कम्युनिस्टले देश जोगाउलान् र ! | Khabarhub Khabarhub
Logo
२७ मंसिर २०७६, शुक्रबार

कम्युनिस्टले देश जोगाउलान् र !



गरीबीले गर्दा कम्युनिस्ट आदर्श जन्मायो । राजादेखि रैतिसम्म र त–तेरोदेखि मौसुफसम्मका विभेदकारी मान–अपमानको कारण फ्रान्समा राज्यक्रान्ती भै अन्ततः राजा लुई–१४ औंको टाउको छिनालेपछि फ्रान्सका जनताले विभेदकारी राज्य र समाजको अन्त भएको माने । अनि “कमरेड” शब्द छानेर सबैलाई सम्बोधन गरियो । जसको मतलब हुन्थ्यो सवैको आदर–सम्मान बराबर वा साथी । उस जमानामा जापान, बेलायत, फ्रान्स आफै पनि, पोर्चुगल लगायत उपनिबेसका नेता देशहरुलाई “कमरेड” शब्दले छोएन ।

दोश्रो विश्व युद्धको समाप्तिपछि खडा भएको संयुक्त राष्ट्रसंघ र त्यस अन्तरगतका मानव अधिकार लगायत विभिन्न उप संगठनहरुको पहलमा समेत अर्को अभ्यासबाट “कमरेड” विचारलाई लागू गर्न सुरु भयो । मतलब गाँस, बाँस र कपास अनि उपनिवेस शक्तिराष्ट्रका दासताबाट स्वतन्त्रता । दोश्रो विश्वयुद्ध पछि धेरै मुलुक स्वतन्त्र भए तर चरम गरीबी बोकेर । ती गरीबहरुको सोख नै गाँस, बाँस, कपास थियो भने त्यसको व्यवस्थापन कम्युनिस्ट सिद्धान्त र व्यवस्था भएको राज्यबाट संभव छ भन्ने बुझियो ।

भाषणमा अति राम्रो, जमिनमा भने परिवारबाद हुने कमजोरीले गर्दा अहिले संसारले कम्युनिष्टहरुलाई पत्याउन छाडे । अर्को शब्दमा भन्नु पर्दा कम्युनिस्ट राज भनेको हिटलरको जस्तो चरित्र र चिनी जस्ता गुलिया शब्दहरुले ढाकिएको गरीबहरु डुबाउने “ब्लाक होल” जस्तै बन्न गयो ।

धनी र शक्तिशाली देशहरुले “नाटो” समूहलाई र गरीब र कम्युनिस्ट सिद्धान्त बोकेका देशहरुले “वार्सा” समूहलाई कुल देवता मान्न थाले । वास्तवमा मार्कस–लेनिन लगायतले आफ्नो देश र छिमेकीहरुको परिस्थिती हेरेर कम्युनिस्ट सिद्धान्तको बढाई चढाई गरे ।

तिनले नेपाल, भुटान, कम्बोडिया, कुवेत, ब्राजिल, हाइटी, मंगोलिया लगायत घुमेर त्यो सिद्धान्त प्रतिपादन गरेका थिएनन् । रुसमा जन्मेका लेनिलले र चीनमा जन्मेका माओले आफ्नो देशको माटो सुहाउँदो कम्युनिष्ट सिद्धान्त लागू गरेकाले त्यो सफल भयो । जुन जुन देशले अरु देसको लहै लहैमा लागेर गरीबीको अचुक औषधि कम्युनिजम ठानेर किताब र पत्रिकामा लेखेका कुरा पत्याए, अनि त्यसैमा राज्य व्यवसथा चलाए, ती देशहरु अधोगतिमा लागे र लागिरहेका छन् ।

भाषणमा अति राम्रो, जमिनमा भने परिवारबाद हुने कमजोरीले गर्दा अहिले संसारले कम्युनिष्टहरुलाई पत्याउन छाडे । अर्को शब्दमा भन्नु पर्दा कम्युनिस्ट राज भनेको हिटलरको जस्तो चरित्र र चिनी जस्ता गुलिया शब्दहरुले ढाकिएको गरीहरु डुबाउने “ब्लाक होल” जस्तै बन्न गयो । भेनेजुयला, उत्तर कोरीया, नेपाल, क्यूबा लगायतका मुलुकहरुले पुस्तकका पानाबाट भित्रिएका मार्कस, लेनिन, माओको सिद्धान्तले जनता र अन्तत देशलाई नै “ब्लाक होल” भित्र छिराउँदैछन् ।

नेपालको इतिहासमा रहेका बाइसे–चौबिसे राज्यहरु मध्य भक्तपुर, पाटन र कान्तिपुर धनी थिए भन्ने कुरा हाल भैरहेका सम्पदा, संस्कृति, चाड–पर्वले नै प्रमाणित गर्दछ । ति मध्य १६१६ साल असोजमा स्थापित शाह वंशिय लिगलिग कोट राज्यका राजा द्रब्य शाहदेखि राजा ज्ञानेन्द्रको राज्यकाल केलाउँदा विशेषगरी राजा पृथ्वी नारायण शाह देखि राज गृबार्णयुद्धसम्म नेपालले एकिकरणमा ठूलो धनरासी खर्चियो ।

त्यसबीचमा तिब्बत, चीन, बंगालको नवाव र अंग्रेजसंगको पटक पटक युद्धमा नेपालको धनरासी चरम खर्च भयो । देशले आर्थिक विकास गर्ने अवस्था पाएन ।

जब १९०३ सालमा जंगबहादुर राणाले श्री ५ मा निहीत रहेको कार्यकारी शक्ति लिएर १०४ बर्षको लागि राणा प्रधानमन्त्रीहरुका शक्ति स्थापना गरे पछिको अवधी भनेको नेपालको राजनैतिक स्थिरता भएको काल हो । यो पनि “शाह” शासनकाल नै थियो । तर राजनैतिक इतिहासकारहरुले राणा शासनकाल लेखे । शक्ति विहीन राजाको नाममा राणाहरुले राज गरेका मात्र हुुन् ।

राणाकालमा नागरिकलाई भन्दा वंश र आसे–पासेलाई अथाह सम्पत्ति खर्च गरेकाले देस गरीब बन्यो र गरीब रहेकै छ । यही गरीवीले गर्दा हालसम्म पनि नेपालमा चिनि जस्ता गुलिया शब्दजालले भरिएको “ब्लाक होल” मा नेपालीले भोट हालिरहेका छन् ।

२००७ देखि १७ सालको राज पनि भारत मै जन्मेको अखिल भारतीय गोर्खा कांग्रेस (पछि नेपाली कंग्रेस) ले ग¥यो । विदेसमा जन्मेको नीति र निष्ठाले गर्दा यसले पनि देशको सम्पत्ती लुट्ने र देसको श्रोत विदेशीलाई बेच्ने काम समेत ग¥यो । अन्ततः कसैलाई श्राप दिँदा समेत “तेरो घरमा कांग्रेस पसोस्” भन्ने स्थिती बनायो ।

हाल कांग्रेस प्रचण्ड पथमा हिँडेको छ । अनि नेकपाको भातृसंगठन बनि संरक्षण पाएको छ । त्यसपछी १७ देखि ४६ सालसम्म श्री ५ को सरकारको नाममा पञ्चायत जन्मियो । यो व्यवस्थामा भ्रष्टचार शून्य पक्कै थिएन । तर पनि बाटो, घाटो, पुल, कल कारखाना, कृषी, उद्योग, शिक्षा, कला, संस्कृती, सासन पद्दतीमा जग बसाल्यो ।

विशेष गरी राजा महेन्द्रको शासनकाल बढो संघर्षमय रहयो । उनले आन्तरिक विकास र बाह्य कुटनीतिमा बढोत्तरीको लागि धेरै संघर्ष गरे । उनलाई कांग्रेसले ल्याएको प्रजातन्त्र खाए भनेर बात लगाइन्छ । तर, छिमेकीको सेना देश भित्र भित्र्याएर देश नै खान लागेको बारेमा कोही बोल्दैनन् । राजा बिरेन्द्रको पालामा भ्रष्टचार बढ्दै गएको सुनियो । अलि लुला मनस्थीती भएका राजाले राजा महेन्द्रको जस्तो आँट देखाउन सकेनन् ।

नयाँ शिक्षा ल्याएर वीरेन्द्रले देशलाई ठूलो घाटामा पारे । अहिलेको उश्रृंखल संस्कार, संस्कृती, चोरी प्रमाणपत्र, वेरोजगारी जनशक्ति बढाउने शिक्षाले नेपाललाई गरीब नै बनायो । हो उनको पालामा धेरै राम्रा काम पनि भए । यही गरीबीले गर्दा नै नेपालका कम्युनिस्ट ठालू बन्न पाए ।

बास्तवमा २००७ साल पछिका र २०५२ साल तीर दुई चरणमा जन्मेका नेपालका धुरन्धर कम्युनिस्टहरु नेपाली कांग्रेसको पखेटा काट्न र छिमेकीको हस्तक्षेपलाई रोक–छेक गर्नको लागि श्री ५ हरुकै दान दातब्यमा मल जल भएका थिए । ति भित्र पनि विभिन्न नाम रहेका गुटहरु रहे ।

लेनिन, माओ, मार्क्स, प्रचण्डपथ, वैज्ञानिक जनबाद अनि जनताको बहुदलीय जनबाद (जवज) आदी रुप जनतालाई सुनाइएको छ । नेपाली गरीब नै रहनु, बैदेशिक ऋण बढ्दै जानू र परम्परा देखिका बाठा–टाठा जातले मात्र कम्युनिष्ट तन्त्रको जप–तप गरेको स्थितिमा नेपालमा कम्युनिष्ट भन्नेहरुले ठूलै खेती लगाए । बास्तवमा शाह वंशिय एकल जातीय तन्त्र भने झै अहिलेको कम्युनिष्ट तन्त्र पनि एकल जातीय तन्त्र नै भएको छ । अर्को शब्दमा भन्नुपर्दा बाठा–टाठाले सोझा–सीधामाथि गर्ने शासन व्यवस्था । अहिले आएर नेपाल कम्युनिष्ट पार्टी (एमाले र माओवादी प्रचण्ड) समूहले राज गरेको मूल आधार र मार्ग दर्शनलाई जवज भनिएको छ ।

जवजका जन्मदाता मदन भण्डारी एक चरित्रवान नेपाली हुन् । उनको बारेमा धेरै पढियो – सुनियो । नेपालमै जन्मिएको जबजबाट गाँस, बाँस, कपासको व्यवस्थापनमा न्याय पाइन्छ भन्ने ९० प्रतिशत भन्दाबढी नेपालीको आस थियो र त्यो सिद्धान्त बोकेको राजनैतिक दलले दुई तिहाई भोट पायो । नेपाली जनताले जबजलाई सत्तासीन बनाए ।

जबजको नाममा कूत उठाउने वर्तमान नेकपा सरकारले मदन भण्डारीको मृत्यु बारे देशलाई तुरुन्त प्रष्ट पारोस् । के त्यो दुर्घटना थियो वा हत्या ?

बास्तवमा स्वर्गिय मदन भण्डारी र उनको जबजको नाममा जुन ‘राजतन्त्र’ चलेको छ, त्यसले दिवंगत मदन भण्डारीको पनि बद्नाम भएको छ । जबजलाई कूतमा लगाएर नेपाली जनतालाई मोही बनाइ ७ औं पुस्तासम्म पनि नेपालीलाई विदेशी ऋण दलदलमा जाकिएको छ । मानिसकै हलाहल गर्ने कम्युनिष्ट नामका धनमाराहरुलाई पनि जबजले पुरेत बनाएको छ । होली वाइन, डन, गुन्डा, आवरा, कालो धनले जबजलाई मल जल गरेको छ ।

न्यायलय, राजदुत, उपकुलपती, कुलपति, सांसद, मंत्री, व्यापार, अंख्तियार, खरीदार, सुब्बा, सचिबका नियुक्ती र प्रधानमंत्री रोजगार, युवा स्वरोजगार कार्यक्रम पनि जबजको नाममा लुट मच्चाइएको छ । जबजका मठाधीसहरु अर्बलाई धन नै नमानी खर्बौ कमाउन तछाड मंछाड गर्दै छन् । त्यति मात्र होइन नेपाली जनताले जबजका जन्मदाताको अर्धाङ्गीनीलाई सम्मानीय, छोरीहरुलाई पराक्रमी तक्मा, भतीजीहरुलाई योजना आयोगको सदस्य लगायतका कूत, बुझाएका छन् । अब नेपाल बेचेरै भए पनि कूत बुझाउन पर्ने बाध्यता नजिक आएको छ ।

अन्तमा, जबजको नाममा कूत उठाउने वर्तमान नेकपा सरकारले मदन भण्डारीको मृत्यु बारे देशलाई तुरुन्त प्रष्ट पारोस् । के त्यो दुर्घटना थियो वा हत्या ? नेपाली जनताले हत्या नै हो भन्ने बुझेको छ । त्यसैले हो, उनको अर्धाङ्गीनीलाई जनताले मदनकै “स्याम्प्याथी भोट” दिएर उतिवेर चुनाव जिताएको र अहिले सम्मानीय बनाएको भएको पनि । यसको छिनोफानो नगरी, हत्यारा पत्ता नलगाई मदनको नामबाट ५० औं विद्यालय, कलेज, अस्पताल, बाटो–घाटा नामाकरण गरी हामी मोहीको धन खर्चनु भनेको मदनको सरासर अपमान हो ।

अर्को कुरो जबजको नामले देसलाई आजको अराजक स्थितीमा पु¥याइन्छ भने नेकपा बाहेकले जबजलाई “कालो सिद्धान्त” भन्न किन नहुने ? तसर्थ, जबजलाई कूतमा लगाएर “जबज राजतन्त्र” बनाई, हामी मोहीलाई अत्याचार गरेर मदन भण्डारीको बेइज्जती गर्ने एकल जातीय सासन व्यवस्था रहनु नेपालीहरुको दुर्भाग्य हुनेछ ।

यही देशमा मनमोहन अधिकारी जस्ता कम्युनिष्टले नेतृत्व गरेको सरकारले जनतामा बफादारी छाप छोडेर्के हो । अनि भ्रष्टचार विरोधी मनमोहनले श्री ५ को सरकारको पालाका प्रधान सेनापतिलाई समेत भ्रष्टचारको अभियोग लगाई अनिवार्य राजीनामा गराए भने धेरै सैनिक कर्मचारी जेल चलान भए ।

अर्ब खर्बपति भैसकेका र भैरहेका आजको कम्युनिष्टहरुले यो देश नै बाँकी राख्लान न राख्लान् ? जनतामा त्रास बढेको छ । जबजलाई भन्दा पनि बर्तमान संविधानलाई संशोधन गरेर यो देशको सार्वभौमिकता जोगाउन ढिलो नगरौं ।


भर्खर