शनिबारको दिन भूलेर पनि यी पाँच चिज नखानुहोस् | Khabarhub Khabarhub

शनिबारको दिन भूलेर पनि यी पाँच चिज नखानुहोस्


२१ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– हिन्दु धर्ममा शनिबार शनिदेवको पूजा गरिन्छ । शनिदेवलाई न्यायको देवताको रुपमा पुजिन्छ । शनिदेवलाई प्रसन्न गर्नका लागि यो दिन सरसियौँको तेल, कालो तिल आदि चढाउने गरिन्छ । जुन व्यक्तिको कुण्डलीमा शनिदोष भएको हुन्छ । त्यस्ता व्यक्तिले शनिदेवको पूजा गर्नुका साथै शनिबारको दिन केही खानेकुरा पनि बार्नु पर्ने हुन्छ । शनिदोष भएका व्यक्तिले भूलेर पनि खान नहुने केही खाद्य वस्तुबारे जानकारी राखौँ ।

१. शनिबारको दिन सादा दूध तथा दही भूलेर पनि नखानु होला । खानै परे तपाईंले सादा दूध तथा दहीमा बेसार तथा सख्खर मिसाएर मात्रै खानु उपयुक्त हुनेछ ।

२. खाद्य वस्तुको कुरा गर्नुपर्दा तपाईंले शनिबारको दिन मसुरोको दाल नखानु होला । मसुरोको दालबाहेक अन्य दाल भने खान सक्नु हुनेछ । मसुरोको रङ्ग रातो हुने भएकाले यो मंगलसँग सम्बन्धित भएकाले शनिबारको दिन मसुरोको दाल खाए शनिमा क्रुर दृष्टि बढाउँछ ।

३. आँपको अचार पनि शनिबारको दिन नखानु होला । आँपको अचार काँचो आँपबाट बनाइने हुनाले यसको स्वाद अमिलो तथा टर्रो हुन्छ । यस्तो स्वादको खाद्यवस्तु शनिदेवलाई मन पर्दैन । त्यसैले शनिबारको दिन यस्ता खानेकुराबाट टाढा रहेकै बेस हुनेछ ।

४. शनिबारको दिन खानामा रातो खुर्सानी प्रयोग नगर्नु होला । शनिदेवलाई खानामा रातो खुर्सानी प्रयोग गरेको मन पर्दैन । सुकेको तथा रातो खुर्सानी प्रयोग नगर्दा तपाईंलाई शनिबारको दिन लाभ मिल्नेछ ।

५. शनिबारको दिन रक्सी तथा मद्यपानबाट बच्नु उपयुक्त हुनेछ । कुण्डलीमा शनि यदि राम्रो अवस्थामा छ भने पनि यो दिन रक्सी सेवन गरेको खण्डमा त्यसको असर उल्टो पर्न सक्छ ।

प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार  १२ : ४३ बजे

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको