सागमा भारत्तोलनको साँघुरो अभ्यासबाट ठूलो नतिजाको अपेक्षा | Khabarhub Khabarhub

सागमा भारत्तोलनको साँघुरो अभ्यासबाट ठूलो नतिजाको अपेक्षा



काठमाडौं– दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को मिति निजिकिँदै छ। प्रतियोगितामा प्रतिस्पर्धाका लागि खेलाडी ब्यग्र प्रतिक्षामा छन् ।

काठमाडौं र पोखरामा संयुक्त रुपमा आयोजना हुने प्रतियोगितामा धेरैभन्दा धेरै पदक ल्याउने तयारीसहित खेलाडीको अभ्यास पनि जारी छ । तर, अभ्यासले खेलाडीलाई नयाँ कुरा दिलाउन सकेको छैन् । अझै पनि नेपाली खेलाडी अभावको सामना गरी अभ्यास गरिरहेका छन् ।

अधिकाशं खेलहरु सागको अभ्यासमा जुटिसकेका छन् । अभ्यासमा लागेका खेलहरु प्रारम्भिक छनोटपछिको दोस्रो चरणको छनोटको तयारीमा छन् । त्यसबाट छनोटठ भएका खेलाडीहरु सागको क्याम्पमा बस्नेछन् । छनोट हुन नसकेका खेलाडी प्रारम्भिक छनोटबाटै बाहिरिने छन् ।

सागको पहिलो चरणको छनोटको मापदण्डका रुपमा नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदलाई बनाइएको थियो । आठौं मा स्वर्ण र रजत पदक जित्ने खेलाडीलाई राखेपले क्याम्पमा राख्ने बताएको थियो । तर, त्यहिँ समयमा अन्तर्राष्ट्रिय खेलका लागि गएका खेलाडीलाई पनि संघहरुले प्रारम्भिक छनोटका लागि अवसर दिएका छन् ।

सागकै लागि भनेर भारत्तोलनले पनि प्रारम्भिक छनोटका लागि ४१ जना राष्ट्रिय टोलीका खेलाडीलाई क्याम्पमा बोलायो । जसमा आठौंका २० स्वर्णधारी खेलाडी र २० जना नै रजत पदक जितेका खेलाडी क्याम्पमा बोलाइए । तर, भारात्तोलनको आठौं राष्ट्रिय नखेलेकि सञ्जु चौधरीलाई पनि भारात्तोलनले क्याम्पमा बोलायो । सञ्जुले आठौं अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि विदेश गएकी थिइन् । तर, पनि संघले उनलाई सागको क्याम्पमा बोलायो । किनकी उनी भारात्तोलनका लागि अहिले ५५ केजी तौल समूहमा राम्रो गर्दै आइरहेकी छन् ।

अहिले भारात्तोलन टोली त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिशरमै रहेको भारत्तोलनको केन्द्रीय प्रशिक्षण हलमा सागको अभ्यासमा जुटेको छ । भारात्तोलनमा कम्तिमा पनि ७ पुरुषतर्फ स्पर्धा र समान ७ वटै महिलातर्फको तौलसमूहका स्पर्धामा भारात्तोलनका खेलाडीले प्रतिस्पर्धा गर्छन् ।

नेपाली टोली पनि जतिसक्दो धेरै स्वर्ण जित्ने त्यो नभए पनि राष्ट्रिय कीर्तिमानी बनाउने लक्ष्यमा खेलाडीहरु छन् ।

साउन १६ देखि शुरु भएको बन्द प्रशिक्षणमा अहिले ४१ जना खेलाडीले अभ्यास गरिरहेका छन् । घरमै आयोजना हुने सागमा धेरै पदक हात पार्ने लक्ष्यसहित भारात्तोलन खेलाडी तथा प्रशिक्षक अभ्यासमा जुटिरहेका छन् । तर, अभ्यास स्थलको अवस्था हेर्दा कुनै खेलको प्रशिक्षण स्थल जस्तो भने देखिँदैन् ।

हुनत, नेपाली खेलकुदमा कुनै पनि खेल संघले व्यवस्थित तरिकाले काम गरेको छ भन्ने ठाउँ छैन् । तर, भारत्तोलनका खेलाडीले भने दिनमा दुई पटक प्रशिक्षण हल सफा गर्छन् अर्थात् ‘कुचो’ लाउँछन् । यो उनीहरुको नियमित तालिका अन्तगत नै पर्छ ।

सागको अभ्यासमा रहेका खेलाडी बाहिर हिँड्दा स्टार स्टारडम बनाएका छन् । तर, आफ्नो प्रशिक्षण केन्द्रको हलमा भने ‘कुचो’ लगाउँछन् । यो विषय धेरै ठूलो त नहोला तर, पनि राष्ट्रिय टोलीका खेलाडीले अभ्यास स्थल सफा गर्ने र गराउने भन्ने कुरा कति जायज हो ? अहिलेसम्म भारत्तोलन संघले हल सफ ागर्ने एक जना खेलाडीको पनि व्यवस्थापन गर्न नसक्नु कतिसम्मको बिडम्बना हो ।

‘राष्ट्रिय खेलाडीहरुले प्रशिक्षण स्थलमा कुचो लगाएको कुरा कमै सुनियला तर, हाम्रो भने अभ्यासको शुरु र अन्त्य भने त्यहिँ कुचोमा गएर सकिन्छ,’ एक खेलाडीले नाम नबताउने सर्तमा भने, ‘राष्ट्रिय खेलाडी भए पनि नभए पनि प्रशिक्षण हल सफा गर्नुपर्छ । अरु कोही सफा गर्ने मान्छे भए त गर्नु पर्दैैन थ्यो होला तर, मान्छे नै नभएपछि फोहोर हुनु भन्दा त हामी आफै सफा गछौं ।’

मंगलबार दिउँसो ठीक १२ : ३० बजे खबरहब टोली भारात्तोलनको अभ्यास स्थल पुग्दा समूह ‘ए’ मा रहेका १० वटा तौल समूहका महिला खेलाडीहरु हल बढारिरहेका थिए ।

हलभित्रै पश्चिम तिर रहेको एक टेबुल अगाडि तीन जना प्रशिक्षकहरु पनि बसिरहेका थिए । भारत्तोलनमा आठौंमा स्वर्ण विजेता महिला खेलाडीहरु हल बढारी रहेका थिए । त्यहिँ थिइन् नेपालको स्ट्रोङ्गेस्ट’ महिला खेलाडी तारादेवी पुन पनि ।

‘ए भाई… हेर्नु न यस्तै छ,’ तारादेवीले हामीतर्फ हेर्दै यसो भनिरहँदा छेउमा बसेका प्रशिक्षक पनि हामी तर्फ मोडिए । एकै छिनमा हल केही सफा भयो । खेलाडीले अभ्यासका लागि ‘गेट अप च्यान्ज’ गरे ।

एकै छिनमा खेलाडीहरु प्रशिक्षकको अगाडि आएर उभिए । अग्रपङ्तीमा तारादेवी उभिँदा अन्य खेलाडी पछिल्लो लाइनमा बसे ।

खेलाडीले मंगलबार के गर्ने भन्दै सहायक प्रशिक्षक दिनेश भुजेलसामू रिपोर्टिङ गरे । केही खेलाडीले आफुहरुको कम्फटेबल हुने गरी अभ्यास गर्ने बताए । प्रशिक्षकले पनि उनीहरुलाई त्यसै भने, ‘आज त्यस्तो यति उति गर्नै पर्छ भन्ने छैन् । मिलाएर सजिलो हुने गरी उचाल न ।’

त्यहिँबाट शुरु हुन्छ भारात्तोलनको अभ्यास अनि बन्छ समूह । तारादेवी, सञ्जु चौधरी र कमला श्रेष्ठले एक सेटमा अभ्यास गरे । जहाँ उनीहरुले ‘स्न्याच’ मा १ सय २५ केजी तौलसम्म उचालेका थिए ।

तर, यी तीन खेलाडीमध्ये सबैभन्दा ठूलो ७६ केजी तौलसमूहकी तारादेवी कै रोहबरमा ५९ केजी तौलसमूहकी कमला श्रेष्ठ र ५५ केजी तौल समूह की सञ्जु चौधरीले अभ्यास गरिरहेका थिए ।

सागमा महितर्फ ७६ केजीको राष्ट्रिय कीर्तिमान बनाएकी तारादेवी पुनको विकल्प नेपाल भारात्तोलन संघसँग छैन भन्दा अनौठो मान्नु पर्दैन । किनकी उनले पछिल्लो २ दशकदेखि आफुलाई नेपालको स्ट्रङेस्ट खेलाडीका रुपमा स्थापित गरिसकेकि छिन् ।

सागका लागि भारत्तोलनको अभ्यास राम्रो भइरहेको प्रशिक्षक दिनेश भुजेल बताउँछन् । यो संस्करणमा नेपाललाई स्वर्ण दिलाउन सक्ने खेलाडीको सूचिमा भारात्तोलनबाट ५५ केजी तौल समूहकी सञ्जु चौधरी रहेको प्रशिक्षक बताउँछन् ।

सञ्जु सागमा भारतीय खेलाडीको बराबरी तौल बोक्न सक्ने भएकाले सागमा उनले स्वर्ण दिलाउनेमा प्रशिक्षक भुजेल ढुक्क छन् । यद्यपी भारत्तोलनमा कीर्तिमानी धेरै बन्ने खेल हो ।

प्रशिक्षक भुजेल पनि सागमा पदक नआए पनि धेरै भन्दा धेरै राष्ट्रिय कीर्तिमान बन्ने विश्वास व्यक्त गर्छन् ।

‘सागमा हामी विगत भन्दा १३ मा राम्रो गर्न सक्छौं । अहिले कम्तिमा पनि १–२ स्वर्ण हामी दिन सक्छौं भन्ने लागि छ । अहिले सञ्जु स्वर्णका लागि तयार छिन् । तर, उनलाई बैदेशिक अभ्यासका लागि लिन सकिए सागमा स्वर्ण लगभग पक्का हो ।’

प्रशिक्षक भुजेलले स्वर्ण दिने बताइ रहँदा अभ्यास स्थल भने निकै भद्रगोलपूर्ण छ । जहाँ न सामाग्रीहरु व्यवस्थित छन् न सफा, नत, चेन्जिङ रुम छ । त्यतिमात्रै होइन अभ्यास गरिरहँदा शौचालय जाँनु पर्दा हात सफा शौचालयमा पानी छैन् ।

‘हामीले सागका लागि अभ्यास गरिरहँदा तपाई देखिरहनु भएकै छ । यो हल कस्तो छ । भारात्तोलनको केन्द्रीय प्रशिक्षण केन्द्रको हालत यस्तो छ । अरु प्रदेश तिरका हल कस्ता होलान्,’ भारात्तोलनका एक खेलाडीले भने,‘यहाँ अभ्यास पछि ‘ड्रेस चेन्ज’ गर्न लाइनमा बस्नु पर्छ । त्यो पनि लुकरहरु एक साइड लगाएर पर्दा हालेर बनाइएको छ । सामानहरु पनि निकै पुरानो भइसक्यो । यस्ता सामानहरुले अभ्यास गरेर अन्तर्राष्ट्रिय खेलमा स्वर्ण जित्ने लक्ष्यमा छौं हामी ।’

उनले यथार्थ बोलिरहँदा प्रशिक्षण हलमा महिला खेलाडीहरु अभ्यास गरिरहेका थिए । हलको पश्चिम तिर ठूलो फ्रेमको ऐना छ । त्यसको माथि आठौं औं संस्करणको सागको मस्कट झुण्डिरहेको छ । जति पुरानो त्यो मस्कटको फ्रेम छ त्यो भन्दा पुरानो छन्, त्यहाँ भित्रका सामाग्रि । सायद त्यो मस्कटले पनि सोच्दो हो, यी बीचराहरुले यहाँ अभ्यास गरेर के स्तो गर्ने हुन् ।

चेस्टका लागि प्रयोग हुने मेसिनका हातले प्रेस गर्ने र बस्ने ‘फम’ च्यातिइसकेको छ । राष्ट्रिय किर्तिमान धारी तारादेवी पुन अभ्यास गर्न ठाउँ सानो भएपनि समू–समूहमा गरिरहेका कारण काम चलाउ भइरहेको बताउँछिन् ।

‘हेर्नुन यहाँ ठाउँ नै सानो छ । अब यहाँ संघसँग भएको ठाउँ नै यति हो के भन्नु,’ ठाउँ कम भएपनि खेलाडी मेहनत गरिरहेका पुन बताउँछिन् । ‘हामी त आफ्नो तर्फबाट सक्ने जति गरिरहेका छौं । जे जस्तो भएपनि यसैमा रमाएर अभ्यास गरिरहेका छौं ।’

प्रशिक्षक भुजेल पनि खेलाडीहरुले मेहनत गरिरहेको बताउँछन् । उनले पनि अभ्यासका लागि सानो ठाउँ भएको स्वीकारेका छन् । तर, काठमाडौंमा त्रिपुरेश्वरको प्रशिक्षण हल भन्दा राम्रो अरु कतै नभएका कारण सानो ठाउँभए पनि ‘एडजस्ट’ गर्नु परिरहेको बताएका छन् ।

‘अहिले अभ्यासमा ४० जना खेलाडी छन् । तिनिहरुलाई तीन समूहमा विभाजन गरेर खेलाइरहेका छौं । ठाउँ सानो छ तर, अहिलेलाई अर्को अभ्यास स्थतको व्यवस्था मिलाउन सकिएको छैन् । यसैमा व्यवस्थापन गरेर अभ्यास गर्नु परिरहेको छ,’ प्रशिक्षक भुजेलले भने,‘तर, हामीले नतिजा दिन्छौं पदक भन्न सक्दौनौं नै भन्ने गरेका छौं ।’

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ७ : ११ बजे

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि

पूर्वाञ्चल विश्वविद्यालयकाे १२औँ दीक्षान्त समारोह : सात हजार विद्यार्थी दीक्षित

सुन्दरहरैँचा– पूर्वाञ्चल विश्वविद्यालयको १२०औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा

भोजपुर गोल्डकप : चर्च ब्जाइज फाइनलमा, आर्मीसँग उपाधि भिडन्त

भोजपुर – भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपमा