ब्रेक्जिटको म्याद फेरि थपिने | Khabarhub Khabarhub

ब्रेक्जिटको म्याद फेरि थपिने


२० चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलायती प्रधानमन्त्री टेरिजा मेले बेलायत युरोपेली युनियन इयुबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटको अन्तिम मिति बढाउनका लागि प्रयास गर्ने जनाएकी छिन् ।

आफ्ना मन्त्रीहरुसँग ७ घण्टाभन्दा धेरै बैठक गरेपछि मेले बेलायतको प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा वक्तव्य जारी गर्दै ब्रेक्जिटको मिति आगामी १२ अप्रिलबाट छोटो समयका लागि बढाउन प्रयास गर्ने जनाएकी हुन् । यसबारे मेले चाँडै इयुका वरिष्ठ पदाधिकारीसँग भेटवार्ता गर्ने बताइएको छ ।

यसअघि पनि मेले इयुसँग बे्रक्जिटको म्याद मार्च २९ बाट बढउने सम्झौता गरेकी थिइन् । बे्रक्जिटको म्याद बढाउने इयुसँगको सम्झौता अनुसार मार्च २९ भित्र मेकोे प्रस्ताव संसद्ले पारित गरे बे्रक्जिटको म्याद मे २२ सम्म पुर्‍याउने र मे को प्रस्ताव मार्च २९ भित्र पारित नभएमा अप्र्रिल १२ सम्म सार्न सकिने थियो । अन्यथा बेलायत इयुसँग बिना कुनै सम्झौता बाहिरिनुपर्ने प्रावधान छ । तर, मार्च २९ भित्र मेको प्रस्ताव पारित हुन नसकेकाले निकट भविष्यमा ब्रेक्जिटको म्याद थप्नेबारे इयुसँग कुनै सम्झौता नभएको अवस्थामा बेलायत आगामी अप्रिल १२ मा बेलायतबाट बिना कुनै सम्झौता बाहिरिँदै छ ।

अर्कोतर्फ प्रधानमन्त्री मेले इयुसँग गरेको सम्झौताको प्रस्ताव बेलायती संसद्ले तीन पटकसम्म अस्वीकार गरिसकेको छ भने संसद्ले बेलायत कुनै पनि हालतमा इयुबाट बाहिरिँदा कुनै सम्झौता बेगर बाहिरिन नसक्ने भनी गैर बाध्यात्मक प्रस्ताव पनि पारित गरिसकेको छ । यस्तो अवस्थामा ब्रेक्जिटका विषयमा धेरै वटा धारमा विभाजित बेलायती संसद्का बहुमत सदस्यलाई चित्त बुझ्ने गरी अप्रिल १२ अगावै इयुसँग सम्झौता गर्न प्रधानमन्त्री मेमाथि ठूलो दबाब छ ।

त्यस्तै, उनले बे्रक्जिटबारे विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बेनसँग पनि छलफल गर्ने जनाएकी छिन् । कोर्बेनसँगको छलफलमा बेक्जिटबारे कुनै भरपर्दो सहमति बन्ने र त्यसले संसद्का सदस्यहरुको आवश्यक मत प्राप्त गरी पारित हुनेमा मेको विश्वास छ ।

कोर्बेनले बे्रक्जिटबारे सम्झौता गर्दा बेलायत युरोपेली भन्सार युनियनमै रहनुपर्ने, युरोपेली एकल बजारमा पनि बेलायत रहनुपर्ने र बेलायती कामदारको अधिकार प्राथमिकतामा रहनुपर्ने बताउँदै आएका छन् । लचिलो ब्रेक्जिटको पक्षमा रहेका विपक्षी नेता कोर्बेनले ब्रेक्जिटबारे प्रधानमन्त्री मेसँग छलफल गर्दा आफू ‘धेरै खुशी हुने’ प्रतिक्रिया दिएका छन् ।

यता बेक्जिटको म्याद बढाउने र विपक्ष दलका नेतासँग छलफल गर्ने घोषणा लगत्तै प्रधानमन्त्री मेकै दलकन्जरभेटिभ पार्टीका युरोपेली युनियनविरोधी कट्टर दक्षिणपन्थी नेताहरुले भने निन्दा गरेका छन् ।

कन्जरभेटिभ पार्टीका कट्टर इयुविरोधी नेता ज्याकोव रिइस मोर्गनले प्रधानमन्त्री मेले विपक्षी नेतालाई भेटेर छलफल गर्दा ब्रेक्जिटबारे भएको जनमत सङ्ग्रह अनुसार नतिजा नआउने हुनसक्ने जनाएका छन् । उनले ब्रेक्जिटको म्याद बढाउने र विपक्षी नेतासँग भेटेर ब्रेक्जिटबारे छलफल गर्ने प्रधानमन्त्री मेको कदम प्रति असन्तुष्टि व्यक्त गर्दै यस कदम राष्ट्रिय स्वार्थ विपरीत भएको समेत प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७५, बुधबार  १ : २८ बजे

एक केजीभन्दा बढी सुन र नगदसहित ७ जना पक्राउ

काठमाडौं– प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र नगदसहित ७

सर्वोत्तम सिमेन्टको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं– सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण

नेपाली सेनामा जागिर खुल्यो , ३१९ जनाको दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट