मेलम्ची आयोजनाको पाइप सफा गर्ने क्रममा २ मजदुरको मृत्यु | Khabarhub Khabarhub

मेलम्ची आयोजनाको पाइप सफा गर्ने क्रममा २ मजदुरको मृत्यु


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा काठमाडौंको बालाजुमा २ जना मदजुरको मृत्यु भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार पाइप सफा गर्ने क्रममा २ जना मजदुरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साह छन् । उनीहरु दुवैजना दाजुभाई हुन् ।

दुवैजना दाजुभाई बिहीबार राति १० बजेतिर बालाजु चोकस्थित मेलम्ची खानेपानी आयोजनाको गेटभल्व सफा गर्न पाइपभित्र छिरेका थिए ।

पाइपभित्र छिरेको १ घण्टासम्म पनि दुवै जना बाहिर नआएपछि अरु मजदुरले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले स्काभेटरको प्रयोग गरी गेटभल्व रहेको ठाउँमा खनेर दुवैजनालाई बाहिर निकालेको थियो । दुईजनामध्ये १ जनाको बाहिर निकालेर उपचार गर्न लैजाने क्रममा बाटोमा र अर्काको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको डिएसपी बोगटीले जानकारी दिए ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  १२ : २१ बजे

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल