कर्मचारीको गुनासो वैशाख भित्रै सम्बोधन हुन्छ – मन्त्री पण्डित | Khabarhub Khabarhub

कर्मचारीको गुनासो वैशाख भित्रै सम्बोधन हुन्छ – मन्त्री पण्डित


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले समायोजनमा गएका कर्मचारीहरुको सबै गुनासो वैशाख भित्र सम्बोधन गर्ने तयारी गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले समायोजनमा गएका सबै कर्मचारीहरुको गुनासो सकेसम्म यही वैशाख महिना भित्र सम्बोधन गर्ने तयारी भइरहेको बताए ।

शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले महिला र बिरामी परेका कर्मचारीहरुको गुनासो सुनुवाईको कामलाई पहिलो प्राथमिकतामा राखिने बताए ।

समायोजनका क्रममा श्रीमान् श्रीमतीलाई एकै ठाउँमा रहने गरि खटाउने व्यवस्था रहेको छ ।

सोही कानुनी व्यवस्था अनुसार कर्मचारीहरुको गुनासो सम्बोधनको काम भईरहेको मन्त्री पण्डितको भनाइ छ ।

मन्त्री पण्डितले समायोजनमा गएका प्रशासनतर्फका कर्मचारीहरुको गुनासो सम्बोधन गर्ने काम सकिएको र अहिले स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको गुनासो सम्बोधनको काम भईरहेको पनि जानकारी दिए ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  १ : ५८ बजे

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको