पूर्व राजपरिवारको सम्पत्ति ‘बेबारिसे’, अरबौ सम्पत्तिको कमाइ ‘सामान्य’ | Khabarhub Khabarhub

पूर्व राजपरिवारको सम्पत्ति ‘बेबारिसे’, अरबौ सम्पत्तिको कमाइ ‘सामान्य’



काठमाडौं– स्वर्गीय राजा वीरेन्द्र शाहलगायत राजपरिवारको नाममा रहेको अर्बौंको सम्पत्ति ‘नेपाल ट्रष्ट’को गैरजिम्मेवारीपनाका कारण सदुपयोग हुन सकेको छैन ।

राजधानीका मुख्य क्षेत्रमा रहेका केही सम्पत्तिबाट कौडीको भाउमा भाडा उठेपनि अधिकांश सम्पत्ति लथालिंग छ ।

अर्को विडम्बना के छ भने नेपाल ट्रष्ट ऐन, २०६४ को दफा ५ मा ट्रष्टको सम्पत्ति व्यापक र सर्वोत्तम सार्वजनिक लाभ हुने गरी राष्ट्र हितमा प्रयोग गरी शैक्षिक, प्राज्ञिक र स्वास्थ्यसम्बन्धी कार्यमा प्रयोग गर्नुपर्ने व्यवस्था छ । तर भएको सम्पत्ति पनि कानून बमोजिम हुनु पर्ने राष्ट्रहितमा प्रयोग हुन समेत सकिरहेको छैन ।

यतिसम्म की राजपरिवाको नाममा रहेको अर्बौंका चल–अचल सम्पत्तिलाई कसरी उपयोग गर्ने भन्नेबारे ट्रष्टसँग कुनै भरपर्दो योजना नै छैन ।

६ मंसिर २०६४ मा गठन भई नेपाल ट्रष्टको कार्यालयले काम सुरु गरेको १२ वर्ष वितिसकेको छ ।

योबीचमा प्राप्त सम्पत्तिबाट आर्जन भएको करिब ७५ करोड रुपैयाँ ट्रष्टको नाममा विभिन्न बैङ्कमा राखिएको छ भने ब्याज र सम्पत्तिको भाडाबापत वार्षिक करिब नौ करोड रुपैयाँ आम्दानी भइरको छ । तर, कानून अनुसार, नगद सम्पत्ति सार्वजनिक हितमा प्रयोग गर्नुपर्ने भएपनि त्यसो हुन सकेको छैन । यो कुरा नेपाल ट्रष्टको कार्यालयका सचिव गजेन्द्रकुमार ठाकुर पनि स्वीकार्छन् । उनी भन्छन् – ‘पहिले सञ्चालक समिति ठूलो भएर काम गर्न कठिन थियो तर अहिले सञ्चालक समिति छरितो बनेको छ अब काम व्यवस्थित हुन्छ ।’

यस्तो छ नियमावली

नेपाल ट्रष्टको नियमावलीमा सबैभन्दा ठूलो लगानीको क्षेत्र शिक्षालाई बनाइएको छ ।

जस अनुरुप विद्यालय वा विश्वविद्यालय जस्ता शैक्षिक संस्था खडा गरी सञ्चालन गर्ने वा गराउने, सामुदायिक शिक्षण संस्थालाई अनुदान दिने काम गर्नुपर्छ ।

यसैगरी उच्च अङ्क ल्याएर प्रवेशिका परीक्षामा पास गर्ने आर्थिक विपन्न वा दुर्गम वा पिछडिएका क्षेत्रका विद्यार्थीलाई प्राविधिक शिक्षा हासिल गर्न छात्रवृत्ति दिने समेत उल्लेख छ ।

यति मात्र होइन दुर्गम वा पिछडिएका क्षेत्रका सामुदायिक विद्यालयको भवन निर्माण वा मर्मत सम्भारका लागि अनुदान दिने, सामुदायिक विद्यालयका शिक्षकको स्तरवृद्धिका लागि विषयगत शिक्षण विधि विषयमा तालिम सञ्चालन गर्न अनुदान दिने समेत ट्रष्टको नियमावलीमा उल्लेख गरिएको छ ।

त्यसैगरी विभिन्न आवश्यक स्थानमा अस्पताल स्थापना, दुर्गम क्षेत्रमा औषधि बैङ्क स्थापना, वृद्धाश्रम वा घाटमा अन्तिम अवस्थाका बिरामीका लागि आश्रय स्थलको व्यवस्था गर्नेलगायतका कार्य ट्रष्टको आम्दानीबाट गरिने स्पष्टरूपमा उल्लेख गरिएको छ । तर, अहिले सम्म यी कुनैपनि काम हुन सकेको छैन ।

कति छ राजपरिवाको सम्पत्ति ?

नेपाल ट्रष्टको स्वामित्वमा अहिले देशका विभिन्न १२ वटा जिल्लामा घर जग्गा लगायत सम्पत्ति रहेको छ । ट्रष्टको कार्यालयका सचिव गजेन्द्र ठाकुरका अनुसार १२ जिल्लामा गरि २ सय १६ कित्तामा २१ हजार ५ सय ६२ रोपनी जग्गा ट्रष्टको स्वामित्वमा ल्याइसकिएको छ ।

यसबाहेक तीन वटा संस्थाको २ लाख ३० हजार १०२ कित्ता सेयर ट्रष्टको स्वामित्वमा छ । त्यसैगरी, ३७ करोड ७९ लाख ५० हजार रूपैयाँ मुद्दती खाताको मौज्दात रहेको छ । ४ बैंकको खातामा १ करोड ७३ लाख २८ हजार चल्ती तथा बचत मौज्दात छन् । यस्तै, पाउण्ड स्टर्लिङ ४८ हजार ४ सय ६६ र अमेरिकी डलर १ लाख ३७ हजार मौज्दात छ । यसमा बर्षेनी ९ करोड बढीका दरले आम्दानी भइरहेको छ ।

सस्तो भाडामा ट्रष्टको सम्पत्ति

अहिले नेपाल ट्रष्टको स्वामित्वमा आइसकेको राजपरिवारको नाममा रहेको सम्पत्ति एकदमै सस्तो मूल्यमा भाडामा लगाइएको पाइएको छ ।

नेपाल ट्रष्टको कार्यालय योजनाविहीन बन्दा काठमाडौंभित्रका महँगा–महँगा मानिएका सम्पत्ति विभिन्न नीजि संस्थाहरूले एकदमै सस्तो भाडामा प्रयोग गरिरहेका छन् ।

३ हजार ९ सय ७१ रोपनी जग्गामा फैलिएको गोकर्ण फरेस्ट रिसोर्टको वार्षिक भाडा जम्मा २ करोड ४० लाख रूपैया“ छ । यसलाई हेर्दा मासिक २० लाख रुपैयाँ हुन आउँछ । जानकारहरुका अनुसार, मासिक २० लाख रुपैयाँ भाडामा ३ हजार ९ सय ७१ रोपनी जग्गा सहितको संरचना पाउनु भनेको एकदमै कम ‘रेट’ हो ।

गोकर्ण फरेस्ट रिसोर्ट मात्र होइन, काठमाडौंकै व्यस्त स्थान टेकुमा रहेको काठमाडौं बिजनेस पार्क पनि चल्तिको मूल्यभन्दा एकदमै सस्तो मूल्यमा भाडामा दिइएको छ । १९ रोपनी १२ आना क्षेत्रफलमा फैलिएको जग्गामा भवनलगायतका अन्य थुप्रै भौतिक पूर्वाधार छन्, जसको मासिक भाडा ३ लाख ३३ हजार रुपैयाँ मात्र छ ।

त्यस्तै कमलादीको काठमाडौं प्लाजा रहेको ५ रोपनी २ आना जग्गा र पार्किङ सहितको बिजनेस कम्प्लेक्सको पनि मासिक भाडा ६२ लाख ५ सय रुपैयाँ मात्र छ ।

कमलादीमै ५ रोपनी ६ आना जग्गा रहेको सोल्टी आउटर कम्पलेक्सको भवन लगायतका अन्य पूर्वाधारहरूको भाडा पनि मासिक १२ लाख ८७ हजार रुपैयाँ मात्र छ । व्यवसायीहरुका अनुसार कमलादीमा सामान्य सटरको भाडामात्रै पनि मासिक ५० देखि ८० हजार रुपैयाँ हुन्छ ।

लाजिम्पाटमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको भवन र जग्गा पनि चल्तीको मूल्यभन्दा एकदमै एकमा भाडामा लगाइएको छ । लाजिम्पाटमा ६ रोपनी १३ आना जग्गामा भवन लगायतका अन्य थुपै्र पूर्वाधार छन् । तर, त्यसको भाडा पनि मासिक ७८ लाख ३३ हजार मात्र छ ।

ट्रष्टको कार्यालयका तत्कालीन सचिव यदुप्रसाद पन्थी पनि त्यो समयमै सम्झौता गरेर लिजमा दिइएकाले अहिले त्यस्ता सम्पत्तिबाट थौरै आम्दानी भइरहेको स्वीकार्छन् । अहिलेका सविच गजेन्द्रकुमार ठाकुर भाडा कम उठ्ने स्वीकार्दै अब पुराना सम्झौताको म्याद सकिएपछि मात्र नया“ सम्झौतामा भाडा बढाउने दाबी गर्छन् ।

यता भक्तपुर सल्लाघारी तीनकुनेको जग्गा, हेटौंडास्थित कान्ति ईश्वरी घर, पोखरास्थित रत्नमन्दिर, चितवनस्थित दियालो बङ्गला आदि घर जग्गा प्रयोगमा नल्याइएकाले तिनीहरूबाट कुनै आम्दानी हुने गरेको छैन ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  १२ : ४७ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम