सरकारविरुद्ध देशभर प्रदर्शन गर्दै कांग्रेस | Khabarhub Khabarhub

सरकारविरुद्ध देशभर प्रदर्शन गर्दै कांग्रेस


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार अधिनायकवादी बन्दै गएको भन्दै सोमबार देशभर विरोधका कार्यक्रम गर्दैछ । सरकार निरंकुशतातर्फ अघि बढेकोले सच्याउन कांगेसले आन्दोलनका कार्यक्रम तय गरेको हो ।

देशभरका ७७ वटै जिल्लामा सरकारका विरुद्ध प्रदर्शन गर्न लागेको कांग्रेसले जानकारी दिएको छ । विरोध प्रदर्शनका लागि सम्पूर्ण तयारी पूरा भई कार्यक्रम सुरु हुन लागेको बताइएको छ।

डा. गोविन्द केसीसँगको सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक पारित गरेको, निर्मला पन्तका हत्यारा पक्राउ गर्न नसकेको र प्रतिपक्षलाई वास्ता नगरेको जस्ता आरोप लगाउँदै कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो ।

कांग्रेसले सदनमा सत्तापक्षले प्रतिपक्षसँग देखाएको व्यवहारको बदला सडकबाट लिने चेतावनी दिएको छ ।

तर यता सत्तारुढ दलका नेताहरुले भने यतिबेला आन्दोलन तथा प्रदर्शन गरेर सरकारको कामलाई प्रभावित पार्न नहुने प्रतिक्रिया दिएका छन्। पाँच वर्ष सत्तामा रहने जनादेश पाएको सरकारलाई काम गर्न नदिने वातावरण सृजना गर्न नहुने उनीहरुले तर्क गर्दै आएका छन्।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १ : २१ बजे

संसद्को संयुक्त बैठकलाई जेठ १ गते राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते मङ्गलबार सङ्घीय

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

हेटौँडा– बागमती प्रदेशसभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो

दुर्लभ मानिएको लिंगको क्यान्सर विश्वभर बढ्यो, चार हजारको मृत्यु

काठमाडौं – विश्वभर समस्याको रुपमा देखिएको क्यान्सरको असर पुरुषको लिंगमा

कोपा अमेरिका खेल्ने ब्राजिल टिमको घोषणा

काठमाडौं– ब्राजिलले कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा गरेको छ

काठमाडौंका यी स्थानमा बत्ती जाने (सूचीसहित)

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आजदेखि विद्युत आपूर्ति