नागरिकको समाचार– अमेरिकासँग अन्योल, पदाधिकारी नआउँदै महिला आयोगमा नयाँ गाडी | Khabarhub Khabarhub

नागरिकको समाचार– अमेरिकासँग अन्योल, पदाधिकारी नआउँदै महिला आयोगमा नयाँ गाडी


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार (आज) प्रकाशन भएको दैनिक नागरिक  विभिन्न समाचार प्रकाशन गरेको छ ।

नागरिक दैनिकले पहिलो पृष्ठमा पदाधिकारी नआउँदै महिला आयोगमा पाँच नयाँ गाडी, अभिव्यक्तिमा अंकुश लगाउँदै विज्ञापन विधेयक, भेनेजुएलाकै पक्षमा नेकपा, नाममा अल्झिएको राजनीति शीर्षकका समाचारलाई प्रकाशन गरेको छ ।

नागरिक दैनिकका अनुसार पदाधिकारी नआउँदै महिला आयोगमा पाँच नयाँ गाडी खरिद भएको छ । नागरिक दैनिक अगाडि लेख्छ, डेढ वर्षदेखि पदाधिकारीविहीन महिला आयोगमा नयाँ नियुक्ति अझै भएको छैन ।

नियुक्ति कहिले हुने भन्ने टुंगो पनि लागिसेको छैन तर नयाँ आउने पदाधिकारीका लागि भन्दै पाँचवटा गाडी किनिसकिएको छ । मर्मत सम्भार गरी प्रयोग हुन सक्ने गाडी मर्मत गर्न र मर्मत हुन नसकेको गाडीको तत्काल लिलामी प्रकृया अघि बढाउन प्रधानमन्त्री कार्यालयले दिएको निर्देशन उल्लंघन गर्दै गाडी खरिद गरिएको हो ।

त्यस्तै नागरिकले नेकपा सचिवालय बैठकले पार्टी अध्यक्ष प्रचण्डले  भेनेजुएला बारे जारी गरेको विज्ञप्तिलाई सदर गर्ने निर्णयलाई पनि प्राथमिकतामा राखेको छ ।

नागरिक दैनिकले प्रदेश २ सरकार स्थायी राजधानी र नाममा अल्झिएको समाचार प्रकाशन गरेको छ ।

त्यस्तै नागरिकले सबै प्रदेशबाट कांग्रेसको खबरदारीको समाचार दोस्रो पृष्ठमा प्रकाशन गरेको छ । आजको नागरिक दैनिकले अमेरिकासँग अन्योल शीर्षकमा सम्पादकीय लेखेको छ ।

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ८ : ३४ बजे

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा