दक्षिण कोरिया जाने कामदारले जान्नै पर्ने मुख्य विषय | Khabarhub Khabarhub

दक्षिण कोरिया जाने कामदारले जान्नै पर्ने मुख्य विषय


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरिया गणतन्त्रात्मक देश हो । यसको राजधानी सोल हो । कोरियाको अरु प्रमुख शहरहरु बुसान, इन्चोन, डाइजोन, ग्वाँङजु हो । मुख्य भाषा कोरियन हो । तर अंग्रेजी भाषा पनि त्यत्तिकै प्रयोग हुन्छ । कोरिया रोजगारीका लागि आउने विदेशी कामदारले अनिवार्य कोरिया भाषा जानुपर्छ । कोरिया सरकारले विदेशी कामदारलाई विषेश सेवा सुविधा र बेग्लै ऐन बनाएको छ ।

कोरियन मुद्रालाई वन हो । सय वन बरावर झण्डै १० रुपैयाँ १९ पैसा हुन्छ । यो विनिमय दर अमेरिकी डलरको भाउको घटबढ भएसँगै उतारचढाव भइरहन्छ । दक्षिण कोरियन नागरिक बौद्ध र क्रिश्चियन धर्म मान्छ । कोरियामा जाडो मौसम चिसो र सुख्खा हुन्छ । गर्मीमा भने ओसिलो र तातो हुन्छ ।

कोरिया सरकारले नेपाली कामदार ईपीएस प्रणाली अन्र्तगत रोजगारीको लागि सन् २००८ देखि लिन थालेको हो । ईपीएस कोरिया शाखाका अनुसार सम्झौता हुनुअघि आफ्नै तरिकाले झण्डै ४ हजार कामदार कोरिया गएका थिए । कोरियामा अहिले झण्डै ५६ हजार नेपाली कामदार छन् ।

जसमा ८० प्रतिशत नेपाली युवा औद्यागिक क्षेत्रमा काम गर्छन् । २० प्रतिशत युवा कृषि तथा पशुपालन क्षेत्रमा काम गर्छन । रोजगारीका लागि कोरिया जान कोरियन भाषा जान्न जरुरी छ । त्यसैले नेपाल सरकारले लिने रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा उत्तीर्ण गर्नेले मात्रै कोरियामा रोजगारी पाउँछन् । भाषासँगै सीप पनि सिक्न जरुरी छ । भाषा परीक्षा र सीपवापत एचआरडी कोरियाले तोकेको न्यूनतम शुल्क तिनुपर्छ । रोजगारीका लागि कोरिया पुगेपछि युवाले चार वर्ष १० महिना काम गर्न पाउँछन् ।

भाषा परीक्षा पास गर्ने सबै युवा कोरिया जान पाउँदैनन । किनभने भाषा परीक्षामा कोरियाले माग गरेको कामदारको संख्या भन्दा निक्कै बढी पास हुन्छन् । दक्षिण कोरियामा नेपालको दूतावास राजधानी सोलमा छ । कुनै समस्या परेमा सोलस्थित नेपाली दूतावासमा सम्पर्क गरे सल्लाह र सहयोग पाइन्छ ।

आप्रवासी कामदारलाई भाषा र संवाद सम्बन्धी अप्ठयारो परेमा आप्रवासी सहायता नम्बर १६४४–०६४४ मा सम्पर्क गरी नेपाली भाषाको लागि १२ थिचेर आफ्ना समस्या राख्न दूतवासमा टिपाउन सकिन्छ ।

न्यूनतम तलव ज्याला नदिएमा वा ढिला गरेमा, आप्रवासन र प्रवास सम्बन्धी समस्या परेमा, रोजगार परमिट प्रणाली विषयमा, औद्योगिक दुर्घटना भएमा, अन्तर्राष्ट्रिय विषयमा, मृत्यु र कर्मकाण्ड, ठगी, आक्रमण, नागरिक मुद्दा साथै अन्य समस्या राख्न सकिन्छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ८ : २१ बजे

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा