भारतीय तरकारी र फलफूलको विषादी परीक्षणबाट पछि हट्यो सरकार | Khabarhub Khabarhub

भारतीय तरकारी र फलफूलको विषादी परीक्षणबाट पछि हट्यो सरकार


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतबाट आउने तरकारीको विषादी परीक्षण कार्य स्थगित भएको छ ।

आधुनिक प्रयोगशाला नभएका कारण तत्काल परीक्षण सम्भव नभएकाले सरकारले भारतबाट आउने तरकारीको विषादी परीक्षण स्थगित गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवका अनुसार तत्काल परीक्षण कठिन देखिएकाले पूरानै प्रक्रियाबाट तरकारीको जाँचपास हुने निर्णय गरिएको हो ।

मन्त्री यादवका अनुसार तरकारी नाकामै कुहिने समस्या देखापरेका कारण अहिलेलाई पुरानै प्रकृयाबाट जाँचपास गराउने निर्णय भएको छ ।
तरकारीको विषादी परीक्षणका लागि चाँडै प्रयोगशाला बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको उनको भनाइ छ ।

परीक्षण नगर्न भारतको दबाब 

भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणमा नेपाल सरकारले कडाइ गरेपछि भारतले खुलाउनका लागि दबाब दिँदै आएको थियो । भारतीय राजदूतावासले नेपालस्थित वाणिज्य मन्त्रालयलाई पत्र नै पठाएर भन्सारमा तरकारी र फलफूल रोकिएकोमा आपत्ति जनाएको थियो ।

असार २ गते राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति कार्यन्वयनमा ल्याएको थियो ।

नेपालको नीति परिवर्तन भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै नेपालस्थित भारतीय दूतावासले नेपालको सीमा–नाकामा आइपुगेका आफ्ना देशको कृषिजन्य उत्पादन बोकेका सवारी साधन नरोक्न आग्रह गरेको थियो ।

दूतावासले १४ असारमा पठाएको पत्रमा भारतीय पक्षले प्लान्ट क्वारेन्टाइन सूचना प्रणाली एवं अन्तर्राष्ट्रिय वनस्पति सुरक्षा महासन्धीअनुसार सीमा–नाकामा भारतीय तरकारी र फलफूल बोकेका सवारी साधन रोक्न नमिल्ने जिकिर गरेको थियो । नेपालको निर्णयबाट आफ्ना किसान तथा व्यवसायीले ठूलो क्षति ब्यहोरेको भन्दै भारतले यस्तो काम बन्द गर्न आग्रह गरेको थियो ।

सरकारले निकासी–पैठारी आदेश संशोधन गरेर ताजा तरकारी तथा फलफूल आयात गरिँदा भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको थियो । ३ असारदेखि कार्यान्वयनमा आएको उक्त व्यवस्थापछि भारतबाट नेपाल भित्र्याउन लागिएको तरकारी तथा फलफूल बोकेका ट्रक तथा कन्टेनरहरूको भन्सार जाँच पास रोकिएको थियो ।

यसअघि क्वारेन्टाइन मात्रै परीक्षण हुने नाकामा विषादीको मात्रा परीक्षण अनिवार्य गरिएपछि सुनौली र विराटनगर भन्सार नाकामा तरकारी तथा फलफूल बोकेका भारतीय सवारी रोकिएका थिए ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ५ : ०६ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत