भदौमा राष्ट्रिय चलचित्र कन्फरेन्स हुने | Khabarhub Khabarhub

भदौमा राष्ट्रिय चलचित्र कन्फरेन्स हुने


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्ड र मानवअधिकार चलचित्र केन्द्रको संयुक्त आयोजनामा तीन दिने नेपाली चलचित्रको प्राज्ञिक कन्फरेन्स हुने भएको छ । कार्यक्रम यही यही भदौ २६, २७ र २८ गते राष्ट्रिय चलचित्र कन्फ्रेन्स राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने संयोजक अनुप सुवेदीले जानकारी दिए ।

कार्यक्रममा चलचित्र निर्माण, चलचित्रमा विभिन्न विषयको चित्रण र तीनको प्रभावबारे कार्यपत्र प्रस्तुत गरिनुका साथै छलफल पनि गरिनेछ । यस्तै चलचित्र क्षेत्रका जल्दाबल्दा विषयमा ‘प्यानल’ छलफल लगायतका कार्यक्रम पनि गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार चलचित्रकर्मी, चलचित्रका विज्ञ, चलचित्रको अध्ययन अनुसन्धान गरिरहेका व्यक्ति, प्राध्यापनमा संलग्न व्यक्तिहरुले नेपाली चलचित्रका विभिन्न आयाम, यसको प्रभाव, कला र सौन्दर्यका बारेमा लेखेका एक दर्जन बढी कार्यपत्रको प्रस्तुत गर्नेछन् ।

साथै सो अवसरमा चलचित्रकर्मीको ‘नेपाली चलचित्रमा अनुभव र अनुभूति’को प्रस्तुतिका साथै डा. हरि शर्माको नेपाली समाजको अर्थ राजनीतिमा चलचित्रको महत्त्वका विषयमा ‘किनोट स्पीच’ पनि प्रस्तुत समेटिने जनाइएको छ ।

कन्फ्रेन्स नेपाल इन्डिपेन्डेन्ट फिल्ममेकर्स सोसाइटी, चलचित्र निर्देशक समाज, चलचित्र समीक्षक समाज, चलचित्र पत्रकार संघ, अस्कर इन्टरनेशनल कलेज आदिको सह–आयोजना रहने गरी सम्पन्न हुन लागेको हो । कन्फरेन्सले नेपाली चलचित्रका बारेमा अध्ययन अनुसन्धान गर्न र बहसमा सहभागी गराउन पनि भूमिका खेल्ने विश्वास लिइएको छ । आयोजकले यस्ता खाले कन्फरेन्स नेपालमा पहिलोपटक हुन लागेको बताएको छ ।

नेपाली समाज बुझ्न नेपाली चलचित्रको अध्ययन, विश्लेषणले मद्दत हुने कुरा पनि यस्ता कार्यक्रमले स्थापित गर्ने सहयोग पुग्ने संयोजक अनुप सुवेदीले बताए ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  १२ : ०८ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई