भारतलाई रिझाउन 'प्रोटोकल' मिचेर देउवाले पठाए जयशंकरलाई शुभकामना सन्देश | Khabarhub Khabarhub

भारतलाई रिझाउन ‘प्रोटोकल’ मिचेर देउवाले पठाए जयशंकरलाई शुभकामना सन्देश


२० जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — चारपटकसम्म प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवाले कूटनीतिक ‘प्रोटोकल’ ख्याल नगरी भारतीय विदेशमन्त्री एस जयशंकरलाई शुभकामना सन्देश पठाएको भन्दै पार्टीभित्र आलोचना भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना पठाएको भोलिपल्टै देउवाले शनिबार पार्टीका तर्फबाट विदेशमन्त्री जयशंकरलाई बधाई तथा शुभकामना पठाएका थिए ।

उनको शुभकामना सन्देशलाई पार्टीका शीर्ष नेतादेखि परराष्ट्रविद्ले समेत रुचाएका छैनन् । उनीहरूले भारतलाई रिझाउने नाममा सभापतिबाटै भएको यस्तो कदमलाई अशोभनीय भनेका छन् ।

भारतको मन्त्रिपरिषद्मा विदेशमन्त्री जयशंकरको मर्यादा ११ औं स्थानमा छ । पहिलो नम्बरमा रक्षामन्त्री राजनाथ सिंह छन् । उनी भारतीय जनता पार्टीका पूर्वअध्यक्ष हुन् । दोस्रो नम्बरमा भाजपा अध्यक्ष अमित शाह छन् । उनी गृहमन्त्री छन् ।

प्रोटोकलअनुसार आफ्नो काउन्टर पार्टनरलाई मात्रै शुभकामना दिनुपर्ने चलन हो । त्यस हिसाबले देउवाजीले अमित शाहलाई शुभकामना पठाउँदा शोभनीय हुन्थ्यो,’ एक परराष्ट्रविद्ले भने, ‘एउटा पुरानो र ऐतिहासिक पार्टीको सभापति, त्यसमा पनि चारपटकसम्म प्रधानमन्त्री भइसकेका व्यक्तिले ११ औं नम्बरमा रहेका मन्त्रीलाई शुभकामना सन्देश पठाउँदा नेपाली जनमानसमा कस्तो सन्देश जाला ?’

जयशंकर तिनै व्यक्ति हुन्, जो नेपालले संविधान जारी गर्ने बेला २०७१ असोज १ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेषदूत बनेर काठमाडौं आएका थिए । तत्कालीन भारतीय विदेश सचिवका रुपमा नेपाल आएका उनले संविधान जारी हुनबाट रोक्ने भूमिका खेलेका थिए ।

पूर्वपरराष्ट्रमन्त्रीसमेत भएका कांग्रेस नेता रामशरण महतले समकक्षीलाड्ढ शुभकामना पठाउने चलनविपरित जानु उचित नभएको बताए ।
देउवाको यो शैलीलाई लिएर उनकै खेमाका कतिपय नेताहरुले समेत अनौपचारिक तहमा असन्तुष्टि प्रकट गरेका छन् ।

भारतलाई रिझाउने नाममा प्रोटोकललाई समेत ख्याल नगरी दिइएको सन्देशले सभापित र पार्टीको छवीलाई असरपार्ने उनीहरुको भनाइ छ ।

आजको कान्तिपुरमा समाचार छ ।

प्रकाशित मिति : २० जेठ २०७६, सोमबार  ९ : ४२ बजे

एकल र साझा अधिकार सूचीमा रहेका कानून सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

हेटौँडा– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन

रविमाथि छानबिन नभए बजेट अधिवेशन चल्दैन : रमेश लेखक

काठमाडौं- फागुन २१ गते अचानक माओवादी–कांग्रेस गठबन्धन सरकार फेरिएपछि नेपाली

संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानलाई पूर्ण

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने 

काठमाडौं– निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको

ओलीसँग नेपाल आक्रोशित, सत्ताको घमण्ड बढ्दै गए सिद्धिने चेतावनी

काठमाडौं – सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्ययक्ष माधवकुमार