छुरा धस्न खोज्ने प्यालेस्टाइनी मारिए | Khabarhub Khabarhub

छुरा धस्न खोज्ने प्यालेस्टाइनी मारिए


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इजरायल– इजरायल अधिनस्थ प्यालेष्टाइनको वेष्ट ब्याङ्क क्षेत्रमा छुरा धस्न खोज्ने प्यालेष्टाइनीलाई त्यहाँ बसोबास गर्ने इजरायलीले गोली हान्दा प्यालेष्टाइनीको मृत्यु भएको छ । वेष्ट ब्याङ्कको नब्लुस क्षेत्रमा प्यालेष्टाइनीले इजरायलीलाई छुरा धस्न खोजेको र इजरायलीले जवाफमा गोली चलाउँदा उनको मृत्यु भएको हो ।

प्यालेष्टाइनीलाई गोली हान्ने इजरायलीले स्थानीय रेडियोलाई बताएअनुसार कारमा आफ्नी छोरीसँग कतै गइरहेका बेला एक प्यालेष्टाइनीले छुरो लिएर उनीहरुलाई आक्रमण गर्न आएका थिए । उनले त्यति नै बेला बन्दुक झिकेर आक्रमणकारीलाई लक्षित गरी गोली हानेको बताएका छन् । त्यस्तै अर्को कारमा रहेका अर्का इजरायलीले पनि आक्रमणकारीलाई लक्षित गरी गोली हानेका थिए ।

इजरायली सेनाले वेष्ट बङ्याकको नब्लुसमा ‘छुरा धस्न खोज्ने आतंककारी नागरिकको कारवाहीमा मारिएको’ जनाएको छ । इजरायलको बेइलिन्सन अस्पतालले गोली लागेर उपचारका लागि ल्याइएका एक जनाको मृत्यु भएको जनाएको छ ।

यता प्यालेष्टाइनी अधिकारीले भने इजरायली अतिक्रमणकारीले बाटो काट्न खोज्ने प्यालेष्टाइनीको हत्या गरेको जनाएको छ । प्यालेष्टाइनी अधिकारीले आक्रमणमा अर्का प्यालेष्टाइनी घाइते भएको जनाएको छ । इजरायली सेनाले भने त्यस घटनामा अर्का मानिस घाइते भएकोबारे कुनै टिप्पणी गरेको छैन ।

इजरायल र प्यालेष्टाइनबीच वेष्ट ब्याङ्क क्षेत्रमा सार्वभौमिकताको विषयलाई लिएर विवाद जारी छ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ८ : ५६ बजे

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट

सांसद्‌हरू भन्छन्‌ – ‘विद्युत प्रसारणलाइनमा पनि निजी क्षेत्रलाई संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल