जापान जानेका लागि परीक्षा सञ्चालन, श्रम मन्त्रालय नै बेखबर ! | Khabarhub Khabarhub

जापान जानेका लागि परीक्षा सञ्चालन, श्रम मन्त्रालय नै बेखबर !


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र जापान सरकारबीच गत चैतमा श्रमिक आपूर्ति गर्ने विषयमा सरकारीस्तरमा श्रम सम्झौता भएको थियो । श्रम सम्झौता गर्दा नेपालबाट १४ क्षेत्रमा नेपाली श्रमिक रोजगारीका लागि जापान लैजाने चर्चा थियो । तर, श्रम सम्झौतामा हस्ताक्षर भएको ६ महिनापछि जापान सरकारले नेपालबाट केयरगिभरमा मात्र नेपाली श्रमिक लिने भन्दै जापान फाउन्डेसनलाई परीक्षा सञ्चालन गर्ने अनुमति दियो ।

फाउन्डेसन आउटसोर्सिङ कम्पनी हो । फाउन्डेसनले गत असोज पहिलो सातामा १५ दिनका लागि आवेदन खुलाएर एक हजार जनाको आवेदन लिएको थियो । कतिले आवेदन दिए भन्ने बारेमा भने खुलाइएको छैन ।

पहिलो चरणमा नेपालबाट केयरगिभरमा कामदार लैजाने भन्दै फाउन्डेसनले युनिभर्सल ल्याङ्ग्येज एण्ड कम्प्युटर इन्स्टिच्युटबाट परीक्षा सञ्चालन गरेको हो । फाउण्डेसनले कात्तिक १०, ११ र १२ गते नै केयरगिभरको परीक्षा सञ्चालन गरेको थियो ।

सोही अनुसार कात्तिक १९, २० र २१ गते तथा कात्तिक २६, २७ र २८ गते पनि परीक्षा सञ्चालन गर्ने गरि फाउन्डेसनले परीक्षा तालिका सार्वजानिक गरेको छ ।

फाउन्डेसनले इन्स्टिच्युटमार्फत नेपालबाट परीक्षा सञ्चालन गर्ने अनुमति पाएको थियो । फाउन्डेसनले केयरगिभरका लागि कति परीक्षार्थीको आवेदन अनलाइन प्रणालीमार्फत लिएको थियो र कति परीक्षार्थीलाई केयरगिभर परीक्षामा सामेल गराउँदै छ यो विषयमा नेपालको आधिकारिक निकाय वैदेशिक रोजगार विभाग र श्रम मन्त्रालय जानकार छैनन् ।

मन्त्रालयका सहसचिव उमेश ढुंगानाले आउटसोर्सिङ कम्पनीले परीक्षा सञ्चालन गरेका कारण संख्या बारे थाहा नभएको बताए ।

फाउन्डेसनले युनिभर्सल ल्याङ्ग्येज एण्ड कम्प्युटर इन्स्टिच्युटबाट परीक्षा सञ्चालन गरेको बारेमा मन्त्रालयले पछि मात्र जानकारी पाएको थियो ।

जापान सरकारले केयरगिभरको परीक्षा सञ्चालन गर्न जापान फाउण्डेसनलाई सम्पूर्ण जिम्मवारी दिएका कारण हल्लाखल्ला नभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव ढुंगानाले बताए ।

‘अब दुई चरणमा परीक्षा सञ्चालन गर्न बाँकी रहेको विषयमा जानकारी पाएको छौं’ उनले भने,‘ नेपालमा जापानीज भाषा परीक्षा सञ्चालन गर्ने अनुमित पाएको इन्स्टिच्युट मै फाउन्डेसनले परीक्षा केन्द्र तोकेर जाँच लिएको पाइएको छ ।’

आउट सोर्सिङ कम्पनीले परीक्षा लिएका कारण आफूहरुलाई समावेश नगराएको अनुमान उनको थियो ।

‘जापान सरकारले परीक्षा गराउने जिम्मा आउटसोर्सिङ संस्थालाई दिएको कारण नेपालका प्रतिनिधि सहभागि नगराएको होला’ उनले भने, ‘फाउन्डेसनले इन्स्टिच्युटबाट कात्तिक १०, ११ र १२ गते विहान ८ बजेदेखि परीक्षा सञ्चालन गरेको रहेछ । परीक्षा सकिएपछि थाहा पाएको थियौं । पहिलो चरणमा २ सय ३१ जना परिक्षार्थी सामेल भएको जानकारी श्रम मन्त्रालयले पाएको छ ।’

फाउन्डेसनले केयरगिभरका लागि एक सिफटमा ५० जना राखेर परीक्षा गराएको थियो । केयरगिभरको परीक्षामा सामेल भएका परीक्षार्थीको नतिजासमेत १५ मिनेटभित्र फाउन्डेसनले गरेको छ । यो विषयमा समेत श्रम मन्त्रालय बेखर छ ।

फाउन्डेसनले केयरगिभरका परीक्षा दिएका मध्ये कति परीक्षार्थी उत्तीर्ण गरेभने सार्वजानिक गरेको छैन । परीक्षामा सहभागी हुनेले २ हजार ५ सय रुपैयाँ बुझाएका थिए । पहिलो चरण परीक्षामा २ सय ३१ जना परिक्षार्थी सहभागि भएको मन्त्रालयले जानकारी पाएको जनाएको छ ।

नेपालका सम्बन्धित निकायलाई जानकारी नगराई सिधै प्रशिक्षार्थीलाई खबर गरेर परीक्षा लिइएका कारण यस क्षेत्रको नियमन गर्दै आएको वैदेशिक रोजगार विभागपनि यस विषयमा बेखबर रहेको पाइएको छ ।

श्रम सम्झौता भन्दा फरक ढंगले फाउन्डेसनले नेपालमा परीक्षा सञ्चालन गरेको श्रम रोजगारविज्ञको आरोप छ । नेपाल सरकारको सम्बन्धित निकायलाई नै थाहा नदिइ परीक्षा सञ्चालन गर्नु भनेको हेपाहा प्रबृत्ति भएको रोजगार विज्ञ गणेश गुरुङले बताए ।

जापानी भाषा पढ्ने ३ लाखभन्दा धेरै

गत वर्षको भदौं महिनादेखि जापानको रोजगारी खुल्ने हल्ला नेपालमा थियो । जापान सरकारले विदेशी श्रमिक आपूर्ति गर्ने देशभित्र नेपाललाई पनि समावेश गराएपछि रोजगारीमा त्यहाँ जान्न इच्छुक नेपाली युवाले भाषा अध्ययन सूरु गरेका थिए ।

जापानी भाषा पढाउँदै आएका विभिन्न इन्स्टिच्युटले देशभर भाषा अध्ययन गर्ने ३ लाख धेरै विद्यार्थी रहेको जनाएका छन् । देशका मुख्य शहरमा कोरियनसँगै जापानी भाषा पढाउने इन्स्टिच्युट धेरै सञ्चालनमा छन् ।

यी इन्स्टिच्युटमा करिब ३ लाखभन्दा धेरैले रोजगारीका लागि जापान जान आसका भाषाको अध्ययन गरेका छन् । प्रतिव्यक्ति २० देखि ३० हजारसम्म तिरेर जापानी भाषा पढ्ेको छन् ।

अहिले पनि धेरै नेपाली अध्ययन र रोजगारीका लागि जापान जाने गरेका छन् ।

अध्ययनमा गएका धेरै विद्यार्थी अध्ययन सकेर उत्तै रोजगारीमा गर्दै बस्ने गरेका छन् । नेपालबाट अध्ययनका लागि वार्षिक १० हजारभन्दा धेरै विद्यार्थी जापान जाने गरेको सरकारी तंथ्याकमा छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  १० : १८ बजे

‘आगलागी न्यूनिकरणमा सरकार यति असंवेदनशील किन ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा– मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण भएका