ओलम्पिक छनोटमा नेपाली महिला टोली पराजित | Khabarhub Khabarhub

ओलम्पिक छनोटमा नेपाली महिला टोली पराजित


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौ‌ं– नेपाली राष्ट्रिय महिला फुटबल टोली घरेलु टोली म्यानमारसँग ओलम्पिक छनोटमा पराजित भएको छ । बुधबार सम्पन्न खेलमा नेपाल म्यानमारसँग ३—१ गोल अन्तरले पराजित भएको हो ।

नेपालविरुद्ध घरेलु टोलीलाई २४ औं मिनेटमा गोल गर्दै म्यानमारकी यी यी ओले अग्रता दिलाइन् । त्यस्तै, नेपालकी कप्तान निरु थापाले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै म्यानमारविरुद्ध पहिलो हाफमा १—१ गोल बराबरी गरेकी थिएन् ।

दोस्रो हाफमा नेपाली टोलीले लय समात्न नसक्दा २ गोल खान पुग्यो । नेपालविरुद्ध म्यानमारकी विङ थिइङी तुनले दुई गोल गरिन् । उनले खेलको ४८ र अन्तिम समयमा गोल गर्दै घरेलु मैदानमा ३—१ को जीत दिलाइन् ।

पहिलो हाफमा पनि नेपालले गोल गर्ने अवसर सदुपयोग गर्न सकेन । समुह ए को पहिलो खेलमा पराजित नेपालले दोस्रो खेल शनिबार भारतसँग खेल्नेछ ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  ७ : ४४ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार