दलालमार्फत भारत हुँदै प्रतिबन्धित इराक र लिबिया पुग्छन् मासिक ३ सय नेपाली कामदार | Khabarhub Khabarhub

दलालमार्फत भारत हुँदै प्रतिबन्धित इराक र लिबिया पुग्छन् मासिक ३ सय नेपाली कामदार


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले रोजगारीका लागि इराक र युद्धग्रस्त लिबिया जान नेपालीहरुलाई प्रतिबन्ध लगाएको छ । सरकारले प्रतिबन्ध लगाएको इराक र लिबियामा नेपाली युवा भारत हुँदै तस्करमार्फत रोजगारीका लागि पुग्ने गरेका छन् ।

पछिल्लो समय लिबियाको राजधानी त्रिपोली द्वन्द्वग्रस्त छ । यहाँ रोजगारीका लागि नेपाली रहेको हुनसक्ने सरकारको अनुमान छ । सरकारले लिविया रोजगारीमा जान प्रतिबन्ध लगाएको छ । तर, लिवियामा रोजगारीका लागि भारत हुँदै नेपाली पुगिरहेका छन् । त्यहाँ कति नेपाली छन् भन्ने विषयमा सरकार नै बेखबर छ । हाल, लिवियाका युद्धग्रस्त क्षेत्रमा १२ नेपाली फसेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

ती कामदारलाई उद्धार गर्न पहल भइरहेको मन्त्रालयले जानकारी दिएको छ । लिबियाको युद्धग्रस्त क्षेत्रमा फसेका नेपाली भारत हुँदै दलालमाफर्त त्यहाँ पुगेको पाइएको मन्त्रालयले जानकारी दिएको छ ।

२०६१ साल भदौ १६ गते रोजगारीका लागि इराक पुगेका १२ जना नेपालीको मुश्लिम अतिवादी आंतककारीले हत्या गरेपछि त्यहाँ रोजगारीमा जान नेपाली युवालाई सरकारले प्रतिबन्ध लगाएको थियो । इराक नेपाली अवैध बाटो भएर गइरहेका छन् । नेपाली युवालाई तस्करले भारतबाट इराक रोजगारीमा पठाउँदै आएका छन् ।

नयाँ दिल्लीस्थीत नेपाली दूतावासका एक कर्मचारीका अनुसार भारत हुँदै इराक मासिक ३ सयभन्दा धेरै नेपाली तस्करले पठाउने गरेको जानकारी दिएका छन् । ती कर्मचारीका अनुसार अन्य देशको भिसा लगाएर नेपाली युवालाई तस्करले इराक र लिविया पुराउने गरेका छन् । अन्य देश पठाउने भनेर दलालले झुकाएर लिविया र इराक तस्कर गरि पठाउने गरेको पाइएको छ ।

लिबियामा नेपाली कुटनीतिक नियोग छन् । लिबियालाई इजिप्टस्थित नेपाली दूतावासले हेदै आएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । युद्धग्रस्त लिविया नेपाली रहेको सूचना परराष्ट्र मन्त्रालयमा आएको मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए ।

इजिप्टस्थित नेपाली दूतावास र शान्ति सेनामा खटिएका नेपालीमार्फत ती कामदारलाई स्वेदश फर्काउन प्रयास भइरहेको प्रवक्ता पौडेलले बताए । ‘राम्रो रोजगारी र त्यहाँबाट अन्य मुलुक लैजानका लागि नेपाली लिबिया पुराउन गरिएको छ । लिविया नेपाली दलालमार्फत पुग्ने गरेका छन् । यो विषयमा मन्त्रालयले जानकारी लिइरहेको छ’ उनले भने, ‘इराकमा कसरी नेपाली पुग्छन् भने विषयमा पनि मन्त्रालयलले सम्बन्धीत निकायमार्फत परामर्श लिइरहेको छ । सरकारले प्रतिबन्ध लगाएका देश नै नेपाली कहाँबाट पुगिरहेका छन् । यो विषयमा सरकारले खोजी गर्नुपर्ने देखिन्छ ।’
लिबिया रहेका कामदारसँग सम्र्पक गर्न प्रयास गरिरहेको र सम्पर्क हुन नसकेको उनको भनाइ छ ।

सरकारले प्रतिबन्ध लगाएको इराकमा करिब २० हजार नेपाली रोजगारीमा कार्यरत रहेको हुनसक्ने सरकारी अनुमान छ । इराक रोजगारीमा गएका धेरै महिला समस्या पर्ने गरेका छन् । इराक रोजगारीका लागि दलाल र म्यानपावरमार्फत पुगेका कामदार समस्यामा परेमा स्वदेश फकाउन कठिन भइरहेको छ ।

पछिल्लो समय लिबियाको विद्रोही समूह ‘द लिबिया नेसनल आर्मी’ले राजधानी त्रिपोलीलाई कब्जा गर्ने उद्देश्यले आक्रमण गरिरहेको छ । उक्त स्थानमा रहेका विदेशी कामदार धेरै जोखिम रहेको विदेशी सञ्चारमाध्यहरुले जनाएका छन् ।

राजधानी त्रिपोलीमा करिब ५ हजारभन्दा धेरै एसियाली मूलका नागरिकरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

राष्ट्रसंघ अन्तर्गत नै नेपाली सेना पनि शान्ति सेनाका रुपमा लिबियामा छन् । त्यहाँ २ सय ३१ सैनिक कार्यरत रहेको सैनिक मुख्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ३ : ४६ बजे

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको