‘छ माया छपक्कै’ लाई रिलिज डेट तोक्नै हम्मे ! | Khabarhub Khabarhub

‘छ माया छपक्कै’ लाई रिलिज डेट तोक्नै हम्मे !


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको प्रतीक्षित फिल्म ‘छ माया छपक्कै’ दशैँमा रिलिज हुने घोषणा त निर्माण टिमले फ्लोरमा जानुअघि नै गरेको थियो । दशैँ भने पनि फिल्म कुन मितिमा रिलिज हुने भनेर मिति तोकिएको थिएन । केही दिनअघि फिल्म असोज १० गते प्रदर्शनमा आउने भनेर चर्चा चल्यो ।

यतिबेला भने यो फिल्म भदौ २७ मै रिलिज हुने चर्चा छ । यो भनेको विजयादशमीको दिनभन्दा झण्डै १ महिनाअघि हो । चलचित्र भदौ २७ गते रिलिज हुने चर्चा चलिरहँदा यता फिल्म निर्माता रोहित अधिकारीले भने फिल्मका चारवटा मितिमध्ये एक मितिमा फिल्म रिलिज हुने जनाएका छन् ।

‘भदौ २७, असोज ३, असोज १० र असोज १७ मध्ये एक,’ निर्माता अधिकारीले फेसबूकमा उल्लेख गरेका छन् ।

दशैँको अवसर पारेर पहिले दुई चलचित्र ‘रातो टीका निधारमा’ र ‘छ माया छपक्कै’ रिलिज हुने चर्चा थियो । अब ‘कबड्डी ३’ असोज ३ मा रिलिज हुने भएको छ । यस्तै बलिउडका दुई प्रतीक्षित चलचित्र ‘वार’ र प्रभासको ‘साहो’ पनि रिलिज हुँदैछन् । जसकारण दशैँमै रिलिज हुने भनेर पहिले नै घोषणा गरिएको फिल्म पनि कहिले रिलिज हुने गर्ने भनेर निर्माण टिमले मिति तय गर्न सकेको छैन ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ११ : ५५ बजे

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको