साढे ४ वर्षपछि दशरथ रंगशालामा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल | Khabarhub Khabarhub

साढे ४ वर्षपछि दशरथ रंगशालामा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल


१७ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०७२ को विनाशकारी भुकम्पले क्षतविक्षत पारेको नेपालको एकमात्रै अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालामा अहिले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का खेल भइरहेका छन् ।

सोमबार साढे ४ वर्षपछि दशरथ रंगशालामा पहिलो अन्तर्राष्ट्रिय खेल भएको हो । भुटान र बंगलादेशले खेल्दै शुरु भएपनि नेपाल भने मंगलबार दिउँसोमात्रै खेल्नेछ ।

भुकम्पपछिको पुननिर्माण पश्चात नेपाल दशरथ रंगशालामा आज भुटानविरुद्ध खेल्नेछ । दिउँसो १ बजे हुने खेलमा नेपाली टोली उत्साहका साथ मैदान उत्रिने प्रशिक्षक बाल गोपाल महर्जनले बताए ।

‘लामोसमय पछि दशरथ रंगशालामा खेल्दै छौं । खेललाई लिएर खेलाडीहरु उत्साहित छन्,’ प्रशिक्षक महर्जनले भने,‘२० बर्ष पछि घरेलु मैदानमा फर्किएको सागमा स्वर्ण पदक जित्ने लक्ष्यसहित मैदान उत्रिने छौं ।’

सोमबार भएको भुटानको पहिलो खेलमा बंगलादेशलाई पराजित गर्दै उसले सागमा सुखद् सुरुवात गरिसकेको छ । बंगलादेश भुटानभन्दा माथिल्लो स्तरको टिम हो । तर, भुटानका कप्तानको गोलमा बंगलादेश पराजित हुन पुग्यो ।

भुटानका प्रशिक्षकले आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा आफुहरु ‘अन्डरडग’ रहेको बताएका थिए । त्यहिँ अनुसार आफ्नो तयारी रहेको बताएका भुटानी प्रशिक्षकले हात पारेको बंगलादेशमाथिको जित धेरैका लागि अनपेक्षित थियो ।

प्रशिक्षक महर्जनले नेपाल भुटानविरुद्ध अट्याकिङ खेल्ने बताएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ९ : ३४ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई