नव-दुलहीले पतिको परिवारलाई कसरी खुशी राख्ने ? प्रिय बुहारी बन्ने १० टिप्स | Khabarhub Khabarhub

नव-दुलहीले पतिको परिवारलाई कसरी खुशी राख्ने ? प्रिय बुहारी बन्ने १० टिप्स


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै पनि नारी जब विवाह गरेर अर्को घरमा भित्रिन्छिन्, उनको हरेक कुरामाथि सबैको चासो हुन्छ । शिल स्वभावका साथै उनले सिकेको संस्कार, व्यवहार सबै कुरा नियाल्ने गरिन्छ । यस्तो अवस्थामा हरेक नारीलाई लाग्न सक्छ के म असल बुहारी बन्न सक्छु ? परिवारका सबै सदस्यलाई खुशी राख्न सक्छु ? यस प्रकारको प्रश्न उठ्नु स्वभाविक पनि हो ।

परिवारका सदस्य, त्यहाँको वस्तुस्थिती, परिवारको रहनसहन, बानी व्यवहार, चालचलन भिन्न हुनसक्छ । अर्थात आफु हुर्किएको पारिवारिक वातावरणसँग मेल नखान सक्छ । यस्तो अवस्थामा हरेक नव-दुलहीले आफुलाई फरक परिवेश, फरक रहनसहन, फरक व्यक्तिहरुमाझ समायोजन गर्नुपर्ने हुन्छ ।

परिवारको रहनसहन बुझेर आफुलाई त्यही अनुरुप प्रस्तुत गर्नुपर्ने हुन्छ । कतिपय बुहारी यस्ता पनि हुन्छन्, जसले परिवारले मान्दै आएको संस्कार अंगाल्न चाहँदैनन् । यसले परिवारमा कलह हुन्छ । तर, कति बुहारी यस्ता हुन्छन्, जसले परिवारलाई थप सुमधुर र बलियो बनाउने भूमिका निर्वाह गर्छन् ।

नव दुलही बनेर जुन घरमा भित्रिएको हो, सुरुवाती दिनहरुमा त्यो घर बिरानो लाग्नसक्छ । त्यहाँको चालचलनमा अभ्यस्त हुन गाह्रो हुनसक्छ । यद्यपी, त्यो घरको साँचो त्यही बुहारीकै हातमा आउने हो र उनैले सम्हाल्ने हो । परिवारलाई कसरी स्वस्थ्य र खुसी राख्ने भन्ने कुरा उनैमा भर पर्छ । यहि मानसिकता बनाएर घर परिवारलाई सकेसम्म राम्रो बनाउने प्रयास गर्नुपर्छ ।

कसरी जित्ने परिवारको मन ? आउनुहोस् जानी राखौँ

१. सबैभन्दा पहिला सासु र ससुरालाई आफ्नै आमाबुवा सम्झनुपर्छ । आमाबुवालाई जस्तै व्यवहार गर्नुपर्छ । देवर, नन्दलाई भाइ-बहिनीको जस्तै प्रेम गर्ने, मार्गदर्शन दिने गर्नु पर्छ । अरु सबैप्रति प्रेमपूर्वक समान व्यवहार गर्नुपर्छ ।

२. परिवारका सदस्यले के मन पराउँछ, के मन पराउँदैनन् ? ध्यान राख्नुपर्छ । उनीहरुलाई गुनासो गर्ने मौका दिनुहुन्न ।

३. तपाईंको पतिसँग घरको सबै जिम्मेवारी हुन्छ । यदि तपाईंको लागि समय निकाल्न सकेनन् भने रिसाउने वा गलत सोच्ने नगरौँ । आखिर पतिले आफ्नो सम्पूर्ण जीवन तपाईसँग बिताउने हो । पतिको समस्या, भावना, जिम्मेवारीलाई बुझ्नु पर्छ ।

४. यदि तपाई पतिसँग बाहिर घुम्न जानुभएको छ भने घरका सदस्यहरुका निम्ति केही न केही कोसेली ल्याइदिनुहोस्, यसले परिवारप्रति तपाईंको समर्पण कति छ भन्ने कुरा देखाउँछ ।

५. एउटै छानोमुनी बसेपछि कहिलेकाहीँ ठाकठुक पर्छ, मनमुटाव हुन्छ । परिवारका सदस्यहरु आपसमा रिसाउन, झगडा गर्न सक्छन् । तर, यस्तो कुरा अर्कोलाई सुनाउने नगरौँ । एउटाको कुरा अर्कोलाई सुनाउने प्रवृत्ति पनि राम्रो होइन । यसले तपाईप्रतिको विश्वास कमजोर हुन्छ ।

६. घरको चालचलन कस्तो छ, संस्कार के छ भन्ने कुरा जान्नैपर्छ । अतः परिवारको संस्कारलाई कुशलतापूर्वक सम्पन्न गर्न आफ्नो भूमिका के हुनसक्छ ? खोज्नुहोस् ।

७. यदि तपाईं खाना बनाउन सिपालु हुनुहुन्छ भने, यही माध्यमबाट परिवारको मन जित्न सक्नुहुन्छ । उनीहरुलाई मन पर्ने खाना तयार गर्नुहोस् । त्यस्तै घरको सरसफाइ, सजावटमा पनि तपाई‌ंको कला देखाउनुहोस् ।

८. पहिरन सजिलो र छरितो लगाउनुपर्छ । यद्यपि बुहारी भएपछि पुरानो ढर्राको हुनुपर्छ भन्ने छैन । तपाईं पनि आफुलाई फेसेनेबल देखाउन सक्नुहुनेछ । यद्यपि त्यो भड्किलो र नसुहाउँने हुनुहुँदैन । यस्तो पहिरन लगाउनुहोस्, जसले तपाईंलाई शालिन, सुशील देखियोस् ।

९. घरलाई सुखी र खुसी राख्ने प्रयास गर्नुहोस् । आफ्नो कर्तव्य पूरा गर्नुहोस् । सही समयमा खाना पकाउने, ख्वाउने गर्नुहोस् ।

१०. सकारात्मक माहौल बनाउनुहोस् । सधैँ खुसी एवं प्रशन्न रहने प्रयास गर्नुहोस् । विनम्रतापूर्वक प्रस्तुत हुनुहोस् ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ६ : ०२ बजे

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने 

काठमाडौं– निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको

ओलीसँग नेपाल आक्रोशित, सत्ताको घमण्ड बढ्दै गए सिद्धिने चेतावनी

काठमाडौं – सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्ययक्ष माधवकुमार

भयावह बन्दै आगलागी : ५० जिल्लाका वन प्रभावित

गण्डकी– वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन

लक्ष्मी बर्देवा : ‘ब्याकग्राउन्ड डान्सर’देखि अभिनय र निर्देशनसम्मको यात्रा !

काठमाडौं– लक्ष्मी बर्देवा केवल नायिका मात्रै होइनन् । धेरैले नजरअन्दाज

काठमाडौं र अपराध अनुसन्धानका प्रमुख आठ महिनामै फेरिए

गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका