'मेरो सरकार'बारे कांग्रेसको प्रश्न– सरकार जनताको कि राष्ट्रपतिज्यू को ? | Khabarhub Khabarhub

‘मेरो सरकार’बारे कांग्रेसको प्रश्न– सरकार जनताको कि राष्ट्रपतिज्यू को ?


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार नेपाली जनताको कि राष्ट्रपति जूको भनि प्रश्न गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र सांसद गगन थापाले सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेको भन्दै सरकार नेपाली जनताको कि राष्ट्रपतिको भन्दै प्रश्न गरेका हुन् ।

सांसद थापाले आफू नेपाल सरकारको(जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएपनि संसदमा नेपाल सरकारको नभई राष्ट्रपतिको निजी सरकारको कार्यक्रमको पो घोषणा भइरहेको रहेछ भन्दै कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा सांसद थापाले लेखेका छन्,‘म त नेपाल सरकारको (जनताको सरकार ) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको ,यहाँ त राष्ट्रपतिज्यू बाट महामहिम ज्यू को निजी सरकार को कार्यक्रम को पो घोषणा भैरहेको छ। @PM_Nepal ज्यू,नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला ?’

त्यस्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि ‘मेरो सरकार’ भनेकोमा आपत्ति जनाएका छन् ।

प्रवक्त शर्माले कुनै बेला श्री ५ को सरकार थियो, राजाले ‘मेरो सरकार’ भनेर सम्बोधन गर्थे । आज राष्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा व्यवस्था छ ? भनि प्रश्न गरेका छन् ।

‘राष्ट्रपतिलाई राष्ट्रपति नै रहन दिऊँ सरकार, राजतन्त्र विदा गरेका नेपाली नागरिकलाई ‘रानी’ बोक्ने कुनै रहर छैन’ उनले अगाडि भनेका छन्,‘दशैंको टीका प्रकरण अनि आजको ‘मेरो सरकार’ सामान्य त्रुटि विल्कुलै होइन ।’

यस्तै साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्रले राराष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नु अत्यन्त गैर(जिम्मेवार र लोकतान्त्रिक भावनाको बरखिलाफ भएको टिप्पणी गरेका छन् ।

उनले यो राष्ट्रपतिको सरकार भनइ नेपाली जनताको सरकार भएको बताएका छन् । संविधानमा नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपली जनतामा निहित रहेको उल्लेख रहेको भन्दै संयोजक मिश्रले यो त अति भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै मिश्रले लेखेका छन्,‘यो त अति भयो। प्रधानमन्त्रीको कार्यालय, क्याबिनेट, राष्ट्रपतिको कार्यालय र राष्ट्रपति स्वयं यति अबुझ होलान् भनेर कसरी कल्पना गर्ने। ती सबैले नीति तथा कार्यक्रम पढेका हुन्छन्। पहिले श्री ५ को सरकार भनिन्थ्यो अहिले यो राष्ट्रपतिको सरकार होइन। कसको दिमागमा फुर्‍यो यस्तो बुद्धि ?’

सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सट्टा ‘मेरो सरकार’ भनेकोमा सामाजिक सञ्जालहरुमा आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ७ : ०३ बजे

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन

एक केजीभन्दा बढी सुन र नगदसहित ७ जना पक्राउ

काठमाडौं– प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र नगदसहित ७

सर्वोत्तम सिमेन्टको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं– सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण

नेपाली सेनामा जागिर खुल्यो , ३१९ जनाको दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी