भारतबाट सामान ल्याउनेसँग लिएको घुससहित सशस्त्र प्रहरीका हवल्दार र जवान पक्राउ | Khabarhub Khabarhub

भारतबाट सामान ल्याउनेसँग लिएको घुससहित सशस्त्र प्रहरीका हवल्दार र जवान पक्राउ


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सशस्त्र प्रहरीका हवल्दार र जवान २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

भारतबाट मालसामान क्यारिङ गरी ल्याउने व्यक्तिसँग लिएको घुससहित सशस्त्र प्रहरी हवाल्दार ज्ञाबहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतिराम चौधरी पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरस्थित कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई घुससहित पक्राउ गरेको हो ।

दुवै जनालाई घुस रकम लिइसकेको अवस्थामा कैलालीको भजनी नगरपालिका–१ स्थित वेलकम कटेज नजिकबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

घुस रकमसहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ९ : ०२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम