अफगानी सेनाको हवाई कारबाहीमा बाह्र तालिबान लडाकूको मृत्यु | Khabarhub Khabarhub

अफगानी सेनाको हवाई कारबाहीमा बाह्र तालिबान लडाकूको मृत्यु


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तीमा १२ तालिबान लडाकू मारिएका छन् ।

लडाकू विमानले तालिबानलाई लक्ष्य गरी यो कारबाही गरेको प्रान्तीय सरकारका प्रवक्ता मोहमद जवाद हजारीले बताए ।

यस हवाई कारबाहीमा अन्य पाँच लडाकू घाइते भएका पनि जानकारी दिइएको छ । यसक्रममा सुरक्षाबल र सर्वसाधारणतर्फ भने कुनै हताहत नभएको जनाइको छ ।

अफगानिस्तानको राजधानी काबुलबाट २४५ किलोमिटर उत्तरमा पर्ने तखार प्रान्तमा सक्रिय तालिबान लडाकू समूहले यस कारबाहीका विषयमा औपचारिक रुपमा कुनै टिप्पणी गरेको छैन ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  २ : ०१ बजे

भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै

काठमाडौं– भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने भएको

संसद्को संयुक्त बैठकलाई जेठ १ गते राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते मङ्गलबार सङ्घीय

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

हेटौँडा– बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो

दुर्लभ मानिएको लिंगको क्यान्सर विश्वभर बढ्यो, चार हजारको मृत्यु

काठमाडौं – विश्वभर समस्याको रुपमा देखिएको क्यान्सरको असर पुरुषको लिंगमा

कोपा अमेरिका खेल्ने ब्राजिल टिमको घोषणा

काठमाडौं– ब्राजिलले कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा गरेको छ