‍घरेलु टोलीलाई नै बन्न सक्छ दशरथ रंगशाला बिरानो ! | Khabarhub Khabarhub

‍घरेलु टोलीलाई नै बन्न सक्छ दशरथ रंगशाला बिरानो !



काठमाडौं – दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको तीन पटकको विजेता नेपाली राष्ट्रिय फुटबल टोली अहिले घरमै आयोजना हुने १३ औं सागको अभ्यासमा व्यस्त छ ।

टोली अभ्यास मैदानको अभावका वावजुद सातदोबाटोस्थित एन्फामा अभ्यासमा जुटेको छ । असार १६ गते सबै खेलको बन्द प्रशिक्षण शुरु गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले घोषणा गरेपछि गएको बिहीबारदेखि नेपाली यु–२३ टोलीको अभ्यास शुरु गरेको हो ।

बिहीबारबाट अभ्यास शुरु भएपनि मैदान अभावका कारण यु–२३ टोली र नेपाली राष्ट्रिय महिला फुटबल टोलीले मैदानको आधा–आधा भागमा अभ्यास शुरु गरेका छन् । आइतबार (आज) बाट एन्फा मैदानमा हुने खेलहरुको तालिका मिलाएर टिमहरुको खेलको तयारीका लागि समय व्यस्थापन गर्ने एन्फाले जानकारी दिएको छ ।

सागका लागि मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले ४५ जना खेलाडीलाई अभ्यासका लागि बोलाएका छन् । जसमा सिनियर टोलीका ५जना खेलाडीसमेत रहेका छन् । सागमा हरेक टोलीले ३ जना सिनियर टोलीका खेलाडी खेलाउन पाउने प्रावधान छ ।

यद्यपी बिहीबार र शुक्रबार यु–२३ टोलीका झण्डै १५ जना खेलाडी अभ्यासका लागि मैदानमा थिए । त्यस्तै, १५ जना जति खेलाडी सिनियर राष्ट्रिय टोलीमा छन् । उनीहरु अहिले फिफा विश्वकप २०२२ तथा एसियन कप क्वालिफायरको अभ्यासमा रहेको मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले बताए ।

साविक विजेता टोली नेपाल यो संस्करणमा घरलु मैदानमा दर्शकका माझ उपाधि उचाल्ने लक्ष्यमा रहेको प्रशिक्षक महर्जन बताउँछन् । ‘हामीले अभ्यास शुरु गरेका छौं । अहिले सबै खेलाडी अभ्यासमा सहभागी पनि भैसकेका छैनन् । १६ गतेदेखि आधिकारिक रुपमा अभ्यास शुरु गर्यौ‍,’ प्रशिक्षक महर्जनले भने,‘हामीले अभ्यास शुरु गर्दा लक्ष्य त उपाधि उचाल्ने नै हो ।’

१२ औं संस्करणमा विजेता टोली नेपाल सामू घरेलु मैदानमा हजारौं दर्शकमाझ उपाधि उचाल्ने अवसर समेत रहेको प्रशिक्षक महर्जन बताउँछन् ।

उपाधि हात पार्न अब बाँकी रहेको ४ महिनामा टोलीले कसरी अभ्यास गर्न र त्यसमा आफ्नो टिमको सुधार गर्नु पर्ने पक्ष र राम्रो पक्षलाई कसरी बलियो बनाउने भन्नेमा जोड दिने प्रशिक्षक महर्जनको भनाइ छ ।

‘हामीले अब प्रतियोगिताका लागि बाँकी रहेको समयमा कसरी अभ्यास गछौं भन्नेमा भर पर्छ । हाम्रा विपक्षी टिमहरुले कसरी अभ्यास गर्छन । उनीहरुभन्दा कसरी बलियो बन्ने लगायत कुरामा ध्यान पुर्याउन सके हाम्रो ‘फेवर’ मा नतिजा आउन सक्छ,’ हामीसँग ‘एड्भान्टेज’ का रुपमा हेर्दा घरेलु मैदान हो । त्यसको कसरी फाइदा लिनसक्छौं भन्नेले पनि हाम्रो नतिजामा भर पर्छ ।’

त्यतिमात्रै होइन अन्तर्राष्ट्रिय प्रतियोगिता अगाडि मैत्रिपूर्ण खेलको समेत जरुरत पर्दछ । तर, एन्फाले अहिले नै नेपाली युवा टोलीले कहाँ कसरी र कहिले मैत्रिपूर्ण खेल खेल्छ भन्ने निश्चित भइसकेको छैन ।

प्रशिक्षक महर्जन पनि साग अगाडि नेपाल भन्दा बलियो टोलीसँग मैत्रिपूर्ण खेल खेल्न पाए कमजोरी केलाएर अगाडि बढ्न सहज हुने बताउँछन् ।

२०१० मा ८ टोलीले सहभागीता जनाए पनि २०१६ मा पाकिस्तान र अफगानिस्तान फुटबल टोलीले सहभागीत जनाएका थिएनन् । तर, यो संस्करणमा पाकिस्तान र अफगानिस्तानले सहभागी भए ८ टोली हुनेछन् भने उनीहरु सहभागी नहुँदा सागमा नेपालसहित भारत, बंगलादेश, माल्दिभ्स, श्रीलंका र भुटान हुनेछन् ।

सागमा अहिलेसम्म पाकिस्तानले ४ पटक उपाधि उचाल्दा नेपाल र भारले समान ३–३ पटक उपाधि उचाल्दा २ पटक बंगलादेशले साग फुटबलको उपाधि हात पारेको छ ।

काठमाडौं र पोखरामा मंसिर १५–२५ सम्म आयोजना हुने सागमा नेपाल चौथो पटक उपाधि हात पार्दै किर्तिमान पाकिस्तानसँग बराबरी गर्ने योजनामा छ ।

नेपालले पहिलो संस्करण सन् १९८४, छैठौं संस्करणको १९९३ र बाह्रौं संस्करणको २०१६ मा उपाधि उचालेको थियो ।

नेचुरल मैदानमा अभ्यास गर्न नसक्दा पछिल्लो समय नेपालले हार। व्यहोरि रहनु परेको प्रशिक्षक महर्जनको भनाइ छ । समयमा दशरथ रंगशाला बनेको खण्डमा नेपाली खेलाडीले ‘होम’ ग्राउण्डको एड्भान्टेज लिन सक्नेछन् । तर, अहिलेकै अवस्थामा भन्ने हो भने दशरथ रंगशालमा खेलाडीले खेल अगाडि अभ्यास गर्न पाउनेमा शंका गर्ने ठाउँ प्रसस्तैछ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवले दशरथ रंगशाला कार्तिक १५ मा चिनियाँ कम्पनीले सरकारलाई हस्तान्रण गर्ने बताउँदै आएका छन् भने मुख्य प्रशिक्षक महर्जन भने १ महिना भित्रमा रंगशालामा अभ्यास गर्ने वातावरण मिलाउने राखेपले जानकार दिएको बताउँछन् ।

यदि रंगशालामा नेपाली खेलाडीले प्रतियोगिता अगाडि अभ्यास गर्न नपाएको खण्डमा घरेलु टोलीका लागि पनि दशरथ रंगशाला विरानो बन्न सक्छ । जुन प्रदर्शन घरेलु टोलीले गर्नु पर्ने हो त्यो नहुन पनि सक्छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ४ : ०६ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु