गायक राजेशपायल राईलाई दिक्तेल रुपाकोट मझुवागढी नगर पुरस्कार | Khabarhub Khabarhub

गायक राजेशपायल राईलाई दिक्तेल रुपाकोट मझुवागढी नगर पुरस्कार


१८ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिक्तेल– ‘राई ईज किङ’को उपाधि प्राप्त गायक राजेशपायल राईलाई रु एक लाख राशिको पुरस्कारसहित सम्मान गरिएको छ ।

खोटाङको बुइपामा जन्मिएका गायक राजेशपायलाई गृहनगर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बुधबार नगदसहित सम्मान गरेको हो । गायनको माध्यमबाट नगरपालिका तथा जिल्लालाई देश/विदेमा चिनाएको भन्दै गायक राजेशपायललाई उक्त राशिको ‘नगर पुरस्कार’ प्रदान गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताए ।

गायक राजेशपायललाई बुधबार आयोजना गरिएको दोस्रो नगर दिवसको अवसरमा पुरस्कृत तथा सम्मान गरिएको हो । उनी नगर दिवसको अवसरमा आयोजित कार्यक्रममा उपस्थित नभए पनि विशेष कार्यक्रमको आयोजना गरेर पुरस्कार हस्तान्तरण गरिने नगरपालिकाले जनाएको छ ।

नगर दिवसको अवसरमा अन्य विविध विद्याका उत्कृष्ट व्यक्ति तथा संस्थालाई पनि पुरस्कृत गरिएको छ ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार  ८ : ०३ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम