एनसेलको पूँजीगत लाभकर विवाद सर्वोच्चको बृहत् पूर्ण इजलाशमा | Khabarhub Khabarhub

एनसेलको पूँजीगत लाभकर विवाद सर्वोच्चको बृहत् पूर्ण इजलाशमा


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेलको लाभकर विवादसम्बन्धी मुद्दाको आज सुनुवाइ हुँदैछ । सर्वोच्चका ५ जना न्यायाधीशहरुको वृहत पूर्ण इजलाशमा पुँजीगत लाभकर विवादसम्बन्धी मुद्दाको सुनुवाइ हुन लागेको हो ।

न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुरमा शर्माको बृहत पूर्ण इजलाशमा मुद्दाको सुनुवाइ हुन लागेको हो । यसअघि सर्वोच्चले माघ २३ गते ३ महिनाभित्र एनसेलबाट पुजीगत लाभकर उठाउन सरकारका नाममा आदेश जारी गरेको थियो ।

सर्वोच्चको आदशेपछि ठुला करदाता कार्यालयले एकसाताभित्र बैशाख ३ गते ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रूपैयाँ लाभकर निर्धारण गर्दै एकसाताभित्र कर चुक्ता गर्न पत्राचार गरेको थियो । तर, कार्यालयले निर्धारण गरेको कर नमिल्दो भएको भन्दै बैशाख ९ गते एनसेलले सर्वोच्चमा रिट दायर गरेको थियो ।

रिटको सुनुवाइ गर्दै बैशाख १२ गते न्यायाधीश द्वय सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलाशले मुद्दाको सुनुवाइका लागि पूर्ण इजलाशमा पठाउने आदेश जारी गरेको थियो । सर्वोच्चको यसअघिकै आदेशबमोजिम सर्वोच्चले ५ जना न्यायाधीश सम्मिलित वृहत पूर्ण इजलाश गठन गरेको हो ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ११ : १७ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम