कांग्रेस इन्जिन विनाको गाडी बन्नु हुँदैनः नेता सिटौला | Khabarhub Khabarhub

कांग्रेस इन्जिन विनाको गाडी बन्नु हुँदैनः नेता सिटौला


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उर्लाबारी– कांग्रेस नेता तथा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेस इन्जिन विनाको गाडी जस्तै बनेको भन्दै यसतर्फ सचेत रहन युवाहरुमाझ जागरण गरेका छन् ।

कांग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत मोरङ क्षेत्र नं. १ को आयोजनामा उर्लाबारीमा आयोजित कार्यक्रममा नेता सिटौलाले कांग्रेसलाई चलायमान बनाउन देशभरी जागरण अभियान चलाइरहेको उल्लेख गर्दै अब कांग्रेस इन्जिन विनाको गाडी बन्न नहुने उनले बताए ।

मुलुकमा भएका हरेक आन्दोलनमा कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले कांग्रेसलाई चलयमान र सक्रिय बनाउन कार्यकर्ताले नेतृत्वलाई खबरदारी गर्नु पर्नेमा जोड दिए ।

उनले पार्टी नेतृत्वले भातृ संगठनहरुलाई राम्रोसँग परिचालन गर्न नसकेको बताए । तरुण दल, नेविसंघ र महिला संघ कुनैपनि भातृ संगठनहरुले राम्रोसँग काम नगरिरहेको नेता सिटौलाको भनाई छ ।

उनले पार्टीभित्र आपसी बैमनस्यता र कलह अन्त्य गर्न लाग्नु पर्ने आवश्यकता रहेको औल्याए । वर्तमान सरकार जनताको नभई कम्युनिष्टको मात्र भएको समेत उनले आरोप लगाए ।

कार्यक्रममा बोल्दै अधिकांश नेता तथा कार्यकर्ताहरुले पार्टीमा मौलाएको गुटगत राजनीतिको अन्त्य नभएसम्म कांग्रेस चलयमान बन्न नसक्ने बताए ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ६ : ४५ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु