कृषिबाट आत्मनिर्भर बन्ने प्रयास-किसानलाई दूधमा प्रतिलिटर ३ रुपैयाँ अनुदान | Khabarhub Khabarhub

कृषिबाट आत्मनिर्भर बन्ने प्रयास-किसानलाई दूधमा प्रतिलिटर ३ रुपैयाँ अनुदान


२१ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- माडी नगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर ३ रुपैयाँ अनुदान दिन शुरु गरेको छ । चालू आर्थिक वर्षको साउनयता दुग्ध सहकारीमा बिक्री गरेको दूधको चौमासिक रुपमा कृषकलाई अनुदान दिन शुरु गरिएको हो ।

नगरपालिकाका प्रमुख ठाकुर ढकालका अनुसार पहिलो चौमासिकको १८ लाख ६६ हजार रुपैयाँ अनुदान किसानलाई वितरण गरी सकिएको छ । दोस्रो चौमासिकको तथ्याङ्क सङ्कलन भइरहेको उनले बताए । हरेक दिन ६ हजार लिटर हाराहारी दूध सङ्कलन हुने गर्दछ । ढकालले कृषकलाई उत्प्रेरित गर्दै दैनिक १० हजार लिटर दूध पुर्‍याउने लक्ष्य सुनाए ।

माडीमा साना ठूला गरी १७२ कृषि फार्म दर्ता भएका छन् । घरमा गाई भैँसी पालेर सहकारीलाई दूध बिक्री गर्ने कृषकको सङ्ख्या एक हजारभन्दा बढी छ।

गाई भैँसी पाल्न सहुलियत

माडी नगरपालिकाले उन्नत जातका गाई भैँसी पाल्ने कृषकलाई चार प्रतिशतमा ऋण प्रवाह शुरु गरेको छ । स्थानीय चार सहकारीसँग सम्झौता गरी अपुग रकम नगरपालिकाले भुक्तानी गर्ने भएको छ । ढकालका अनुसार सहकारीले नौ प्रतिशतमा कृषकलाई ऋण प्रवाह गर्दछ ।

कृषकले चार प्रतिशत र नगरपालिकाले पाँच प्रतिशत सहकारीलाई भुक्तानी गर्ने व्यवस्था मिलाएको छ । शुरुमा एक जना कृषकलाई रु पाँच लाखसम्म यस्तो ऋण सहजरुपमा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । उन्नत जातका गाई, बाख्रा पाल्न चाहने कृषकलाई ऋण थप्न सकिने ढकालले बताए।

ठूला कृषकका लागि ब्याज छुटमा ऋण प्रवाह गर्न स्थानीय कृषि विकास बैंकसँग समन्वयकारी भूमिका नगरपालिकाले गरेको उनले बताए । कृषि ऋणमा बैंकले छुट दिने भए पनि साना किसानले पहुँच पुर्‍याउन कठिन हुने भएकाले नगरपालिकाले सहकारीसँग समन्वय गरेको हो ।

कृषि बिमामा २० प्रतिशत योगदान

नगरपालिकाले कृषि बिमा गर्दा कृषकलाई २० प्रतिशत अनुदान दिन शुरु गरेको छ । कृषि बीमामा ७५ प्रतिशत सरकारले अनुदान दिँदै आएको छ । बाँकी २५ प्रतिशतमा २० प्रतिशत नगरपालिका र पाँच प्रतिशत कृषकले ब्यहोर्ने व्यवस्था मिलाइएको नगर प्रमुख ढकालले बताए । यसबाट कृषि क्षेत्रमा हुनसक्ने जोखिमबाट कृषक पूर्णरुपमा सुरक्षित हुने उनले बताए।

माछा पोखरीमा अनुदान

उक्त नगरपालिकाले माछा पोखरी खन्न प्रतिकठ्ठा १० हजार रुपैयाँ अनुदान दिन शुरु गरेको छ । माडी माछाको पकेट क्षेत्र हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत माडीलाई मत्स्य जोन बनाउने उद्देश्यका साथ पोखरी खन्ने कृषकलाई उत्प्रेरित गर्न अनुदान दिन शुरु गरिएको नगर प्रमुख ढकालले बताए ।

माडीमा कृषकको अन्न बाली वन्यजन्तुले नोक्सान गर्दै आएको छ । माछामा त्यस्तो प्रभाव नहुने हुँदा नगरपालिकाले कृषकलाई माछापालनतर्फ केन्द्रित गर्ने योजना बनाएको छ । ढकालले माडीलाई मत्स्य जोन बनाउने, उन्नत जातका पशु पालन गर्ने र तरकारी उत्पादनमा जोड दिइने बताए । निकुञ्जपारिको बस्तीका रुपमा परिचित माडीमा ४३ हजार जनसङ्ख्या छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  १२ : २० बजे

दक्षिण कोरियाले गर्‍यो नानोस्याटेलाइट प्रक्षेपण

काठमाडौं– दक्षिण कोरियाले पहिलो नानोस्याटेलाइट प्रक्षेपण गरेको छ । सन्

आईपीएलमा आज कोलकोता र पञ्जाब खेल्दै

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै

गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ

न्युयोर्क – अमेरिकाको विश्वविद्यालयहरुमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४