चालकलाई एकवर्षे ‘चाइना पास’ | Khabarhub Khabarhub

चालकलाई एकवर्षे ‘चाइना पास’


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । चीनको केरुङ जान सवारी चालक र सहचालकलाई एकवर्षे पास दिने तयारी भएको छ । चीनसँग सीमा जोडिएका बाहेकका जिल्लाका राहदानीवाला चालक तथा सहचालकलाई केरुङ प्रवेशका लागि अस्थायी प्रवेश अनुमति दिन लागिएको हो ।

परराष्ट्र मन्त्रालयका उपसचिव रोसन खनालले भन्नुभयो, ‘अस्थायी अनुमति दिने बारेमा हामीले छलफल गरिरहेका छौं । एकवर्षे पास दिन सकेमा धेरै राम्रो हुन्छ ।’ चिनियाँ अधिकारीले एकवर्षे पास दिन तयार भएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बनाउनुभयो ।

चीनको केरुङसम्म नेपालीहरुको सहज प्रवेश अनुमतिको व्यवस्था गरी अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ८ : ५५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम