प्रत्येक महिना ५ सयभन्दा बढी नेपाली तस्करको पञ्जामा | Khabarhub Khabarhub

प्रत्येक महिना ५ सयभन्दा बढी नेपाली तस्करको पञ्जामा


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रोजगारीका नाममा नेपालबाट मानव तस्कर हुने क्रम दिनप्रतिदिन बढ्दो छ । आर्थिक प्रलोभव देखाएर तस्करहरुले नेपालीहरुलाई विभिन्न देश पुर्‍याउने गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । अमेरिका, क्यानडा र यूरोपलगायतका विकसित देशमा रोजगारीको व्यवस्थासहित लैजाने भन्दै दलालले मासिक ५ सयभन्दा धेरै युवायुवतीको तस्करी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

पछिल्लो समय नेपालमा आफना एजेन्ट राखी विदेशमा बसेर आर्थिक ठगी र मानव बेचविखन गर्ने तस्करको सञ्जाल निक्कै बढेको पाइएको प्रहरीले दाबी गरेको छ । मानव तस्करीमा संलग्न भएको आशंकामा प्रहरीले केही तस्करलाई पक्राउ पनि गरेको छ ।

अहिले विदेशमा बसेर नेपालबाट ठगी गर्ने तथा मानव बेचबिखनमा सक्रिय व्यक्तिहरुको खोजीमा प्रहरीले सक्रियता बढाएको छ। प्रहरीले रोजगारी र अन्य बहानामा मानव बेचविखनमा संग्लन तस्करीलाई इन्टरपोल प्रहरीको सहयोगमा पक्राउ गरिरहेको दावी गदै आएको छ । तर, अनुसन्धानका विभिन्न योजना अघि सारेको प्रहरी वास्तविक दोषी सम्म पुग्न नसकेको आरोप पनि लाग्ने गरेको छ ।

झापाका सुरज थापा (नाम र पहिचान प्रष्ट नभएको) हाइटीमा बसेर सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारीमा विकशित देश पठाइदिने भन्दै ठगी गदै आएको उजुरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)मा परेको छ । उनी अहिले सिआईबीको खोजी सूचीमा छन् । सिआईबी स्रोतका अनुसार उनी कम्बोडिया र हाइटीमा बसेर नेपालमा एजेन्ट राखेर ठगी गदै आएका । थापाले २ सय जनाभन्दा धेरैलाई ठगेको हुनसक्ने प्रहरीको अनुमान पनि छ । प्रहरीका अनुसार थापाले २ सय जनाबाट ३ करोड भन्दा बढी ठगेको आशंका छ । पछिल्लो समय थापाका नाममा प्रहरीमा उजुरी परेको छ ।

पछिल्लो समय शिक्षित वर्ग नै ठगीको शिकार पर्ने गरेका छन् । स्वदेशमा काम गर्न नचाहाने र जस्तो सुकै मूल्य चुकाएर भएपनि विकसित देशमा काम गर्न जाने सोचका कारण धेरै युवा ठगिएका छन्

थाइल्याडमा बसेर पर्शुराम गुरुङले ५३ जना युवालाई राम्रो देशका रोजगारीका लागि पठाइदिने भन्दै आर्थिक ठगी गरेको आरोपसहित प्रहरीमा उजुरी परेको । गुरुङले क्यानडा, नर्वे, अमेरिकाजस्ता देशमा राम्रो रोजगारीमा लगाइदिने भन्दै धेरै युवालाई थाइल्याड पुराएर अलपत्र पारेको पीडितले उजुरीमा उल्लेख गरेका छन् । यसरी गुरुङबाट ठगिएर थाइल्याडबाट फर्किएका युवाले प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनको राहदानी जफत गरी गत बैशाखमा पक्राउ गरेको थियो ।

प्रहरीले गुरुङलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनले अरु धेरै जनालाई पनि रोजगारीमा पठाइदिने भन्दै ठगेको पाइएको थियो । गुरुङले  धेरैजनाबाट ठूलो रकम ठगी गरेकाे हुनसक्ने प्रहरीको भनाइ छ । उनीहरुजस्ता दर्जनभन्दा धेरै विदेशमा बसेर नेपालमा एजेन्ट राखी ठगीको धन्दा गदै आएको सिआईबीले जानकारी दिएको छ ।

यस्तै, प्रहरीको महानगरीय अपराध महाशाखामा पनि विदेशमा बसेर नेपालमा रोजगारी र अन्य बहानामा ठगी गर्ने दर्जनभन्दा धेरै तस्करको नाममा उजुरी परेको छ । महाशाखामा निलम पौडेलले विदेशमा हुने विभिन्न कार्यक्रममा र रोजगारीमा पठाइदिने भन्दै ३० जनासँग ८५ लाख ठगी गरेको उजुरी ६ महिनाअघि नै परेको थियो । पौडेल हाइटीमा बसेर नेपालमा ठगीको धन्दा चलाउदै आएको प्रहरीको भनाइ छ ।

यसैगरि गोर्कण बुढा र विश्व बुढाले विदेशमा बसेर वैदेशिक रोजगारीमा युरोपको देश पठाइदिने भन्दै ४० जनाभन्दा धेरै युवासँग २ करोड ४६ लाख ठगी गरेको उजुरी महाशाखामा परेको छ । उनीहरु कुन देशमा बसेर ठगी गरिहेका छन् भनेर खुल्न नसकेको र दुवै जनाको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

महाशाखाका अनुसार रुपकर्ण केरुङ वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ८० जनासँग २ करोडभन्दा बढी ठगी गरेर फरार भएका छन् । उनको पनि खोजी भइरहेको महाशाखाले जनाएको छ । यसैगरि कमल न्यौपानेले क्यानडा पठाइदिने भन्दै ५० जनाभन्दा धेरै युवासँग ३ करोडभन्दा बढी ठगी गरेको उजुरी महाशाखामा परेको छ । सन्त्तोषबाबु लोहनीले २० जना युवालाई युरोप पठाइदिने भन्दै ८० लाख ठगी गरेको उजुरी प्रहरीमा परेको छ । यस्तै, टिकाराम मोटे ठकुरीले क्यानडा पठाइदिने भन्दै २० जना युवासँग ८० लाखभन्दा धेरै ठगी गरी फरार भएको महाशाखाले जानकारी दिएको छ ।

प्रहरीमा आएको उजुरीका आधारमा ८० प्रतिशत पुरुष ठगीमा परेका छन् भने २० प्रतिशत महिला ठगिएका छन् । विगत ३ वर्षमा प्रहरीमा रोजगारीका नाममा मानव बेचबिखनमा परेका भन्दै २ हजारभन्दा धेरै उजुरी दता भएको ब्यूरो प्रहरीले जानकारी दिएको छ

मानव बेचविखनका मुद्दाभन्दा पछिल्लो समय वैदेशिक रोजगारीको बहानामा धेरै ठगी र मानव बेचविखन हुनेगरेको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोका डिएसपी राजकुमार सिलवालले बताए । ‘मानव बेचविखनभन्दा ठूलो समस्या वैदेशिक रोजगारीमा प्रलोभन देखाएर मानव तस्करी भइरहेको छ । मानव बेचबिखनका मुद्दासँग वैदेशिक रोजगारीसँग जोडिएको छ,’ उनले भने, ‘विदेशमा बसेर नेपालमा रोजगारीका नाममा मानव तस्करी गरिरहेका छन् । यस्तो सञ्जाल नेपालमा भन्दा विदेशबाट बढी सक्रिय भएर काम गदै आएको छ । यस्ता समुहको खोजी र पहिचानमा समस्या भइरहेको छ।’

सामाजिक सञ्जालको प्रयोगमार्फत रोजगारीका प्रलोभन देखाएर ठग्ने क्रम बढेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी शहकुल थापाले बताए । उनले भने, ‘रोजगारीका नाममा ठगी गर्ने नियत भएका व्यक्तिले लक्षित वर्गलाई नेपालमा एजेन्ट राखेर सामाजिक सञ्जालमा नक्कली माग देखाएर ठग्ने गरेका छन् । यसरी ठग्ने व्यक्तिका बारेमा पीडितलाई नै राम्रो जानकारी हुँदैन । जसका कारण प्रहरीलाई दोषीसम्म पुग्न र कानूनी दायरामा ल्याएर कारवाही गर्न पनि समस्या भइरहेको छ ।’

प्रहरीका अनुसार पछिल्लो समय शिक्षित वर्ग नै ठगीको शिकार पर्ने गरेका छन् । स्वदेशमा काम गर्न नचाहाने र जस्तो सुकै मूल्य चुकाएर भए पनि विकसित देशमा काम गर्न जाने सोचका कारण धेरै युवा ठगिएका छन् । यस्तो ठगीमा पर्ने महिलाको तुलनामा पुरुषको संख्या धेरै छ ।

प्रहरीमा आएको उजुरीका आधारमा ८० प्रतिशत पुरुष ठगीमा परेका छन् भने २० प्रतिशत महिला ठगिएका छन् । विगत ३ वर्षमा प्रहरीमा रोजगारीका नाममा मानव बेचबिखनमा परेका भन्दै २ हजारभन्दा धेरै उजुरी दता भएको सिआईबी जानकारी दिएको छ । नेपालबाट मासिक ५ सयभन्दा धेरै रोजगारीको नाममा मानव तस्करी भइरहेको सिआईबीले जनाएको छ ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  १ : ५२ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा