रातो पोशाकमा झनै ‘हट’ देखिइन् नीति शाह, फ्यानले भने- सुन्दरताको सीमा छैन | Khabarhub Khabarhub

रातो पोशाकमा झनै ‘हट’ देखिइन् नीति शाह, फ्यानले भने- सुन्दरताको सीमा छैन


१९ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – सन् २०१७ मा मिस नेपालमा भाग लिनुअघि नै नीति शाहको चर्चा चारैतिर थियो । पछि त झन् उनको चर्चा खुबै हुन थाल्यो । मिस इन्टरनेशनल २०१७ नीतिको चर्चा भइरहन्छ ।

सामाजिक सञ्जालमा पनि नीतिको खुबै चर्चा हुने गर्छ । उनलाई फिल्ममा अफर पनि आइरहन्छन् तर उनले कुनै फिल्ममा पनि काम गर्ने मनशाय बनाएकी छैनिन् अहिलेलाई ।

सानैदेखि मोडलिङ र मिडियामा छाउन चाहने नीति पत्रकारिताकी विद्यार्थी हुन् । उनले ११ कक्षामा हुँदादेखि नै मोडलिङ शुरु गरेकी थिइन् । यद्यपि उनले आफ्नो फिल्मी करिअर भने अझै थालेकी छैनिन् । राम्रो फिल्ममा अफर आए फिल्म खेल्न तयार भएको बताउने नीति पछिल्लो समय कम्पनीका ब्राण्ड प्रमोसनमा भने सक्रिय देखिन्छिन् ।

आफ्नो लूकका कारण सधै चर्चामा रहिरहने नीतिलाई सामाजिक सञ्जालमा फ्यानले खुबै पछ्याउँछन् । हालै नीतिले सामाजिक सञ्जाल इन्स्टाग्राममा केही तस्वीर शेयर गरेकी छिन् । ती तस्वीरमा उनलाई निकै सुन्दर देखिएको छ ।

रातो पोशाकमा सजिएकी नीतिका तस्वीरमा फ्यानले खुबै माया दर्शाएका छन् । एक फ्यानले लेखेका छन्, ‘तपाईंको सुन्दरताको कुनै सीमा छैन ।’

फ्यानले उनको सुन्दरताको खुबै तारिफ गरेका छन् । कतिले भने उनलाई छिट्टै नै फिल्ममा पनि देख्न चाहेको बताएका छन् ।

प्रकाशित मिति : १९ असार २०७६, बिहीबार  ३ : ४५ बजे

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित