कोटेश्वर-कलंकी सडक : हेर्न राम्रो, यात्रा जोखिमपूर्ण | Khabarhub Khabarhub

कोटेश्वर-कलंकी सडक : हेर्न राम्रो, यात्रा जोखिमपूर्ण



काठमाडौं- राजधानीको कोटेश्वर कलंकी सडक हेर्दा चिटिक्क देखिन्छ । ८ लेनको यो सडकका छेउछाउमा फुटपाथ पनि फराकिला देखिन्छन् । झट्ट हेर्दा आकर्षक देखिएपनि सडक पूर्वाधारको अभावमा यात्रुहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् ।

सडकलाई व्यवस्थित बनाउन आवश्यक पूर्वाधारको विकास भएको छैन । कोटेश्वरदेखि बल्खुसम्मको सडक हेर्ने हो भने आकाशे पुल, जेब्रा क्रस, बस बिसौनी, ट्राफिक बत्ती, सडक बत्ती र डिभाइडरको अभाव देखिन्छ ।

त्यस्तै पैदलयात्रुका लागि उचित स्थानमा आकाशे पुल देखिदैन । जसकारण पैदलयात्रु सडकको बीच बाटै बाटो काट्ने गर्दछन् । कोटेश्वरदेखि कलंकीसम्म ३ स्थानमा (कोटेश्वर, ग्वार्खो र बागडोल) मात्र आकाशे पुल निर्माण भएको छ ।

‘पहिलेको तुलनामा जाम केही घटेपनि यात्रा गर्न जोखिम हुन्छ’ एक सवारी चालकले भने । सडक बत्ती नहुँदा रातको समय अध्यारोमा सवारी गुडाउनुपर्ने बाध्यता रहेको उनको गुनासो छ ।

कोटेश्वरदेखि कलंकीसम्म पुग्दा ५ स्थानमा (कोटेश्वर, ग्वार्खो, सातदोबाटो, एकान्तकुना र बल्खु) मात्र जेब्रा क्रसिङ छन् । बाँकी स्थानमा कहाँबाट बाटो क्रसिङ गर्ने भन्ने अन्योल देखिन्छ ।

त्यति मात्र होइन, सवारी साधन स्पिडमा आउँछन् । पैदलयात्रुहरु सडकको बीचमा छरिएर बाटो क्रस गरिरहेका देखिन्छन् ।

‘सवारी हाक्नेलाई ८ लेनको सडक छ, पैदल यात्रुलाई न जेब्रा क्रस छ, न आकाशे पुल नै’ बालकुमारीका एक स्थानीयले भने । निर्माणका क्रममा सुरक्षामा ध्यान नदिँदा यो समस्या आएको उनले बताए । सडक बन्यो भनेर खुसी होइन दैनिक आवतजावत कसरी गर्ने भन्ने कुराको चिन्ता छ स्थानीयलाई ।

अहिले पनि सडक निर्माणको काम जारी छ । बीचको भागमा ४ लेन सडक सम्पन्न भएको छ भने दायाँबायाँ २/२ लेन सडक निर्माण हुदैँछ । सडक निर्माणको ठेक्का लिएका ठेकेदारहरु धमाधम काम गरिरहेका छन् । सडक निर्माणको जिम्मा चिनियाँ कम्पनी सांघाइ कन्स्ट्रक्सन ग्रुपले लिएको थियो ।

स्पीड लिमिट पालन गर्दैनन् चालक

सडक खुल्ला र ठूलो हुन अहिले दुर्घटनाको कारण बन्दै गएको छ । खाली सडक देखेपछि सवारी चालकले तीव्र गतिमा सवारी गुडाउने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक महाशाखाका अनुसार अहिले यो सडकमा सवारी साधनले स्पीड लिमिटभन्दा सँधै माथि हुने गरेको छ । कोटेश्वर कलंकी सडकको स्पीड लिमिट ५० किलोटिर प्रतिघण्टा तय गरिएको छ । तर, चालकले यो नियम पालना नगर्ने ट्राफिकको भनाई छ।

खुल्ला सडकमा धेरै दुर्घटना

सडक विस्तार भएपछि दुर्घटनाको क्रम पनि बढेको छ । सडक विस्तार भएपछि मात्रै दुर्घटनामा परी १० जनाले ज्यान गुमाएका छन् । ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) जयराज सापकोटाले विस्तार भएको सडकमा पनि दुर्घटना बढेको बताए । सडकको पूर्वाधार निर्माण सम्पन्न नभएको भन्दै सापकोटाले समयमै व्यवस्थित नबनाइए दुर्घटना अझै बढ्ने खतरा रहेको बताए ।

सापकोटाले भने, ‘दुर्घटनामा सवारी साधन र चालकको मात्र दोष हुदैँन, सडकको अवस्थाको कारण पनि दुर्घटना बढिरहेको छ ।’

सडक विभागका विज्ञले अध्ययन गर्दै

चिनियाँ कम्पनीले सडक बनाएर हस्तान्तरण गरेदेखि नै सडकलाई व्यवस्थित बनाउने योजना अघि बढाएको सडक विभागले जनाएको छ ।

कोटेश्वर कलंकी सडकका कुनकुन स्थानमा आकाशे पुल, जेब्रा क्रसिङ, डिभाइडर राख्ने भन्ने विषयमा विभागमा हाल छलफल चलिरहेको सडक सुरक्षा तथा ट्राफिक शाखाका सिनियर डिभिजन इन्जिनियर दीप बराहीले जानकारी दिए ।

‘विज्ञको अध्ययन सकिएको छ, वैशाखको पहिलो साताबाटै काम अघि बढ्छ’ खबरहबसँग कुरा गर्दै उनले भने । बराहीका अनुसार सुरुवातमा छोटो समयमा सकिने काम गरिने र अन्य कामलाई विस्तारै अघि बढाइने छ ।

प्रकाशित मिति : २१ चैत्र २०७५, बिहीबार  १० : ४५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम