यस्तो बनेर आयो ‘मारुनी’ को ट्रेलर (भिडियो) | Khabarhub Khabarhub

यस्तो बनेर आयो ‘मारुनी’ को ट्रेलर (भिडियो)


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको शीर्ष भूमिका रहेको फिल्म ‘मारुनी’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरियो ।

ट्रेलरमा पुष्प खड्का र साम्राज्ञी केन्द्रीय भूमिकामा छन् । साम्राज्ञीले पुष्पलाई पाउन गरिएका कथालाई ट्रेलरमा समावेश गरिएको छ । यस्तै ट्रेलरमा रेविका गुरुङलाई पनि देखाइएको छ ।

फिल्ममा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाइ, विनोद भट्टराई, सुशील श्रेष्ठ लगायतले समेत अभिनय गरेका छन् । फिल्ममा पुनप गौतमको लगानी छ भने नवल नेपालको लेखन तथा निर्देशन छ । निर्देशक नेपाललाई फिल्म लेखनमा गोविन्द फुयाँलले साथ दिएका छन् ।

मित्र डी गुरुङको सम्पादन, सञ्जय लामाको छायांकन रहेको यो फिल्म आउँदो भदौ १३ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ३ : ५५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम