विश्वविद्यालय परिसरमा पेट्रोलियम गाडी प्रतिबन्ध ! | Khabarhub Khabarhub

विश्वविद्यालय परिसरमा पेट्रोलियम गाडी प्रतिबन्ध !


२२ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुजरात, भारत- प्रदुषण नियन्त्रणका लागि भन्दै भारतको गुजरातमा रहेको पारुल विश्वविद्यालयले क्याम्पसमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई रोक लगाएको छ ।

शिक्षक र विद्यार्थीहरुको स्वास्थ्य र क्याम्पसको वातावरणलाई कार्बनका कारण थप बिग्रन नदिनका लागि यस्तो व्यवस्था गरिएको क्याम्पसले जनाएको छ ।

क्याम्पसमा यातायातका लागि साईकलको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको समाचारमा उल्लेख छ ।

क्याम्पसमा प्रयोगका लागि विश्वविद्यालयले अहिले पहिलो चरणमा एक सय साईकल पनि ल्याएको छ ।

साईकल प्रयोग गर्न चाहनेलाई दैनिक, साप्ताहिक वा मासिक रुपमा न्युन भाडा शुल्क बुझाएर प्रयोग गर्न पाउने व्यवस्था पनि गरिएको छ ।

हरित तथा स्वच्छ वातावरण बनाउने उद्देश्य पुरा गर्न क्याम्पसमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई रोक लगाइएको क्याम्पसका उच्च अधिकारीहरुले बताएका छन् ।

हाम्रो विश्वविद्यालय झण्डै १२० एकडमा फैलिएको छ, विद्यार्थी र शिक्षकहरुलाई एक ठाउँबाट अर्को ठाउँमा जान धेरै समय लाग्छ, त्यसैले हामीले साइकलको व्यवस्था गर्न लागेका हौँ, क्याम्पसका अध्यक्ष देभेशुं पटेलले भन्नुभयो ।-एएनआई

प्रकाशित मिति : २२ माघ २०७५, मंगलबार  ८ : १८ बजे

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि