भारतविरुद्ध पाकिस्तानले एफ १६ विमान प्रयोग गरेकोबारे अमेरिकाले शुरु गर्‍यो अनुसन्धान | Khabarhub Khabarhub

भारतविरुद्ध पाकिस्तानले एफ १६ विमान प्रयोग गरेकोबारे अमेरिकाले शुरु गर्‍यो अनुसन्धान


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– केही दिनअघि भारतसँगको ‘हवाई लडाइँ’मा पाकिस्तानले अमेरिकामा निर्मित एफ १६ लडाकु विमान प्रयोग गरे/नगरेको बारे अमेरिकाले अनुसन्धान शुरु गरेको छ ।

पाकिस्तानले अमेरिकामा निर्मित एफ १६ लडाकु विमानको प्रयोग गरेको भए त्यसले अमेरिका र पाकिस्तानबीच भएको हतियार किनबेचको सम्झौता उल्लङ्घन भएको हुनसक्ने भन्दै पाकिस्तानको राजधानी इस्लामावादस्थित अमेरिकी दूतावासले त्यसबारे जानकारी खोजेको जनाएको छ ।

गत बुधबार भारत र पाकिस्तानबीचको हवाई लडाइँमा पाकिस्तानको एफ १६ लडाकु विमान खसालेको भारतले दाबी गर्दै आएको छ । पाकिस्तानले भने त्यस लडाईँमा एफ १६ लडाकु विमानको प्रयोग नगरेको बताउँदै आएको छ ।

बुधबारको हवाई लडाईँमा पाकिस्तानले भारतको मिग २१ लडाकु विमान खसालेर पाइलटलाई नियन्त्रणमा लिएको थियो । ती पाइलट विङ कमाण्डर अभिनन्दनलाई गत शुक्रबार रिहा गरिएको थियो ।

पाकिस्तानले एफ १६ विमानको प्रयोग गरेको भए त्यसले अमेरिका र पाकिस्तानबीचको कस्तो सम्झौता उल्लङ्घन भएको हो भन्नेबारे अमेरिकी दूतावासले केही खुलाएको छैन ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  १ : ४७ बजे

क्यानाडाको आश देखाएर यौन शोषण, बिहेको बहानामा दुबई लगेर बेचियो

काठमाडौं – क्यानाडा पठाइदिने प्रलोभन देखाएर युवतीलाई दुबईमा बेचेको अभियोगमा

नेता किमले गरे मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण

सोल– उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको

सालझण्डी-ढोरपाटन सडक स्तरोन्नतिमा ढिलासुस्ती

ढोरपाटन– राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १३ वर्ष

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन

एक केजीभन्दा बढी सुन र नगदसहित ७ जना पक्राउ

काठमाडौं– प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र नगदसहित ७