हरियो स्याउ खानुका यस्ता छन् फाइदा | Khabarhub Khabarhub

हरियो स्याउ खानुका यस्ता छन् फाइदा


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

स्याउका फाइदाबारे सवैलाई थाहा नहुन सक्छ । बजारमा सबैभन्दा बढी बिक्ने फलफुलमा गनिन्छ स्याउ । स्याउ खानमा जति मिठो हुन्छ स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायी हुन्छ । यसमा मानव स्वास्थ्यका लागि आवश्यक पर्ने विभिन्न पौष्टिक तत्वहरु पाइन्छन् ।

अझ हरियो स्याउ त मानव स्वास्थ्यका औषधि समान नै मानिन्छ । हरियो स्याउ अलिअलि अमिलो हुने गर्दछ, तर पोषकतत्व, खनिज र भिटामिनले भरिपूर्ण हुन्छ । यसमा उच्च फाइबर हुने भएकाले शरीरको मेटाबोलिज्म बढाउन मद्दत गर्दछ ।

हरियो होस् त रातो नै किन नहोस् स्याउको छाला नफाली खानुपर्छ । बोक्रासहित खानु स्वास्थ्यका लागि सबैभन्दा फाइदाजनक हुन्छ । यसले कलेजो तथा पाचनप्रणालीमा हानीकारक तत्वलाई नष्ट गर्दछ, साथै रगतमा चिनीको मात्रा नियन्त्रण गरी मधुमेहबाट बचाउन मद्दत गर्दछ ।

के के छन् त फाइदा ?

तौल घटाउन

हरिया स्याउ फाइबरले भरिपूर्ण हुनुका साथै, चिल्लोको मात्रा, सुगर र सोडियम पनि कम हुने गर्दछ । यसमा क्यालोरी बर्निङ (जलाउने) क्षमता पनि अधिक हुन्छ, जसकारण यसले तौल घटाउन मद्दत गर्छ ।

कलेजोका लागि फाइदा

यसमा प्राकृतिकरुपमै डिटक्सीफाइङ एजेन्ट र एन्टीअक्सिडेन्ट गुण रहेको हुन्छ । यी एन्टीअक्सिडेन्टले लिभरमा हुने खराब चिजबाट बचाउन मद्दत गर्दछ । यसले कलेजो सुन्निनबाट जोगाउँछ ।

फोक्सोका लागि फाइदा

हरियो स्याउको नियमित उपयोगले धुम्रपान गर्नेहरुको हत हटाउन सकिन्छ । यसको जुस पिउनाले मानव स्वास्थ्यलाई अझ फाइदा हुन्छ ।

बुढ्यौली हुनबाट बचाउँछ

हरियो स्याउमा हुने एन्टी अक्सिडेन्ट, भिटामिन ए, भिटामिन सी एवं फिनोल तत्वले समयभन्दा पहिले बुढो हुनबाट बचाउँदछ । शरीरमा हुने फ्री रेडिकल्सले चाउरीपना, डार्क सर्कलहरु निम्त्याउने गर्दछ । यसको उपयोगले शरीरमा फ्री रेडिकल्ससँग लड्ने प्रतिरक्षा विकास हुन्छ र यसबाट हुने प्रभावबाट बचाउने गर्दछ ।

रक्तश्राव नियन्त्रण गर्नः

हरियो स्याउको रसले रगत जम्नलाई मद्दत गर्दछ । यस्तो स्याउहरु नियमित खानाले घाउ छिटो ठिक हुने गर्दछ ।

त्यस्तै महिनावारीको समयमा धेरै रक्तश्राव हुने महिलाले यसको रस पिएमा राहत पाउन सक्छन् । रक्तश्राव नियन्त्रणमा यसले ठूलो भूमिका निमाउँछ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ७ : ५४ बजे

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित