यसरी मोबाइलबाटै भर्न सकिन्छ अमेरिका जाने डीभी चिठ्ठा | Khabarhub Khabarhub

यसरी मोबाइलबाटै भर्न सकिन्छ अमेरिका जाने डीभी चिठ्ठा


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी विदेश मन्त्रालयले यो बर्षका लागि डाइभर्सिटी भिसा अर्थात डीभि आवेदन खुल्ला गरेको छ ।

यो डीभी चिठ्ठा आगामी २०२१ सालका लागि घरमै बसेर निःशुल्क आवेदन दिन सकिन्छ ।

यदि तपाईंले १२ कक्षा वा सो सरहकोे औपचारिक शिक्षा सफलताका साथ पूरा गरेको हुनुहुन्छ र १८ बर्ष पुगेको भए डीभी भर्न योग्य हुनुहुन्छ ।

उक्त शिक्षा नभए तपाईँसँग विगत पाँच वर्षभित्र कम्तिमा दुई वर्षको काम गरेको अनुभव हुनु पर्दछ,, तपाईँको कामको अनुभव योग्य भए नभएको निर्धारण गर्न अमेरिकी श्रम मन्त्रालयको O*Net OnLine मा हेर्न सकिन्छ ।

डीभी २०२१ को आवेदन दिन यो लिंकमा क्लिक गरी सन् २०१९ अक्टोबर २ तारिख बुधबार बाट २०१९ नोभेम्बर ५ तारिख मंगलबार सम्ममा डीभी भरिसक्नु पर्ने हुन्छ ।

तपाईंले आफ्नो व्यक्तिगत वा आश्रित परिवारको पनि आवेदन दिन सक्नु हुन्छ । यसका लागि कुनै शुल्क लाग्दैन्।

डीभी भर्न अघिल्ला बर्षहरु भन्दा यसपालि केही नियम परिवर्तन भएका छन् । यसपाली तपाईंसँग डीभी भर्न अनिवार्य रुपमा राहदानी नम्बर भएको हुनु पर्दछ ।

पासपोर्ट बनाउनु भएको छैन भने तपाईंले आवेदन दिन सक्नु हुन्न ।

डीभी भर्नु पूर्व निम्न कागजातहरु तयार गर्नुहोसः

१. मुख्य आवेदकको बहालवाला, म्याद नसकिएको, विदेश भ्रमण गर्न मिल्ने राहदानीको राहदानी सङ्ख्या, जारी भएको देश र म्याद समाप्त हुने मिति लगायतको जानकारी र तपाईको इमेल ठेगाना ।

२. फोटोहरू-आफ्नो, आफ्नो पति/पत्नी तथा आवेदनमा उल्लृखित सबै सन्तानको पछिल्लो ६ महिनाभित्र खिचिएको फोटो । यस्तो फोटो फोकस मिलेको, रङ्गिन हुनको साथै सादा सेतो वा हल्का रङ्गको पृष्ठभूमिमा खिचिएको ।

अमेरिकी भिसा आवेदनका लागि चाहिने २/२ इन्चको डिजिटल फोटो । फोटा आफैं खिच्न सकिन्छ जसका लागि JEPG फरम्याटमा २४० kb साईजको ६०० पिक्सेलमा लम्बाई चौडाई बराबर भएको हुनु पर्दछ । स्क्यान गरेर पनि यहि साईजमा बनाउन सकिन्छ ।

सानो बच्चाको फोटो लिनुपरेमा आँखा खुला बनाई सादा सेतो वा हल्का तन्नामा पिठ्युँ पछाडि पारेर सुताउनुहोस् ।

यसले गर्दा बच्चाको टाउकोलाई आड पुग्छ र फोटोको लागि सादा पृष्ठभूमि पनि सुनिश्चित हुन्छ । आफुसँग भएको फोटोको सहि साईज मिलाउन यँहा क्लिक गरी फोटो टुल प्रयोग गर्नुहोस्

३. चिठी पठाउन, नाम, ठेगाना , शहर/गाउँ/जिल्ला/देश/प्रान्त/राज्य, हुलाकी कोड/जिप कोड र देश

माथि उल्लेखित सामाग्रि तयार भएपछि डीभी कार्यक्रमको आधिकारिक वेभसाइटमा गएर ई–डिभी आवेदन फारम भर्नुहोस । फाराम भर्न शुरु गरेपछि पुरा गर्नु पर्ने हुन्छ, अन्यथा तपाईको आवेदन पुरा हुँदैन् ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार तपाईँलाई “भिसा कन्सल्टेन्ट,” “भिसा एजेन्ट” वा अन्य व्यक्तिमार्फत आफ्नो आवेदन आफैं भर्नुहोस ।

कसैको मद्दत लिँदै हुनुहुन्छ भने आवेदन भर्ने समयमा तपाईँ साथमा उपस्थित हुनु पर्दछ । आवेदन प्रक्रिया पुरा भएको “कन्फर्मेशन पेज” र आफ्नो “युनिक कन्फर्मेशन नम्बर” प्राप्त गर्न सक्नुहुनेछ ।

आवेदन दर्ता गरेपछि तपाईँले एक “कन्फर्मेशन स्क्रिन” देख्नुहुनेछ जसमा तपाईँको नाम र युनिक कन्फर्मेशन नम्बर हुन्छ ।

आफ्नो अभिलेखको लागि उक्त “कन्फर्मेशन स्क्रिन” लाई प्रिन्ट गर्नुहोस् । तपाईँले आफ्नो कन्फर्मेशन पेज र आफ्नो युनिक कन्फर्मेशन नम्बर सुरक्षित राख्न अत्यन्त जरुरी छ किनभने सो बिना तपाईँले आफ्नो आवेदन कुन प्रक्रियामा छ भनी अनलाइनमार्फत हेर्न सक्नुहुन्न ।

सन् २०२० मे ५ देखि तपाईँले आफ्नो आवदेनको नतिजा हेर्न सक्नुहुन्छ । त्यसको लागि यो लिंकमा क्लिक गरी “एन्ट्रेन्ट स्टेटस चेक” (Entrant Status Check) मा क्लिक गरी आफ्नो युनिक कन्फर्मेशन नम्बर र व्यक्तिगत जानकारी राखि आफू डिभी–२०२१ का लागि छनोट भए नभएको पत्ता लगाउन सकिन्छ ।

छनोट भएको अवस्थामा आफ्नो आप्रवासी भिसा अन्तर्वार्ता अपोइन्टमेन्ट मिति चेक गर्नका लागि एन्ट्रेन्ट स्टेटस चेक प्रयोग गर्नु पर्दछ । एक पटक भरिसकेपछि पुनः भर्नु जरुरी छैन र यसले डीभी पर्ने सम्भावनालाई बढाउँदैन् ।

अमेरिकी विदेश मन्त्रालयले तपाईँ डीभी कार्यक्रमका लागि छनोट हुनुभयो भनेर तपाईँलाई कहिल्यै पनि ईमेल पठाउने छैन ।

डीभीको आवेदन दिँदा हाल सम्म हासिल गरेको शिक्षा, वर्तमान वैवाहिक अवस्था, छोराछोरीको संख्या र तपाईँका २१ वर्ष मुनिका अविवाहित छोराछोरीको संख्या बारे उल्लेख गर्नु पर्छ ।

विवाहित सन्तान र तपाईंले आवेदन पेश गर्दा २१ वर्ष पुगेका वा त्यसभन्दा बढी उमेर भएका सन्तान डाइभर्सिटी भिसाका लागि योग्य हुँदैनन् ।

डीभीका लागि योग्य सम्पूर्ण सन्तानको नाम उल्लेख नगरिएको खण्डमा मुख्य आवेदक डीभीको लागि अयोग्य भई भिसा नपाउने सम्भावना रहन्छ ।

(अमेरिकी विदेश मन्त्रालयबाट उपलब्ध सामाग्रिको सहयोगमा तयार पारिएको ।)

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ८ : ५५ बजे

एनपीएलको दोस्रो दिन दुई भिडन्त : कुन टिम कति बलियो ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार

बागलुङ सुम्साका १३२ घरमा धारा छन्, पानी आउँदैन

बागलुङ– २०७६ मा बागलुङको जैमिनी नगरपालिका– ६ अर्जेवास्थित सुम्सागाउँमा लिफ्टमार्फत

झापा आएका १५ हात्ती मोरङतिरै फर्किए

झापा– झापा आइपुगेको हात्तीको एउटा समूह रतुवामाई जङ्गल क्षेत्रबाट मोरङतिरै

जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच पक्राउ

काभ्रे– जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र

मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र सुरु

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी