नेपालद्वारा सिंगापुरलाई ३ सय २७ रनको विशाल लक्ष्य | Khabarhub Khabarhub

नेपालद्वारा सिंगापुरलाई ३ सय २७ रनको विशाल लक्ष्य


२० असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले सिंगापुरलाई ३ सय २७ रनको विशाल लक्ष्य दिएको छ ।

टस जितेर पहिलो ब्याटिङको गरेको नेपालले निर्धारीत ५० ओभरको खेल पूरा खेल्दै ४ विकेट गुमाएर ३ सय २६ रन बनायो ।

नेपालका लागि रित गौतम र खड्क बहादुर बोहराको साझेदारी उत्कृष्ट रह्यो । रित गौतम र खडकले १३१ रनको साझेदारी खेलेका थिए । ओपनिङ ब्याट्सम्यान रित गौतमले शतक प्रहार गरे ।

उनले १३७ बलमा १० चौका र १ छक्काको मतद्दामा १ सय १५ रनको उत्कृष्ट पारी खेले । त्यस्तै, तेस्रो विकेटका रुपमा मैदान प्रवेश गरेका खडकले ९० बलमा १२ चौकाको मद्दतमा ९० रन बनाए ।

यस्तै, कुसल मल्लले विस्फोटक ब्याटिङ गर्दै २३ बलमा ५१ रन बनाए । उनले ५ छक्का र ४ चौका प्रहार गरेका थिए भने पवन सरार्फले ४५ रन बनाए ।

नेपालविरुद्ध सिंगापुरका भिनित चित्तेस महेता र पर्नव सुदर्शन राजेश कृष्णले समान दुई–दुई विकेट लिए ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ११ : १० बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत