सामाजिक सुरक्षा कोषमा थपिए १३ हजार श्रमिक | Khabarhub Khabarhub

सामाजिक सुरक्षा कोषमा थपिए १३ हजार श्रमिक


१९ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा साढे १३ हजार श्रमिक सामाजिक सुरक्षा योजनामा सामेल भएका छन् । बुधबारसम्म १ लाख २९ हजार २४५ श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन् ।

अघिल्लो बुधबारसम्म १ लाख १५ हजार ६०६ श्रमिक सहभागी भएका थिए । श्रमिकको सूचीकरण बढेसँगै सोही अवधिमा झण्डै १ हजार २०० प्रतिष्ठानले पनि आफूलाई कोषमा सूचीकृत गराएका छन् । बुधबारसम्म कोषमा ११ हजार ७२९ रोजगारदाता सूचीकृत भएका छन् ।

सबैभन्दा बढी प्रदेश नं ३ बाट ९३ हजार ४८७ र सबैभन्दा कम कर्णाली प्रदेशबाट १५७ श्रमिक योजनामा सहभागी भएका छन् । प्रदेश नं १ मा २१ हजार २६९, प्रदेश नं २ मा सात हजार १७७, गण्डकी प्रदेशमा तीन हजार ९९०, प्रदेश नं ५ मा दुई हजार ७०३ र सुदूरपश्चिम प्रदेशमा ४३५ श्रमिक सूचीकृत भएका छन् ।

कर्णाली प्रदेशमा श्रमिकको सूचीकरण अत्यन्त कम देखिएको छ । सो प्रदेशबाट ११८ रोजगारदाता सूचीरण हुँदा झण्डै सोही सङ्ख्यामा मात्र श्रमिक सूचिकृत भएका छन् ।

सबैभन्दा बढी प्रदेश नं ३ बाट सात हजार ८१५ रोजगारदाता कोषमा सूचीकृत भएका छन् । यस्तै प्रदेश नं १ बाट एक हजार ८४०, प्रदेश नं ५ बाट ८३४, गण्डकी प्रदेशका ५४०, प्रदेश नं २ का ४६० र सुदूरपश्चिम प्रदेशका १२२ रोजगारदाता सूचीकृत भएका छन् ।

बुधबारसम्म २४ करोड २९ लाख ६० हजार ३८५ रुपैयाँ ४५ पैसा योगदान रकम सङ्कलन भएको छ । सूचीकरणमा ६९ जिल्ला समेटिएका छन् । कोषबाट दुई श्रमिकका परिवारले आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत आर्थिक सहायता लिन थालेका छन् । कोषले सूचीकरणका लागि यही मङ्सिर १४ गतेसम्म समयसीमा तोेकेको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ८ : २७ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम