राष्ट्रिय स्वाधिनताको रक्षा गर्न सशक्त जनआन्दोलन आवश्यक | Khabarhub Khabarhub

राष्ट्रिय स्वाधिनताको रक्षा गर्न सशक्त जनआन्दोलन आवश्यक



मुलुकलााई तेस्रो जनआन्दोलनको आवश्यकता परिसकेको छ । किनकि मुलुकको अवस्था गम्भीर प्रकारको जटिलताबाट गुज्रिन बाध्ये भइरहेको छ ।

भारत सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नो राजनीतिक नक्सामा राखेर सार्वजनिक गरिसकेपछि मुलुक राष्ट्रिय स्वाधिनताको प्रश्न जटिल बन्न पुगेको छ ।

भारतले नेपालको सीमाना अतिक्रमण गरेको घटना भने नयाँ होइन ।

नेपाल-भारतबीच भएका असमान तथा अपमानजनक सन १९५० को सन्धिदेखि यता आएर भारतले नेपालको सुस्ता- महेशपुर, पशुपतिनगर, मानेभञ्ज्याङ, कालापानी लगायत करिब ७२/७३ स्थानमा गरेर करिब ६० हजार हेक्टर नेपाली जमीन अतिक्रमण गरिसको थियो ।

भारतीय विस्तारबादी शासकहरुले नेपाल लगायत अन्य छिमेकी मुलुकहरुमाथि थिचोमिचो गर्दै आएको छ । सीमा मिच्ने , अन्य थिचोमिचो गर्दै आएको छ ।

भारतीय शासक वर्गले नेपालमाथि गर्दै आएको थिचोमिचो र अवहेलानाका विरुद्ध नेपाली जनताले ठूला ठूला आन्दोलन र संघर्ष गर्दै आएका छन् ।

राष्ट्रिय स्वाधिनताको रक्षाका लागि नेपालका कम्युनिस्ट पार्टीहरुले ठूला ठूला संघर्ष चलाउदै आएका छन् । नेपालका कम्युनिस्टहरूको लक्ष्य जनवाद हुदै वैज्ञानिक समाजवादको बाटो हुदै साम्यवादसम्म पुग्नु पर्ने भएकाले नेपालका कम्युनिस्टहरू अन्तर्राष्ट्रियतावादी हुँदाहुदै पनि नेपाली क्रान्तिविना समाजवाद हुदै साम्यवादमा पुग्न नसकिने भएकाले नेपालको राष्ट्रियता आवश्यक भएको हो ।

जंगबहादुर राणादेखि हालसम्मका नेपालका शासकहरु ब्रिटिश-भारतका गुलाम, दलाल बन्दै भारतीय शासकहरुको चाकडी र च्याप्लुसि गर्दै शासन सत्तामा पुग्ने र नेपाली जनतामाथि शासन गर्दै आएका कारण करिब १८० वर्ष पहिलेदेखि नेपाली राष्ट्रिय स्वाधीनता धरापमा पर्दै आएको छ ।

नेपाली जनाताको भोटबाट सत्तामा पुगे पनि वर्तमान सरकार देश र जनताप्रति उत्तरदायी छैन । जनताप्रति उत्तरदायी भएको भए यो सरकारले भारतले नेपाली भूमि मिचेको विषयमा कुनैपनि कूटनीतिक पहल किन नगरेको ?

गुमेको भूभाग फिर्ता ल्याउन अधिकतम प्रयत्न गर्नु पर्नेमा वर्तमान दलाल सरकार झारा टार्ने र नेपाली जनताको आँखामा छारो हाल्ने षड्यन्त्रमा तल्लीन छ ।

यो सरकारबाट राष्ट्रिय स्वाधिनताको रक्षा हुने तथा गुमेको भूमि फिर्ता हुने सम्भावना छैन । अब यसका लागि तेस्रो जनआन्दोलनको आँधीबेहरी सृष्टि गर्नुको विकल्प छैन । जनताको सशक्त जनआन्दोलनविना राष्ट्रिय स्वाधिनताको रक्षा गर्न र भारतद्वारा गुमाएको भूभाग फिर्ता गर्न संम्भव छैन ।

राजनीतिक मूल्य – मान्यता ह्रास भइरहेको छ । कम्युनिस्ट नामधारी डबल नेकपाले नेपाली समाजमा फासीवादी सरकार चलाइरहेको छ । विपक्षीहरुलाई पेलेरै शासन गर्ने हर्कत गरिरहेको छ ।

यसका अतिरिक्त इतिहासमै मुलुक भष्टचारले आक्रान्त बन्न पुगेको छ । नेकपाको वर्तमान कम्युनिस्ट नामधारी सरकार इतिहासमै भ्रष्ट सरकारको रुपमा नेपाली समाजमा दर्ज हुन पुगेको छ । यो सरकारकै संरक्षणमा भ्रष्टाचार मौलाई रहेको छ ।

शैक्षिक माफिया र शैक्षिक कालाबजारीयाका कारण नेपालको शैक्षिक क्षेत्र निकै आक्रान्त बन्न पुगेको छ । सर्वसाधारण जनताले मौलिक हक अधिकारको रुपमा रहेको शिक्षा प्राप्त गर्ने कुरा पनि गम्भीर बन्न पुगेको छ । जसका कारण हजारौं नेपाली विद्यार्थीहरु विदेश पलायन हुन बाध्ये भइरहेका छन् ।

स्वास्थ्य क्षेत्रमा पनि शैक्षिक माफिया र शैक्षिक कालाबजारियाका कारण जनताको मौलिक हक अधिकारको रुपमा रहेको जनस्वास्थ्यको क्षेत्र ध्यादै चिन्ताजनक बन्न पुगेको छ । शैक्षिक माफियाकारण हजारौं विद्यार्थीहरु लाखौं पैसा तिरेर मेडिकल शिक्षा लिन बाध्ये भइरहेका छन् ।

सरकारको संरक्षणमा शैक्षिक माफियाहरुले स्वास्थ्य क्षेत्र ज्यादै चिन्ताजनक बन्न पुगेको छ ।

कालाबजारिया , कमिशनखोर नाफाखोर , विचैलियाहरुको कारण महंगिले आकाश छोएको छ जनताको ढाड सकिदा सम्म पनि सरकारले यसलाई कार्वाहीको विषय बनाउनु सट्टा उल्टै सरकारकै संरक्षणमा महंगिले आकाश छोएको छ ।

वेरोजकारकै कारण आज लाखौं नेपाली युवाहरु विदेशिन बाध्ये भइरहेका छन् । आज नेपालका गाउँ घरहरु युवा युवती शुन्य भइसकेको छ ।

हत्या , हिंसा र बलात्कारका घटनाहरु सरकारकै संरक्षणमा बढिरहेका छन् । निर्मला पन्त लगायतका बलात्कारी र हत्याराहरु सरकारी संरक्षणमा छाती फुलाएर नेपाली समाजमा हिडिरहेका छन् ।

राजनीतिक मूल्य – मान्यता ह्रास भइरहेको छ । कम्युनिस्ट नामधारी डबल नेकपाले नेपाली समाजमा फासीवादी सरकार चलाइरहेको छ । विपक्षीहरुलाई पेलेरै शासन गर्ने हर्कत गरिरहेको छ । यसको ज्वलन्त उदाहरण विप्लव नेतृत्वको नेकपामाथि प्रर्तिबन्ध लगाउनु हो । विप्लव नेकपामाथि प्रतिबन्ध लगाउनुको कुनै अर्थ छैन । राजनीतिक प्रतिशोध बाहेक अरु कुनै कारण छैन ।

२०६२/६३ सालको दोस्रो संयुक्त जनआन्दोलनले २४० वर्षे शाह वंशीय सामन्तवादी राजतन्त्रको अन्त्य गरेर लोकतान्त्रिक व्यवस्थाको स्थापना गरेको थियो र आज यसले पनि १० वर्ष पार गरिसकेको छ । आज मुलुकमा गम्भीर प्रकारको संकट पैदा भइरहेको छ।

यीनै विविध कारणले गर्दा मुलुकको राजनीतिक अवस्था ज्यादै गम्भीर मोडमा पुगेको छ । यसको अलवा राष्ट्रिय स्वाधिनताको प्रश्न जुन आज जटिल बन्न पुगेको छ , यसको एक मात्र तेस्रो जनआन्दोलन नै हो ।

नेपालमा १० / १० वर्षमा ठूला ठूला जनसंघर्ष र जनआन्दोलनका घटनाहरु उथलपुथलका रुपमा ज्वारभाटाका रुपमा उठ्ने गरेको छ । २०३५/३६ सालको विद्यार्थी आन्दोलन , २०४६ सालको पहिलो जनआन्दोलन , २०६२/ ६३ सालको दोस्रो जनआन्दोलनलाई एउटा उदाहरण र शिक्षा लिन सकिन्छ ।

२०६२/६३ सालको दोस्रो संयुक्त जनआन्दोलनले २४० वर्षे शाह वंशीय सामन्तवादी राजतन्त्रको अन्त्य गरेर लोकतान्त्रिक व्यवस्थाको स्थापना गरेको थियो र आज यसले पनि १० वर्ष पार गरिसकेको छ । आज मुलुकमा गम्भीर प्रकारको संकट पैदा भइरहेको छ।

यस प्रकारको अवस्थामा क्रान्तिकारी कम्युनिस्ट शक्तिहरु र परिवर्तनकारी जनताले नजरअन्दाज गरिरहने हो भने मुलुकमा गम्भीर प्रकारको दुर्घटना घट्न सक्ने सम्भावनाहरुलाई मध्येनजरमा राखेर राजनीतिक परिवर्तनको निम्ति तेस्रो जनआन्दोलनको सुनामी सृष्टि गर्न अनिवार्य बन्न पुगेको छ ।

सानातिना संघर्षले राजनीतिक परिवर्तन भैहाल्ने नामधारी कम्युनिस्टको दुई तिहाइको सत्ताको उलटपुलट हुने सम्भावना पनि छैन ।

त्यसो भएर सम्पूर्ण देशभक्त जनतान्त्रिक कम्युनिस्ट शक्तिहरु , लेखक , पत्रकार , साहित्यकार , नागरिक समाज , विभिन्न जातीय संघ /संगठन हरु र आम परिवर्तनकारी एवम् मुक्तिकामी जनसमुदायका बिचमा ब्यापक एकता कायम गरेर मुलुकको संरक्षण र जनताको उन्नति र प्रगतिको निम्ति तेस्रो जनआन्दोलनको सुनामी सृष्टि गर्नुको विकल्प छैन ।

यसले मात्र नेपाल राष्ट्र र नेपाली जनताको सुन्दर भविष्यको रेखा कोर्नेछ । र, नेपाली जनताका सुन्दर नेपाल निर्माण गर्ने सपनाहरु पुरा गर्ने बाटो तय हुनेछ ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहीबार  ८ : ३८ बजे

काठमाडौं र अपराध अनुसन्धानका प्रमुख आठ महिनामै फेरिए

गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

काठमाडौं– सरकारले आइतबार देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको

डीआईजी चन्दलाई गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं- गृहमन्त्रालयले डीआईजी दुर्गा सिंह चन्दलाई गण्डकी प्रदेश प्रमुखमा सरुवा

अफगानिस्तानमा उच्च वर्षापछिको बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त

काबुल– हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७०

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको