न्याम्सको स्नातकोत्तरको प्रवेश परीक्षामा ढिलाई | Khabarhub Khabarhub

न्याम्सको स्नातकोत्तरको प्रवेश परीक्षामा ढिलाई


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले स्नातकोत्तर (पीजी)को प्रवेश परीक्षामा ढिलाई गरेको छ ।

अघिल्ला वर्षहरुमा असार महिनामै प्रवेश परीक्षाको सूचना सार्वजनिक हुने गरेको भएपनि यस वर्ष साउन लागिसक्दा पनि प्रवेश परीक्षाको सूचना सार्वजनिक भएको छैन ।

सरकारी चिकित्सक संघले विज्ञप्ती निकाल्दै न्याम्सले स्नातकोत्तरको प्रवेश परीक्षामा ढिलाई गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

न्याम्सको नियम अनुसार असार महिनाभित्र प्रवेश परीक्षाको सुचना सार्वजनिरी गरी साउनको दोस्रो सातामा पीजिको प्रवेश परीक्ष संचालन भइसक्नुपर्ने भएपनि हालसम्म पनि प्रवेश परीक्षाको सुचना समेत नआएको गोदानले जानएको छ ।

अघिल्ला वर्षहरुमा साउनमा प्रवेश परीक्षा सञ्चालन भइ भाद्र महिनाभित्रमा भर्ना प्रक्रिया सुरु हुने गरेको थियो ।

स्नातकोत्तरको प्रवेश परीक्षा नै नहुँदा अध्ययनमा ढिलाई हुने र आवासिय चिकित्सकको कमीका कारण न्याम्सको स्वास्थ्य सेवा प्रभावित हुनसक्ने भन्दै गोदानले ध्यानाकर्षण गराएको छ । गोदानले न्याम्समा स्नातकोत्तरको प्रवेश परीक्षाको सुचना सार्वजनिक गरी भर्ना प्रक्रिया अघि बढाउन माग समेत गरेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ३ : ३१ बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्