बुधबारसम्म भारी वर्षाको सम्भावना | Khabarhub Khabarhub

बुधबारसम्म भारी वर्षाको सम्भावना


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मौसमविद्हरुले आगामी तीन दिन देशभर वर्षाहुने पूर्वानुमान गरेका छन् ।

मनसुनको न्यून चापिय रेखा औसत स्थान भन्दा केहि उत्तर तर्फ (नेपाल तर्फ) सरेको र हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षा भैरहेको विभागले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

श्रावण २० गते (सोमबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने छ । साथै पूर्व र पश्चिम तराई क्षेत्रका थोरै स्थाहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति: देशभर सामान्य बदली रही देशको पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ। साथै मध्य र पश्चिमी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

श्रावण २१ गते (मंगलबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण वदली रही केहि स्थानहरुमा वर्षा हुनेछ।

राति– देशभर सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा वर्षा हुनेछ। साथै मध्य र पश्चिमी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

श्रावण २२ गते (बुधबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण वदली रही केहि स्थानहरुमा वर्षा हुनेछ। साथै पूर्व र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति: देशभर सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा वर्षा हुनेछ। साथै पूर्व र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श –

देशको केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग पर्ने सम्भावना रहेको तथा पूर्व र पश्चिमी तराई तथा पहाडी भेगका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  ९ : १९ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि