‘पर्फेक्ट जोडी’ चाहानुहुन्छ ? अपनाउनुस् यी ९ उपाय

खबरहब

बुधबार, असोज १५, २०७६

Reading Time: 2 minutes

‘पर्फेक्ट जोडी’ चाहानुहुन्छ ? अपनाउनुस् यी ९ उपाय

साचो प्रेम पाउन मानिस के के सम्म गर्छन् । तर पनि अधिकांश प्रेमीप्रेमिकाबीच प्रेम टिक्न सक्दैन । कतिपय यसलाई आफ्नो भाग्य मान्दछन् भने केहीले एकअर्कालाई दोषारोपण गर्छन् ।

किन मानिसले साचो प्रेम पाउन सक्दैनन् त ? कहिल्यै तपाईले यसबारे जान्ने कोशिस गर्नु भएको छ । साचो प्रेम पाउन ज्योतिषीय योगको समेत ठूलै भुमिका रहने ज्योतिष शास्त्रीहरुको मान्यता छ ।

जसका लागि यी उपाय अवलम्वन गरे मानिसले आफूले चाहेको साँचो प्रेम पाउन सक्ने विश्वास गरिन्छ ।

साचो प्रेम पाउने ज्योतिषीय योग
कुण्डलीमा शुक्रलाई प्रेमको कारक र ग्रह र कुण्डलीको पाँचौ भावलाई प्रेम भाव मानिन्छ । त्यसैले साचो प्रेमका लागि कुण्डलीको पञ्चम भाव र उसको स्वामीसँग सम्बन्धित उपाय गर्नुपर्दछ ।

कुण्डलीको सातौं भाव विवाहका लागी हुने गर्दछ । जसको कारण सातौं भावको स्वामी र सातौं भावमा बसेको ग्रहको शान्ति उपाय गर्नुपर्दछ ।

वास्तुका अनुसार साचो प्रेम कसरी पाउने ?

१. घरको दक्षिण पश्चिम दिशामा शौचालय वा किचन हुँनुहुदैन ।
२. साचो प्रेम प्राप्तिका लागि दक्षिण पश्चिम दिशामा रातो रंग लगाउनु हुँदैन ।
३. दक्षिण–पश्चिम दिशामा जोडि पंक्षी पाल्ने वा राख्ने गर्नुपर्दछ ।
४. प्रेम सम्बन्ध मजबुत बनाउन दक्षिण दिशामा नीलो रंग लगाउनु पर्दछ ।
५. प्रेममा आत्मीयता राख्न घरमा पूर्व र पूर्वोत्तर दिशा सधै सफा हुनुपर्दछ ।
६. घरमा पूर्व वा पूर्वोत्तर दिशामा बेडरुम हुनुहुँदैन ।
७. सकेसम्म घरको दक्षिण दिशामा शयन कक्ष हुन आवश्यक छ ।
८. परिवारमा कलह हुनुहुँदैन, तथा मातापिताको अनादर हुनुहुँदैन ।

यी हुन् ९ महाउपाय

१. साचो प्रेम पाउन वा प्रेम विवाहका लागी ज्योतिष वा विज्ञको सल्लाहमा हिरा धारण गर्नुपर्दछ ।
२. प्रेमलाई विवाहमा बदल्न शुभमुहुर्तमा गौरी शंकर रुद्राक्ष धारण गर्नुपर्दछ ।
३. सकेसम्म उज्यालो गुलाबी, पहेलो रंगको वस्त्र धारण गर्नुपर्दछ ।
४. प्रेममा खटपट नहोस् भन्नका लागी कालो, नीलो वा हहिरो रंगहरुको धारण गर्नुहुदैन ।
५. भगवान विष्णु र देवी लक्ष्मीको पूजा–आराधन गर्नुपर्दछ ।
६. शुक्ल पक्षका बिहीबार पूजा शुरू गरी ॐ लक्ष्मी नारायणाय नमः मन्त्रको उच्चारण गर्नुपर्दछ ।
७. प्रत्येक बिहीबार मन्दिरमा पहेलो प्रसाद चढाउनाले पनि साचो प्रेम प्राप्त गर्न सकिन्छ ।
८. देवी दुर्गाको पूजा गरी दुर्गा प्रतिमामा रातो रंगको चुनरी चढाउनु पर्दछ ।
९. भगवान कृष्णको मन्दिरमा बांसुरीका साथमा मीठा पान अर्पित गर्नुपर्दछ ।

भर्खर

0