यो मितिमा रिलिज हुँदैछन् ‘मिसन इम्पोसिबल’ का बाँकी दुई सिरिज | Khabarhub Khabarhub

यो मितिमा रिलिज हुँदैछन् ‘मिसन इम्पोसिबल’ का बाँकी दुई सिरिज


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘मिसन इम्पोसिबल’ हलिउड अभिनेता टम क्रुजको पपुलर फिल्म सिरिज हो । यसका अघिल्ला दुई सिक्वेल फिल्म सन् २०२१ र २०२२ मा रिलिज हुने भएका छन् । एक अङ्ग्रेजी संस्करण साइटले जनाएअनुसार यी दुई फिल्मको नयाँ सिरिजको रिलिज डेट घोषणा गरिएको हो ।

प्यारामाउन्ट पिक्चर्सका अनुसार यो फिल्मको सातौँ सिरिज सन् २०२१ को जुलाई २३ मा रिलिज हुनेछ भने अर्को सिक्वेल २०२२ को अगस्तमा रिलिज हुनेछ । दुवै फिल्मलाई क्रिस्टोफर म्याकरीले निर्देशन गर्दैछन् । र, यी दुवै फिल्ममा टम क्रुज आइएमएफ एजेन्टको भूमिकामा देखिनेछन् ।

प्यारामाउन्ट पिक्चर्सका अध्यक्षले जानकारी गराएअनुसार ‘मिसन इम्पोसिबलः फलआउट’ को अत्यधिक सफलतापछि टमले पनि दुई फिल्ममै काम गर्नमा रुचि देखाएका छन् ।

यो फिल्मको पहिलो भाग सन् १९९६ मा रिलिज भएको थियो । यसपछिका हरेक सिरिज सफल भएका छन् । टम क्रुजका फिल्ममध्ये यो सिरिजलाई धेरैले रुचाएको फिल्मका रुपमा लिइन्छ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ७ : ४१ बजे

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको