एटिएमबाट पैसा चोरी प्रकरण– अनुसन्धान गर्न विदेशी विज्ञ टोली नेपालमा | Khabarhub Khabarhub

एटिएमबाट पैसा चोरी प्रकरण– अनुसन्धान गर्न विदेशी विज्ञ टोली नेपालमा


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एटिएम ह्याक गरेर चिनियाँ नागरिकले नेपालका विभिन्न वैंकको पैसा लुटेपछि यसको अध्ययन र अनुसन्धान गर्न विदेशी विज्ञहरुको टोली नेपाल आएको छ ।

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम(नेप्स) को आग्रहमा उक्त विज्ञ टोली बुधबार राति नेपाल आएको हो ।

फरेस्सिक टोलीले विहीवार(आज) देखि काम गर्न थाल्ने नेप्सका प्रमुख कार्यकारी अधकिृत प्रविणप्रकाश क्षेत्रीले बताए ।

उक्त अनुसन्धान टोलीले एटिएमबाट पैसा चोरीको घटना कसरी, कहाँ भएको र कस्तो कमीकमजोरी भएका कारण यस्ता घटना भएको भन्ने बारे अध्ययन अनुसन्धान गर्ने छ । उसले गरेको अध्ययनपछि प्राप्त प्रतिवेदनका आधारमा अघि बढ्ने नेप्सका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले बताए ।

त्यसैगरि एटिएम ह्याकिङको विषयमा अध्ययन र अनुसन्धान गर्न विद्युतीय सेवा प्रदाय कम्पनी ‘भिसा’ बाट पनि एउटा टोली नेपाल आउने भएको छ । उक्त टोली विहीवार नेपाल आउने छ ।

गत शनिवार दरबारमार्ग र ठमेलमा रहेका विभिन्न बैंकको एटिएमबाट चिनियाँ ह्याकरले डेढ करोड भन्दा बढी रकम लुटेका थिए । प्रहरीका अनुसार सिस्टम ह्याक गरि उनीहरुले रकम झिकेका हुन् ।

रकम लुटपाटमा संलग्न भएका ६ जना चिनियाँलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ८ : ३५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड