दरबन्दी नै नभएको पदमा कर्मचारी भर्ती गर्दै ट्रमा सेन्टरका निर्देशक | Khabarhub Khabarhub

दरबन्दी नै नभएको पदमा कर्मचारी भर्ती गर्दै ट्रमा सेन्टरका निर्देशक


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर प्रमोद यादवले अस्पतालको नियम विपरित आफू निकट कर्मचारीहरु धमाधम भर्ती  गर्ने गरेको रहस्य खुलेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यदावको सिफारिसमा सोझै मेडिकल सुपरिटेन्डेण्टमा नियुक्त भएका १० औं तहका डा यादवले जिम्मेवारी पाएको साढे दुई महिनामा नियम विपरित कर्मचारीहरु धमाधम भर्ना गरेका हुन्।

ट्रमा सेन्टर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत संचालित अस्पताल हो । ट्रमा सेन्टरमा कर्मचारी नियुक्ति गर्दा ‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी सेवाका शर्त तथा सुविधा सम्बन्धी नियमावली’अनुसार गर्नुपर्छ ।

उक्त नियमावलीको ३८ नम्बर बुँदामा अस्थायी नियुक्ति सम्बन्धी व्यवस्थामा सेवाको कुनै पनि रिक्त स्थायी पदमा सेवा आयोगको स्वीकृति नलिई ६ महिनाभन्दा बढी अवधिका लागि अस्थायी नियुक्त गर्न पाइने छैन भन्ने उल्लेख छ ।

यस्तै ३९ नम्बर बुँदामा ज्यालादारीमा नियुक्ति गर्न प्रतिष्ठानको कामको निमित्त तत्काल नियुक्त नगरेमा सेवाको काममा गम्भीर असर पर्ने भएमा उपकुलपति वा उपकुलपतिले तोकेको पदाधिकारीले कुनै व्यक्तिलाई दैनिक वा मासिक ज्यालादारीमा बढीमा ६ महिनासम्मका लागि नियुक्त गरी काममा लगाउन सक्ने व्यवस्था छ ।

तर, ट्रमाका निर्देशक डा यादवले अस्पतालको निर्णयअनुसार भन्दै धमाधम आफू निकट व्यक्तिलाई अस्पतालमा नियुक्ति गरिरहेको पाइएको हो ।

करार वा ज्यालादारीमा कर्मचारी नियुक्ति गर्दा दरबन्दी रिक्त रहेको अवस्थामा अत्यावश्यक भएमा मात्रै उपकुलपति वा स्वास्थ्य मन्त्रालयको स्वीकृतिमा कर्मचारी नियुक्त गर्न पाइने व्यवस्था भएपनि डा यादवले भने दरबन्दी रिक्त नभएको पदहरुमा पनि आफैले निर्णय गरेर कर्मचारी नियुक्त गरेका छन् ।

डा यादवले आइटी युनिटमा परामर्शदाताको रुपमा सप्तरीकी स्नेहा यादवलाई नियुक्त गरेका छन् । राष्ट्रिय ट्रमा सेन्टरमा सो पदको दरबन्दी भने छैन ।

यस्तै, सामाजिक सेवा इकाइमा ४ जना कर्मचारी कार्यरत भएपनि थप एकजना  गीता कुमारी यादवलाई सहजकर्तामा नियुक्ति गरिएको छ । डा यादवले अस्पतालको एनेस्थेसिया तथा सघन उपचार विभागमा रदवन्दी नै नभए पनि सोहन कुमार यादवलाई नियुक्त गरेका छन् ।

अस्पतालमा ३ जना सवारी चालक रहेका भए पनि डा यादवले अर्का शान्त बुढाथोकीलाई पनि नियुक्त गरेका छन् ।  डा यादवले ती कर्मचारीहरुलाई दिएको नियुक्ति पत्रमा केहीलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २०७४ साल असार ३० गतेको निर्णयको अधिनमा रहेर गरिएको उल्लेख छ भने केही कर्मचारीको अस्पतालको निर्णय अनुसार लेखिएको छ ।

ट्रमा सेन्टरको कर्मचारी निटक स्रोतका अनुसार डा यादवले ती पदहरुमा योग्यता नपुगेका व्यक्तिहरुलाई नियुक्त गरेका छन् । न्याम्सको मातहतमा संचालित ट्रमा सेन्टरमा यसअघि न्याम्सका उपकुलपतिको निर्णय अनुसार वा स्वास्थ्य मन्त्रालयको स्वीकृतिमा करार तथा ज्यालादारी कर्मचारी नियुक्ति गर्ने व्यवस्था भएपिन डा यादव नियुक्त भएपछि न्याम्सका उपकुलपतिलाई जानकारी नै नदिइ यी कर्मचारीहरुलाई भर्ती गरिएको स्रोतले बतायो ।

‘दरबन्दी नै नभएका पदहरुमा धमाधम कर्मचारीहरु नियुक्त भइरहेका छन्,’ स्रोतले खबरहबसँग भन्यो, ‘अस्पतालका प्रमूख आफू निकट कर्मचारी भर्तीमा लागेपछि अस्पतालको व्यवस्थापन अव्यवस्थित हुँदै गएको छ ।’

डाक्टर यादवले आफूखुशी कर्मचारी नियुक्त गर्ने र सम्बन्धित विभागका प्रमुखलाई समेत जानकारी समेत नदिई आफू निकट व्यक्तिहरुलाई जिम्मेवारी दिएको स्रोतले बतायो ।

आफुखुसी केही जना मेडिकल अधिकृतको विज्ञापन !

राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर प्रमोद यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति विना ८ औं तहका मेडिकल अधिकृत पदका लागि आवेदन समेत खुल्ला गरेका छन् ।

अस्पतालले जेठ ९ गते निकालेको विज्ञापनमा आकस्मिक सेवा विभाग, आइसीयू र अन्य विभागहरुका लागि मासिक ज्यालादारीमा काम गर्ने अधिकृत ८ औं तहका चिकित्सक माग गरिएको छ । उक्त विज्ञापनमा माग र पद संख्या भने तोकिएको छैन । माग र पदसंख्यामा केही जना लेखिएको छ ।

उक्त पदका लागि जेठ १६ गते लिखित परीक्षा हुने भनिए पनि १६ गते परीक्षा भने नभएको स्रोतको भनाइ छ । कुनैपनि अस्पतालका निर्देशकले ज्यालादारी वा करार सेवामा चिकित्सक नियुक्ति गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति लिनुपर्ने हुन्छ । तर, डा यादवले स्वास्थ्य मन्त्रालयलाई जानकारी नै नदिई विज्ञापन खुलाएको स्रोतले बतायो । यता ट्रमा सेन्टरका निर्देशक डा यादवले भने आफूले कुनै कर्मचारी नराखेको दाबी गरे ।

‘मैले नयाँ कर्मचारी कसैलाई पनि नियुक्त गरेको छैन, त्यो गलत कुरा हो । एउटा ड्राइभर राखेको छु, एउटा प्लम्बर राखेको छु । कर्मचारी राख्ने कुरा कार्यलय प्रमुखकको अधिकार भित्रै पर्छ,’ डा यादवले भने, ‘दरबन्दी नभएको ठाउँमा सेवा खरिद गरेको हो, कर्मचारीको रुपमा राखेको छैन।’

यो पनि पढौं

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ७ : ०७ बजे

क्यानाडाको आश देखाएर यौन शोषण, बिहेको बहानामा दुबई लगेर बेचियो

काठमाडौं – क्यानाडा पठाइदिने प्रलोभन देखाएर युवतीलाई दुबईमा बेचेको अभियोगमा

नेता किमले गरे मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण

सोल– उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको

सालझण्डी-ढोरपाटन सडक स्तरोन्नतिमा ढिलासुस्ती

ढोरपाटन– राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन

एक केजीभन्दा बढी सुन र नगदसहित ७ जना पक्राउ

काठमाडौं– प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र नगदसहित ७