'भवदेव पन्त प्रतिभा पुरस्कार' ८ जनालाई | Khabarhub Khabarhub

‘भवदेव पन्त प्रतिभा पुरस्कार’ ८ जनालाई


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भवदेव पन्त स्मृति प्रतिष्ठानले विभिन्न स्रष्टा र विद्यार्थीलाई पुरस्कृत गरेको छ ।

राजधानीमा आज आयोजित समारोहमा सुशील खनाल, सन्तोष गुप्ता, रामहरि पाण्डे, रामनाथ न्यौपाने, यादव लामिछाने, विवेक खरेल, वेञ्जु सिटौला र स्वीकृति लामालाई सम्मानित गरिएको हो । संस्थाका संस्थापक सदस्य पुरुषोत्तमराज जोशीले उनीहरुलाई कदरपत्रसहित सम्मानित गरे। पुरस्कारको राशि जनही १५ हजार रहेको छ ।

संस्थाका अध्यक्ष एवं वरिष्ठ साहित्यकार नित्यराज पाण्डेको निधनका कारण ‘भवदेव पन्त प्राज्ञिक पुरस्कार’को भने यस वर्ष निर्णय नगरिएको प्रतिष्ठानले जनाएको छ ।

सो अवसरमा युद्ध छोडी शान्ति अँगालौं शीर्षकमा कविता वाचन महोत्सव आयोजना गरिएको थियो । साहित्यकारहरु वेञ्जु शर्मा, मणि लोहनी, सन्ध्या पहाडी, कमला रिसाल, मञ्जु काचुलीे, रेजीना पाण्डे, सान्भी सिंहलगायतले आ–आफ्नो कविता वाचन गरेका थिए ।

कार्यक्रमको सञ्चालन साहित्यकार राजेन्द्र सलभले गरेका थियो । शङ्करदेव क्याम्पसबाट वाणिज्य सङ्कायतर्फ स्नातकोत्तर तहमा प्रथम हुने विद्यार्थीलाई प्रतिष्ठानले २०५७ सालदेखि प्रत्येक वर्ष ‘भवदेव पन्त प्रतिभा पुरस्कार’ प्रदान गर्दै आएको प्रतिष्ठानका सचिव विजयदेव पन्तले जानकारी दिए।

कवि एवम लेखक भवदेव पन्तको नाममा ‘भवदेव पन्त स्मृति प्रतिष्ठान’ गठन गरिएको हो ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ९ : २५ बजे

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन

एक केजीभन्दा बढी सुन र नगदसहित ७ जना पक्राउ

काठमाडौं– प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र नगदसहित ७

सर्वोत्तम सिमेन्टको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं– सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण

नेपाली सेनामा जागिर खुल्यो , ३१९ जनाको दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी