कान्ति बाल अस्पतालमा चरम लापरबाही- बालबालिकाको खोप नै छैन ! | Khabarhub Khabarhub

कान्ति बाल अस्पतालमा चरम लापरबाही- बालबालिकाको खोप नै छैन !


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अस्पतालको खोप शाखा पुग्दा सेवाग्राही सप्तरीका नरेन्द्रनारायण शाह र सो शाखामा कार्यरत नीरु पालीबीच भनसुन भइरहेको थियो । नरेन्द्रनारायणका आठ वर्षीय छोरा पृथ्वीईश्वरलाई हेपाटाइटिस ‘ए’विरुद्धको (एमएमआर) खोप लगाउनुपर्ने थियो ।

तर, नीरुले भनिन्, ‘१५ महिनासम्मका बालबालिकाका लागि आवश्यक पर्ने खोप मात्रै हुन्छ । त्यसकारण, तपाईं अन्यत्र जानुस् । सरकारले नै हामीलाई बाँधेको छ । त्यहीअनुसारको खोप आउँछ ।’ नरेन्द्रनारायणले आफूलाई कान्ति बाल अस्पतालले निजी क्लिनिकमा रेफर गरेको बताए । उनले भने, ‘मेरो छोरो पनि त बालक हो । के गर्नु बाल अस्पतालले बालबालिकालाई नै वास्ता गर्दैन ।’

अस्पतालहरु बिरामीमैत्री हुनुपर्छ भनिए पनि नारामा मात्र सीमित भएको पाइएको छ । सेवाग्राहीलाई अस्पतालले अभद्र व्यवहार गर्दा पनि उनीहरु तै चुप मै चुप भएर बस्न बाध्य छन् । अस्पताल प्रशासन आफैंले केन्द्रीय अस्पतालका रूपमा अझै स्तरोन्नति हुन नसकेको स्वीकार गरेको राजधानी दैनिकमा खबर छ ।

रोटा भाइरसविरुद्धको खोप अहिले कान्तिमा छैन । पाँच वर्षमुनिका बालबालिकालाई बढी सताउने यो भाइरसविरुद्धको खोप सरकारले निःशुल्क उपलब्ध गराउने बताए पनि अहिले अभाव खड्किएको छ ।

चिकित्सक आइसकेपछि चिकित्सकहरुको कार्यकक्षभित्र बिरामी बोलाउने जिम्मेवारी पाएका कर्मचारीहरुले बिरामीलाई थर्काउने गरेका छन् । रिपोर्टर कोठा नम्बर ४(ख) मा पुग्दा ती कर्मचारीले सेवाग्राहीलाई अपशब्द समेत प्रयोग गरेका थिए । ती कर्मचारीले भनिन्, ‘मेरो टाउको दुखिसक्यो । कति कराएको, बोल्न सकेको । सबै जना बाहिर जानुस् त ।’ बिरामीका आफन्तहरु अस्पताल पुग्दा अलमिलिने गरेको देख्न सकिन्छ ।

अस्पतालमा रहेको सीटी स्क्यान मेसिन र डीआर मेसिन पटक–पटक बिग्रने गरेकोले मासिक २ हजार २ सय बिरामीलाई अन्यत्र पठाउने गरेको छ । कान्ति बाल अस्पतालले ४ करोड ५४ लाख मूल्यको सीटी स्क्यान मेसिन र जापान सरकारबाट प्राप्त डीआर मेसिन पटक–पटक बिग्रने गरेका कारण बिरामी रेफर हुने गरेको महालेखापरीक्षकको ५६औं प्रतिवेदनले पनि देखाउँछ ।

हाल अस्पतालमा २ सय ९८ बेड छन् । दैनिक ६–७ सय बिरामी आउने गरेको अस्पतालका सूचना अधिकारी रमेशनरसिंह केसीले बताए । सरकारी चिकित्सक दरबन्दीको संख्या ७९ जना रहे पनि हाल ४८ जना चिकित्सक कार्यरत रहेको अस्पताल प्रशासनले जनाएको छ । हाल अस्पतालमा १३ वार्ड छन् । तर, ३६ मेडिकल अधिकृत, एक रेडियोलोजिस्ट, एक प्याथोलोजिस्ट, एक अर्थोपेडिक, एक ईएनटी (नाक, कान, घाँटी) सर्जन, एक डेन्टलको पद पूर्ति हुन सकेको छैन ।
अस्पतालका सूचना अधिकारी केसीले भने, ‘बिरामीको चाप धेरै छ । तर, दरबन्दी कम छ । अस्पतालमा कतिपय सवालमा बिरामीमैत्री व्यवहार भएन होला । हामी बैठक बसेर सच्चिएर अघि बढ्छौं ।’

नेपालमा बर्डफ्लुबाट पहिलोपटक मृत्यु शीर्षकमा पत्रिकाले छापेको समाचारमा नेपालमा बर्डफ्लुबाट पहिलोपटक एक युवकको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकका २१ वर्षीय ती युवकको बर्डफ्लु (एच फाइभ एन वान)बाट मृत्यु भएको हो । ती युवकको नाम भने गोप्य राखिएको छ । उच्च ज्वरो र खोकीले सताएपछि ती युवक गत १० चैतमा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि आएका थिए । सो अस्पतालले भर्ना गरेर भोलिपल्टदेखि इन्फ्लुएन्जाको औषधि दिएकोमा श्वासप्रश्वासमा समस्या भएर १५ चैतमा उनको मृत्यु भएको थियो ।

जनकपुरधाम जग्गा अतिक्रमण, दर्जनौं मन्दिर क्षेत्रका ६ हजार बिघा जमिनमा भूमाफियाको नजर शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । जनकपुरधाम क्षेत्रमा रहेका जानकी मन्दिर, रत्नसागर मन्दिर, राम मन्दिर, लक्ष्मण मन्दिरलगायतका दर्जनौं मन्दिर रहेका झन्डै ६ हजार बिघा जमिनका विभिन्न भागमा भूमाफियाले कब्जा जमाएका छन् । गुठीअन्तर्गत रहेका मन्दिरको जग्गा महन्त र भूमाफियाको मिलेमतोमा धमाधम अतिक्रमणको चपेटामा परिरहेको पाइएको हो ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ६ : ३१ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम