज्ञलगायतको टोली अमेरिका जाने छ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ७ : ३४ बजे

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको